• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

द्वन्द्वात्मक भौतिकवादको विश्वदृष्टिकोण


  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    विश्वदृष्टिकोणको सम्बन्धमा एउटा पक्ष रूढिवादिता हो । यो सापेक्षतामा अडेको हुन्छ । दोस्रो पक्ष निरपेक्षता हो । त्यो क्रान्तिकारी भएर अडेको हुन्छ । द्वन्द्वात्मक भौतिकवादले त्यही निरपेक्ष र क्रान्तिकारी स्वरूपलाई स्वीकार गर्दछ ।

    Advertisement

    द्वन्द्वात्मक भौतिकवादको सामु निम्न अवस्थाबाट उच्च अवस्थातिर उठिरहेको अन्तहीन विकासक्रम र उत्पत्ति तथा विनाशको अविरल प्रक्रियाबाहेक अरू कुनै दोस्रो चिज टिक्न सक्दैन ।

    आफ्नो शरीरको रचनाका बारेमा कुनै जानकारी नभएको अवस्थामा सपनामा देखिएका प्रेतछायाको प्रभावबाट शरीरमा बास गर्ने र मृत्युको समयमा परित्याग गर्ने जिवात्माको विश्वास गर्न विवश भयो । आत्माको विषय यहीँबाट सुरु भयो । त्यसैबाट अमरत्वको कुरा पनि अगाडि बढ्यो ।

    युनानमा अमरत्वलाई दुर्भाग्य मानिन्थ्यो । प्राकृतिक शक्तिहरूको मानविकीकरणद्वारा प्रथम देवताको उत्पत्ति भयो, जसले आत्मालाई प्रकृतिको विरुद्धमा प्राथमिकता दिए, उनीहरूको अलग्गै भाववादी खेमा बन्यो, जसले प्रकृतिको प्राथमिकता स्वीकार गरे उनीहरू भौतिकवादको विभिन्न शाखामा सामेल भए ।
    भूतको दृष्य मनको उपज होइन बरु मन आफै भूतदृष्यको उच्चतम उपज मात्र हो । प्रत्येक जीवित वस्तुका न्यूनाधिक समयमा त्यसको शरीरका पदार्थ नयाँ हुन जन्छन् ।

    हाम्रो मष्तिष्कमा दैनिक घटनाका चित्र अङ्कित हुन्छन् । हामी निदाएको अवस्थामा हाम्रो चिन्तनमा ती वस्तु देखा पर्दछन् । मान्छेले सोच्छ, पुराना मान्छेको बास हाम्रो आत्मामा रहेछ । त्यसरी आत्माको कुरा उब्जेको हो ।

    पुरानो पदार्थको ठाउँ नयाँ पदार्थले लिन्छन् । त्यसैले प्रत्येक जीवधारी वस्तु कुनै समयमा जे हो, त्योभन्दा भिन्न पनि हो । पुरानो दर्शनको कुनै भाग बाँचिरहन्छ भने त्यो तर्कशास्त्र र द्वन्द्ववाद मात्र हो ।

    तर्कशास्त्र र द्वन्द्ववादभन्दा बाहेकका सबै दर्शनका पुराना भाग प्रकृति र इतिहास विष्यक विज्ञानका अङ्ग बन्न जन्छन् । उता, वस्तु बदलेर परिवर्तित अवस्थमा गइसकेका हुन्छन् । यता, तर्कमा र पक्षविपक्षक विचारमा पुराना अवशेष रहिरहेका हुन्छन् । हामीले धारामा प्रत्येक दिन नुहाउने गर्दछौँ । लाग्छ, धारो उही हो, जुन हिजाअस्ति नुहाएका थियौँ तर एक सेकेन्डअगाडि धारोमा आएको पानी गइसकेर नयाँ पानी आइसकेको हुन्छ । त्यही अनुमानको आधारमा तर्क र द्वन्द्व पनि पुरानो अवस्थाको हुन्छ । सपना निदाएको अवस्थामा गरिएको कल्पना हो । हाम्रो मष्तिष्कमा दैनिक घटनाका चित्र अङ्कित हुन्छन् । हामी निदाएको अवस्थामा हाम्रो चिन्तनमा ती वस्तु देखा पर्दछन् । मान्छेले सोच्छ, पुराना मान्छेको बास हाम्रो आत्मामा रहेछ । त्यसरी आत्माको कुरा उब्जेको हो ।

