काठमाडौं । अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा काठमाडौंको बूढानीलकण्ठ–१० बालुवाखानीस्थित फेरिल्याण्ड स्कुल प्रथम भएको छ ।
नवदुर्गा पार्टी प्यालेस धुम्बाराहीमा शुक्रबा सम्पन्न प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई पछि पार्दै फेरिल्याण्डले उपाधि उचालेको हो । साथै, उत्कृष्ट नृत्याङ्गना अवार्ड पनि फेरिल्याण्डकै लिड डान्सर ओसिस तामाङले प्राप्त गरेकी छन् ।
फेरिल्याण्डलका छात्राहरूले नेवारी नृत्य विधामा आफ्नो कला प्रस्तुत गरेको थिए ।
यस्तै, प्रतियोगितामा द्वितीय स्थान जोसेफ पब्लिक स्कुल, तृतीय मल्पी सिटी स्कुल र सान्त्वना पुरस्कार नेशनल आइडल बोर्डिङले हात पारे ।
कार्यक्रमका प्रमुख अतिथी नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ हुनुहुन्थ्यो ।
राष्ट्रिय प्रगतिशील कला समूह अध्यक्ष देवराज गुरुङको सभापतित्वमा भएको कार्यक्रमको संयोजक तथा सञ्चालक चुडामणि फुयाल हुनुहुन्थ्यो । नृत्य निर्देशक/कोरियोग्राफर लक्ष्मी पुरी गुरुङ रहनुभएको थियो ।