• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन


  •   बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
  • तोलाकान्त बगाले,वालिङ ।
    स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत हुनुहुन्छ ।

    Advertisement

    तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका धनबहादुर हमालले बताउनुभयो ।

    ‘तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ’, उहाँले भन्नुभयो, ‘दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।’

    प्रधानाध्यापक आफै रहेका हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आउनुभएको छ । अघिल्लो वर्ष कात्तिकसम्म दुई शिक्षक रहे पनि एकजना बिरामी भएर अवकाश भएपछि गत मङ्सिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद्यार्थी हेर्नुपरेको उहाँले बताउनुभयो ।

    ‘विद्यालयमा अध्ययनका लागि आउने सबै बालबालिकालाई एउटै कोठामा राखेर कक्षागत समूह–समूह बनाएर पढाउने गरेको छु’, हमालले भन्नुभयो, ‘यसरी कति दिनसम्म चलाउने होला ? सरोकारवाला निकायलाई पटकपटक जानकारी गराउँदा पनि पदपूर्ति हुन सकेको छैन ।’

    भौगोलिकरुपमा विकट ठाउँ भएकाले पनि अन्यत्रबाट यहाँ आउन शिक्षकले इच्छा नदेखाएकाले समस्या देखिएको हुनसक्ने उहाँको भनाइ छ । १–३ कक्षा सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल १२ छात्र/छात्रा अध्ययनरत रहेका छन् ।

    ‘लामो समयसम्म शिक्षण पेसामा रहेँ, अब अवकाश लिन खोजेको थिएँ’, हमालले भन्नुभयो, ‘कस्लाई छोडेर जाउँ, यस्तै अवस्थमाा छोड्दा अस्तब्यस्त हुन्छ, त्यस्तो गर्न मनले नि मान्दैन, छोड्न नि सकिरहेको छैन ।’ उहाँलाई कुनै काम विशेषले विद्यालयमा बिदा लिन पनि समस्या भइरहेको छ । विद्यालयकै कामको सिलसिलामा कतै जान परेमा कार्यालय सहयोगी तथा गाउँका अभिभावक खोजेर बालबालिका हेर्ने जिम्मा लगाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक हमाल बताउनुहुन्छ ।

    दरबन्दीअनुसारका शिक्षक नहुँदा विद्यालयमा निक्कै समस्या आइपरेको छ । पठनपाठन कार्यमा समस्या देखिएको वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरले बताउनुभयो । यसअघि दुई शिक्षक कार्यरत भएको उक्त विद्यालयमा एक शिक्षकले अवकास लिनुभएपछि एकवर्षदेखि एउटै शिक्षकको भरमा विद्यालय रहेको उहाँले बताउनुभयो ।

    ‘अनुगमनका क्रममा विद्यालयमा जाँदा जुन समस्या देख्यौँ त्यसको समाधानका लागि नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउँदा पनि निकास निस्केको छैन’ उहाँले भन्नुभयो, ‘नगरपालिकाले दरबन्दी मिलान गरेर छिटोभन्दा छिटो समस्याको समाधान गर्नुपर्छ ।’

    भौगोलिक विकटता र अपायकमा भएका कारणले पनि शिक्षक जान नखोज्ने भएकाले अब नाम नै किटान गरेर शिक्षक पठाउनुपर्ने उहाँको माग छ । भौगोलिक विकटताका कारण यहाँबाट अर्को विद्यालयमा बालबालिका पठाउन पनि कम्तीमा एक घण्टा लाग्छ । वालिङ नगरपालिका–१४ को अर्को विद्यालयमा समायोजन गर्दा पायक नमिल्ने समस्या छ ।

    वालिङ–१४ कै हुल्काङ वा भीरकोट नगरपालिका–९ को पिपलडाँडा माध्यमिक विद्यालयमा बालबालिका पठाउनुपर्ने हुन्छ । उक्त विद्यालयमा बालबालिकालाई जान एक घण्टा लाग्छ । सौरीखाल्टा माईस्थान आधारभूत विद्यालय आव २०६६/६७ सम्म १–५ कक्षा सञ्चालनमा रहेको थियो । १–५ कक्षा कटौती गरी हाल १–३ कक्षामात्रै सञ्चालनमा रहेको छ ।

    वालिङ नगरपालिकाले उक्त विद्यालयमा अर्को कुनै शिक्षक हालसम्म नपठाएको शिक्षा अधिकृत गीता पाठकले बताउनुभयो । नगरपालिकाले दरबन्दी मिलान सम्बन्धी कार्यविधि बनाउने काम अगाडि बढाएकाले अब छिट्टै समस्याको समाधान हुने उहाँले बताउनुभयो ।

    ‘विद्यार्थी सङ्ख्याको अनुपातमा कार्यविधिअनुसार दरबन्दी मिलानका लागि अहिले काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘त्यसलाई अन्तिम रुप दिएर अगाडि बढ्छौँ ।’रासस

    बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.