काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।
Advertisement
महाधिवेशनले नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको नेतृत्वको ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षम जुम्लाको हिल्सा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन हुनुभएको छ ।
यस्तै, महासचिवमा स्याङजाको कालीगण्डकीका अध्यक्ष खिमबहादुर थापा चयन हुनुभएको छ भने सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार र कोषाध्यक्षमा डडेल्धुराको अजेयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन हुनुभएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङको काठेखोला गाउँपालिका उपाध्यक्षमा निर्वाचित तेजबहादुर थापा (तिलक) महासंघको केन्द्रीय सदस्य चयन हुनुभएको छ ।