    सापेक्षता भनेको तुलना गरेर हुने हो भने निरपेक्ष भनेको तुलना नै गर्नुनपर्ने, सधैँका लागि र सबैका लागि हुने सत्य हो ।

    प्राकृतिक शक्तिलाई मानविकीकरण गर्ने भनेको पानी किन पर्छ ? त्यस प्रश्नको जवाफ, पानी पर्नाको कारण स्वर्गका इन्द्र देवताले पिसाब फेर्छन्† पृथ्वीमा पानी बर्सेर आउँछ भन्ने भनाइ जस्तै हो । पानी वर्षा हुने कारण थाह नभएको अवस्थामा त्यही अनुमानित भनाइमा विश्वास हुन्छ । विचार, कल्पना र अनुमानलाई मुख्य मान्ने र प्रकृतिलाई त्यसको मातहतको विषय मान्ने आदर्शवादी, रूढिवादी वा भाववादी हुन् । त्यसको विरुद्ध प्रकृतिलाई मुख्य र प्राथमिक तŒव मानेर विचार, चिन्तन, कल्पना, अनुमान आदिलाई प्रकृतिको मातहतको मान्ने भौतिकवादी हुन् ।

    सामाजिक उत्पादनको त्यो सचेत सङ्गठनले नै मानवजातिलाई बाँकी पशुजगत्बाट सामाजिक रूपमा माथि उठाउन सक्दछ । मानवजातिसँगै उसको प्रकृतिसँगको ज्ञानले अहिलेसम्मका सबै उन्नति फिका हुने गरी प्रगति गर्ने छ ।

    अन्य प्रत्येक विज्ञान जस्तै चिन्तनको विज्ञान पनि एउटा ऐतिहासिक विज्ञान हो । हेगेलका कमजोरी एउटा– आदर्शवादी प्रस्थानविन्दु, अर्को– तथ्यहरूको अवहेलना गरेर सिद्धान्तको मनोमानी गर्ने तरिका । उनले प्रतिबिम्बलाई मूल रूप मान्ने गर्दथे । सम्पूर्ण मानवनिर्मित औजारहरू अन्तत: हातमाथि नै निर्भर छन् । हातको विकसाका साथसाथै कदम–प्रतिकदम दिमागको विकास भयो । हातको माध्यमबाट मनुष्यको मस्तिष्क पनि र प्रकृतिको नियमको तीव्रतापूर्वक बढ्दो ज्ञानसँगै प्रकृतिमाथि प्रभावित पार्ने साधन पनि बढे । त्यसको माध्यमबाट विकास हुँदै गयो । सामाजिक उत्पादनको त्यो सचेत सङ्गठनले नै मानवजातिलाई बाँकी पशुजगत्बाट सामाजिक रूपमा माथि उठाउन सक्दछ । मानवजातिसँगै उसको प्रकृतिसँगको ज्ञानले अहिलेसम्मका सबै उन्नति फिका हुने गरी प्रगति गर्ने छ ।

