• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

एमालेसहितको सरकार बनेमा मसालको समर्थन नरहने


  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले गठबन्धनका विभिन्न पक्षहरुले एमालेसित मिलेर सरकार बनाउने प्रयत्न गरेको भन्दै त्यसको विरोध गरेको छ ।

    Advertisement

    एमालेसँग मिलेर सरकार बनाउने प्रयत्न भए पाँच दलीय गठबन्धनद्वारा प्रतिगमनका विरुद्ध चलाइएको संयुक्त आन्दोलनसित घात हुनेछ र त्यसका देशको राजनीतिमा गम्भीर प्रकारका दुष्परिणाम हुने मसालको ठहर छ ।

    महामन्त्री मोहनविक्रम सिंहले आइतबार जारी गर्नुभएको वक्तव्यमा एमालेसहितको सरकार बनेमा सरकारलाई पार्टीको समर्थन नरहने कुरा पनि स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्य :
    ‘आम चुनाव सम्पन्न भएपछि सरकारको गठनमा उत्पन्न भएको समस्या र जटिलताप्रति ने.क.पा.(मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । सुरुदेखि नै हाम्रो जोड यो कुरामा रहेको छ कि अहिलेको राजनीतिक स्थितिमा गठबन्धन कायम रहनुपर्छ र गठबन्धको सरकार बन्नु नै सबैभन्दा उपयुक्त कुरा हुनेछ ।

    तर अहिले सरकारको गठन र सरकारको नेतृत्वको प्रश्नमा गठबन्धनभित्र उठिरहेको विवादप्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । उक्त विवादका कारणले सरकारको गठनमा सहमति हुन नसकेमा त्यसका देशको राजनीतिमा कैयौँ दुष्परिणाम हुनेछन् । त्यसैले गठबन्धनसित सम्बन्धित पक्षहरुका बिचमा सरकारको गठनको लागि सहमति बनोस् भन्ने हाम्रो जोड छ ।

    गठबन्धनलाई पूरा बहुमत प्राप्त हुने छ भन्ने कुरामाथि हामीलाई पूरा विश्वास थियो । गठबन्धनसित सम्बन्धित पक्षहरुको वस्तुगत अवस्थामाथि विचार गर्दा यो सम्भावना पनि थियो । तर गठबन्धनभित्रका कतिपय पक्षहरुको अन्तरघातका कारणले चुनावमा प्रतिगमनलाई पराजित गर्न सफलता प्राप्त भए पनि सरकार बनाउनको लागि बहुमत प्राप्त हुन सकेन ।

    त्यसले गर्दा सरकार बनाउनको लागि बहुमत पु¥याउन अहिले बेग्लाबेग्लै दिशामा प्रयत्न हुन थालेको पाइन्छ । त्यो क्रममा गठबन्धनका बेग्लाबेग्लै पक्षहरुले एमालेसित मिलेर सरकार बनाउने प्रयत्न गरेका कुरा पनि सञ्चार माध्यमहरुमा प्रकाशित हुने गरेका छन् । त्यस प्रकारको कुनै पनि कारणले गठबन्धनमा फुट भयो वा एमालेसँग मिलेर सरकार बनाउने कार्य गरियो भने ५ दलीय गठबन्धनद्वारा प्रतिगमनका विरुद्ध चलाइएको संयुक्त आन्दोलनसित घात हुनेछ र त्यसका देशको राजनीतिमा गम्भीर प्रकारका दुष्परिणाम हुनेछन् । एमालेसँग मिलेर सरकार बनाउने त्यस प्रकारका कुनै पनि प्रयत्नलाई हामीले गलत ठान्दछौं र विरोध गर्दछौं । त्यसरी बन्ने कुनै पनि सरकारलाई हाम्रो समर्थन नरहने कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौं ।

    अहिले प्रधानमन्त्री पदको लागि चलिरहेको विवादको सन्दर्भमा कसलाई प्रधानमन्त्री बनाउन सही हुनेछ ? त्यसबारे हाम्रो कुनै राय छैन । तर जो प्रधानमन्त्री बने पनि गठबन्धन भित्रबाट नै बन्नु पर्दछ र त्यो विवादका कारणले गठबन्धनमा कुनै फुट हुनुहुन्न भन्ने हाम्रो स्पष्ट मत छ । त्यही प्रकारले राष्ट्रपतिको चयन गैरदलीय व्यक्तिबाट बनाउनुपर्छ भन्ने विचारलाई हामीले गलत मान्दछौं र विरोध गर्दछौं ।’
    २०७९ पौष ०३ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

     

    आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.