• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

एमालेसहितको सरकार बनेमा मसालको समर्थन नरहने


  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले गठबन्धनका विभिन्न पक्षहरुले एमालेसित मिलेर सरकार बनाउने प्रयत्न गरेको भन्दै त्यसको विरोध गरेको छ ।

    Advertisement

    एमालेसँग मिलेर सरकार बनाउने प्रयत्न भए पाँच दलीय गठबन्धनद्वारा प्रतिगमनका विरुद्ध चलाइएको संयुक्त आन्दोलनसित घात हुनेछ र त्यसका देशको राजनीतिमा गम्भीर प्रकारका दुष्परिणाम हुने मसालको ठहर छ ।

    महामन्त्री मोहनविक्रम सिंहले आइतबार जारी गर्नुभएको वक्तव्यमा एमालेसहितको सरकार बनेमा सरकारलाई पार्टीको समर्थन नरहने कुरा पनि स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्य :
    ‘आम चुनाव सम्पन्न भएपछि सरकारको गठनमा उत्पन्न भएको समस्या र जटिलताप्रति ने.क.पा.(मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । सुरुदेखि नै हाम्रो जोड यो कुरामा रहेको छ कि अहिलेको राजनीतिक स्थितिमा गठबन्धन कायम रहनुपर्छ र गठबन्धको सरकार बन्नु नै सबैभन्दा उपयुक्त कुरा हुनेछ ।

    तर अहिले सरकारको गठन र सरकारको नेतृत्वको प्रश्नमा गठबन्धनभित्र उठिरहेको विवादप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । उक्त विवादका कारणले सरकारको गठनमा सहमति हुन नसकेमा त्यसका देशको राजनीतिमा कैयौँ दुष्परिणाम हुनेछन् । त्यसैले गठबन्धनसित सम्बन्धित पक्षहरुका बिचमा सरकारको गठनको लागि सहमति बनोस् भन्ने हाम्रो जोड छ ।

    गठबन्धनलाई पूरा बहुमत प्राप्त हुने छ भन्ने कुरामाथि हामीलाई पूरा विश्वास थियो । गठबन्धनसित सम्बन्धित पक्षहरुको वस्तुगत अवस्थामाथि विचार गर्दा यो सम्भावना पनि थियो । तर गठबन्धनभित्रका कतिपय पक्षहरुको अन्तरघातका कारणले चुनावमा प्रतिगमनलाई पराजित गर्न सफलता प्राप्त भए पनि सरकार बनाउनको लागि बहुमत प्राप्त हुन सकेन ।

    त्यसले गर्दा सरकार बनाउनको लागि बहुमत पु¥याउन अहिले बेग्लाबेग्लै दिशामा प्रयत्न हुन थालेको पाइन्छ । त्यो क्रममा गठबन्धनका बेग्लाबेग्लै पक्षहरुले एमालेसित मिलेर सरकार बनाउने प्रयत्न गरेका कुरा पनि सञ्चार माध्यमहरुमा प्रकाशित हुने गरेका छन् । त्यस प्रकारको कुनै पनि कारणले गठबन्धनमा फुट भयो वा एमालेसँग मिलेर सरकार बनाउने कार्य गरियो भने ५ दलीय गठबन्धनद्वारा प्रतिगमनका विरुद्ध चलाइएको संयुक्त आन्दोलनसित घात हुनेछ र त्यसका देशको राजनीतिमा गम्भीर प्रकारका दुष्परिणाम हुनेछन् । एमालेसँग मिलेर सरकार बनाउने त्यस प्रकारका कुनै पनि प्रयत्नलाई हामीले गलत ठान्दछौं र विरोध गर्दछौं । त्यसरी बन्ने कुनै पनि सरकारलाई हाम्रो समर्थन नरहने कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौं ।

    अहिले प्रधानमन्त्री पदको लागि चलिरहेको विवादको सन्दर्भमा कसलाई प्रधानमन्त्री बनाउन सही हुनेछ ? त्यसबारे हाम्रो कुनै राय छैन । तर जो प्रधानमन्त्री बने पनि गठबन्धन भित्रबाट नै बन्नु पर्दछ र त्यो विवादका कारणले गठबन्धनमा कुनै फुट हुनुहुन्न भन्ने हाम्रो स्पष्ट मत छ । त्यही प्रकारले राष्ट्रपतिको चयन गैरदलीय व्यक्तिबाट बनाउनुपर्छ भन्ने विचारलाई हामीले गलत मान्दछौं र विरोध गर्दछौं ।’
    २०७९ पौष ०३ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

     

    आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.