    मानव मस्तिष्कको उपज अन्तिम विश्लेषणमा प्रकृतिको पनि उपज भएकाले प्रकृतिको अन्तरसम्बन्धमा व्यावहारिक ज्ञान विसंवादी होइन बरु संवादी हुन्छ । हामीले व्यावहारिक रूपमा अवलोकन र चिन्तन गर्छौँ । यसकारण हामी भौतिकवादी धरातलबाट कहिल्यै पनि अलग हुन सक्दैनौँ । पुरानो भौतिकवादले सुसङ्गत तथा सर्वतोमुखी ढङ्गले विकासको दृष्टिकोणलाई अनुशरण गर्दथ्यो । त्यसरी अध्ययनको उद्देश्य व्याख्या गर्ने हुन्थ्यो र त्यसले व्याख्या मात्र गर्दथ्यो । त्यसले क्रान्तिकारी व्यावहारिक क्रियालापको महत्त्वलाई बुझ्दैनथ्यो जबकि अध्ययन गर्ने बदल्नका लागि हो । त्यसकारण क्रान्तिकारी व्यावहारिक कृयाकलापको अत्यन्त महत्त् हुन्छ । अध्ययन गरेपछि त्यस वस्तुको कमजोरी थाहा हुने एकातिर र त्यसलाई बदलेर उच्च गुणस्तरीय तथा सुविधाजनक बनाउन सकिने अर्कोतिर थाहा पाउन सकिने हुनाले अध्ययनको महत्त्व बदल्नेमा छ ।

    मानव समाज बदलिरहेको छ । समाजमा एकातिर सहकार्य छ । मान्छेहरू आपसमा मिलेर काम गर्छन् । उत्पादन गर्छन् । उत्पादन मात्र गर्दैनन्, वितरणमा व्यक्तिगत प्रणाली छ अथवा स्वामित्वले गर्दा वर्ग छुट्याएको छ । मालिक वर्गसँग व्यक्तिगत स्वामित्व जग्गा, उद्योग, नगद गरेर व्यक्ति मालिक बनेको छ । अर्कोतिर, ती उत्पादनका साधनहरू आफ्नो नाममा दर्ता नभएका कारण आफूले आफ्ना दैनिक आवश्यकता पूरा गर्नका लागि मालिक वर्गसँग आफ्नो श्रमशक्ति खर्च गर्नैपर्ने अवस्था छ । त्यसले गर्दा मान्छेहरू आपसमा मायाप्रेम र सद्भावसहित प्रकृतिका विरुद्ध मानवहितमा श्रम गर्नमा बाधा पारेको छ किनभने मान्छेले मान्छेलाई श्रम बेच्नुपर्ने र श्रम किन्नुपर्ने हुँदा कसरी वा सकेसम्म बढी श्रमको शोषण गरेर मालिक बन्ने भनेर शोषण गर्ने तरिकाको खोजी गर्दा त्यसको नकारात्मक असर प्रकृति विरुद्धको सङ्घर्षमा पर्न गई सम्पूर्ण समाज नै वर्गसङ्घर्षमा ध्यान केन्द्रित गर्न पुग्दछ ।

    अजेय त्यही हो, जसको अभ्युदय र विकास नै भइरहेको छ । परिमाणसम्बन्धी विकासबाट गुणसम्बन्धी विकाससम्म सङ्क्रमणको नाम द्वन्द्वात्मक विकास हो ।

    मानव समाज सबै संयुक्त रूपमा सङगठित भई प्रकृति विरुद्ध सङ्घर्षमा एकरूपता प्रदर्शन गर्नुपर्नेमा परस्पर विरोधी वर्गको सङ्गठन गर्नुपर्ने, शोषण र अन्यायका विरुद्ध सङ्घर्ष गर्नुपर्ने अवस्था वर्तमान व्यवस्थामा कायम छ । वर्गको ज्ञान र वर्गको मुक्ति विषयमा जानकारी नभएका कारण अत्यन्तै बहुमत सङ्ख्यामा श्रमजीवी भएको भए पनि मुट्ठिभर शोषक, पुँजीपति वर्ग र सामन्त वर्गले पुस्तौँपुुस्तादेखि शासन सञ्चालन गरिरहेका छन् र शोषण बढाइरहेका छन् ।
    परिवारलाई आर्थिक एकाइ मात्र बनाउँदा व्यवस्थापनमा आमूल परिवर्तन गर्न नसकिने भएका हुनाले राजनीतिक एकाइ बनाएर वर्गसङ्घर्ष चर्काउनुपर्ने आजको आवश्यकता हो ।

    विश्वलाई पदार्थको समुच्चयको रूपमा होइन कि प्रकृयाको समुच्यको रूपमा बुझ्नुपर्छ । अन्तत्वगत्वा एउटा अग्रगतिले आफ्नो लागि बाटो बनाउँछ । निम्न अवस्थाबाट उच्च अवस्थातिर रहेको अन्तहीन विकासक्रम, उत्पत्ति र विनाशको अविरल प्रक्रियाको अलावा अरू कुनै चिज टिक्न सक्दैन ।

    बाह्य संसार र मानव चिन्तन दुवैमा द्वन्द्ववाद गतिका सामान्य नियमको विज्ञान हो । विचार चिन्तनक्रियामा भौतिक जगत्को रूपान्तरण हो । भौतिकवाद बन्धनद्वारा जकडिरहेको थियो । द्वन्द्ववाद अधिभूतवादको ठिक विपरीत छ । प्राकृतिक घटनाको र सामाजिक घटनाको विरोधी पक्ष परस्पर निर्भरता र सम्बद्धतालाई होइन, तिनीहरूको गति, परिवर्तन, विकास तथा निर्माण र निर्वाणलाई समेत ध्यान दिएर विचार गर्नुपर्छ । अजेय त्यही हो, जसको अभ्युदय र विकास नै भइरहेको छ । परिमाणसम्बन्धी विकासबाट गुणसम्बन्धी विकाससम्म सङ्क्रमणको नाम द्वन्द्वात्मक विकास हो ।

    पदार्थ र रूपका भाव पक्ष र अभाव पक्ष दुवै छन् । तिनीहरूको अतीत छ भने अनागत पनि छ । मरणशील र विकासोन्मुख, निर्माण र निर्वाणको सङ्घर्ष नै विकासक्रमको आन्तरिक प्रक्रिया हो । परिणाम भेद गुणभेदमा यसरी परिवर्तन हुन्छ । पदार्थको सारतत्त्वमा नै अन्तर्निहित भएका असङ्गतिको अध्ययनको नाम नै द्वन्द्ववाद हो । परस्पर सम्बद्धता र निर्भरता नै गतिशील पदार्थको विकासको नियम हो । सत्ता र चेतना, आत्मा र प्रकृतिको सम्बन्धको प्रश्न समग्र दर्शनको मूल प्रश्न हो ।
    हामी समाजमा रहन्छौँ । समाजको एउटा सदस्यको हैसियतमा हाम्रा गतिविधि अगाडि बढ्छन् । समाजका हरेक सदस्यका साझा समस्या खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगार नै हुन् । यी समस्या आपसमा सहकार्यबाट समाधान गरिएका हुन्छन् ।

    वर्तमान बुर्जुवा पुँजीवादी एकाधिकारी व्यवस्था समाजमा कायम छ । त्यसको सबैभन्दा आधारभूत समस्या नाफाका लागि काम गर्ने प्रवृत्ति हो । नाफाका लागि काम गर्दा बहुमत जनतालाई गरिबीतिर धकेलिरहेको हुन्छ एकातिर भने अर्कोतिर उत्पादनमा सामूहिक तरिका प्रयोग नभई व्यक्तिगत तरिका प्रयोग हुँदा उत्पादन वृद्धि हुन सक्ने अवस्थामा अवरोध खडा हुन्छ । समाजमा अराजकता सृजना भइरहन्छ । व्यक्ति सङ्गठित भई उत्पादन कार्यमा लाग्नुको सट्टा आफू एउटा व्यक्ति भएको, आफूले एक्लै गरेर परिवर्तन हुन नसक्ने भएको हुनाले सङ्गठन गर्ने सङ्गठित शक्तिको प्रयोग सबैका साझा समस्या समाधानको लागि गर्नेतिर भन्दा आफ्नो भाग्य, ईश्वर, अलौकिक शक्ति, अघिल्लो–पछिल्लो जुनी जुन समाजमा व्यापक प्रचार भइरहेका छन्, तिनीहरूको सिकार बन्दछन् । त्यसपछि झन् धनिमानी व्यक्ति, राजा, नेता आदि पराइशक्तिलाई मुख्य शक्ति मान्ने र आफूलाई केही गर्न नसक्ने हीनताबोध गरेर समय कटाइरहेका हुन्छन् । म देशको जिम्मेवार नागरिक भएकाले समाजको न्याय र समानताका लागि सङ्गठित भएर श्रमजीवी वर्गको मुक्तिका लागि योगदान दिनुपर्छ भन्ने उच्च मनोबल विकास गर्न राज्यसत्ताको सङ्गठित शक्तिले प्रदर्शन गर्ने व्यक्तिवादी चरित्र सबैभन्दा बढी बाधक हुन्छ । जनताको राज्यसत्ता कब्जा गर्न गर्नुपर्ने सङ्गठन र सचेत वर्गीय चरित्र विकासमा अवरोध हुन्छ ।

    राजनीति सही बनाउन ठोस अवस्थाको ठोस विश्लेषण गर्ने क्षमता चाहिन्छ र सङ्गठन बलियो हुन वर्गचेतना उच्च हुनको साथै जनता र श्रमजीवी वर्गप्रति समर्पण भावसहित जनवादी केन्द्रीयताको सङ्गठनात्मक अनुशासन पालन गर्न र गराउन सक्ने सक्षम नेतृत्वको टिम हुनुपर्छ ।

    चिन्तनबाट चिन्तकलाई अलग गर्नु असम्भव छ । सबै परिवर्तनको शत्रु पदार्थसँग सम्बन्धित छ । भौतिक जगत् पदार्थ, सत्ता जे जति पनि प्राकृतिक छ, त्यो मुख्य हो । आत्मा, चेतना, संवेदना जे जति पनि मानसिक छ, त्यो गौण हो । सृष्टि विज्ञानको अर्थ पदार्थको गति र त्यसको चिन्तनशीलताको ज्ञान हो । सबै दार्शनिक कल्पनाको उत्कृष्ट खण्डन व्यवहार अथवा प्रयोगको योग हो । क्रमबद्ध विकासका दुई मूल धारणा छन् । एक– घट्ने बढ्नेको रूपमा र पुनरावृत्तिको रूपमा विकास हेर्ने र दुई– विपरीत तत्त्वहरूबिच एकताको रूपमा विकासलाई हेर्ने ।

    भौतिकवादी द्वन्द्ववादको विकास गर्नका लागि चीनमा पुँजीपति वर्गको बिचमा खुला रूपले प्रतिपादित एउटा अत्यन्तै प्रतिक्रियावादी आदर्शवादको साथसाथै भद्दा विकासवादको पनि विकास भएको थियो । अधिभूतवादी विश्वदृष्टिकोण या भद्दा विकासवादी विश्वदृष्टिकोण विश्वलाई एउटा विलग, स्थिर र एकाड्ढी दृष्टिबाट हेर्नुमा निहित छ ।
    पुँजीवादी शोषण, पुँजीवादी प्रतियोगिता, पुँजीवादी समाजको व्यक्तिवादी विचारधारा आदि पुरानो दाससमाजमा या आदिम समाजमा पनि पाउन सकिन्छ । कुनै परिवर्तनबिना सदाका लागि कायम रहने छ । स्पष्ट छ कि बाह्य कारणले वस्तुमा केवल यान्त्रिक गति, अनुपात या मात्रामा पैदा या परिवर्तन गर्न सक्दछ । क्रान्तिलाई विजयको चरणसम्म पुर्‍याउनका लागि राजनीतिक पार्टीले स्वयम् आफ्नो राजनीति सही हुनमा र आफ्नो सङ्गठनको मजबुतीमा निर्भर हुनुपर्दछ ।

    राजनीति सही बनाउन ठोस अवस्थाको ठोस विश्लेषण गर्ने क्षमता चाहिन्छ र सङ्गठन बलियो हुन वर्गचेतना उच्च हुनको साथै जनता र श्रमजीवी वर्गप्रति समर्पण भावसहित जनवादी केन्द्रीयताको सङ्गठनात्मक अनुशासन पालन गर्न र गराउन सक्ने सक्षम नेतृत्वको टिम हुनुपर्छ ।

    शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.