• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

धर्म : वर्गसङ्घर्ष मत्थर पार्ने साधन


  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    धर्म संस्कृत भाषाको “धु” धातुबाट आएको शब्द हो । त्यसको अर्थ धारण गर्न योग्य, लायक र ग्रहण गर्न सही हुने आदि हुन्छ । सबै धर्मले आफूलाई सक्षम प्राणी मान्नुको सट्टा आत्मसमर्पण गराउँछन् ।

    Advertisement

    धर्म व्यक्तिगत मामिला हो । जुनसुकै व्यक्तिले जुन कुनै धर्म मान्न अथवा कुनै पनि धर्म नमान्न स्वतन्त्र हुन्छन् तर राज्यको धर्म हुनुहुन्न । राज्यले धर्ममा लगानी गर्न पाउनुहुन्न ।

    सिन्धुघाँटीको सभ्यताबाट करिब पाँच हजार वर्षपहिले हिन्दु धर्म सुरु भएको हो । यसले जातपात र छुवाछुतसमेतमा विभाजन गरेर तल्लो स्तरको घृणित काम गरेको छ ।

    धर्म सामाजिक समस्या हो । समाजवादी समाजभन्दा पहिलेको समाजमा कुनै न कुनै रूपमा धर्म समाजमा रहेको हुन्छ । वैज्ञानिक अनुसन्धानमा अङ्कुश लगाउन र चिन्तनको स्वतन्त्र प्रवृत्तिलाई दमन गर्न सम्पन्न वर्गले धर्मको सहारा लिएको हो ।

    गरिबी र शोषणबाट हुने कष्ट सहने शक्ति धर्मले दिन्छ । धर्मबाट मुक्त नभएसम्म अन्याय र शोषणबाट मुक्त नभएसम्म अन्याय र शोषणबाट मुक्त हुन सकिन्न किनभने शोषणको मूल धर्ममा छ ।

    धर्मले निम्न पाँच तरिकाले शोषणको पीडा कमजोर बनाएर केही नगर्न मात्र होइन, ईश्वरमाथि विश्वास र निष्ठा गर्न लगाउँछ । आफ्नो स्वाभिमान र सङ्गठनको महत्त्वलाई शून्य बनाउँछ :

    समाजमा शोषण भएको, शोषणकारी व्यवस्था भएको देख्छ; महसुस गर्छ तर त्यसलाई बदल्न कोसिस गर्ने र बदल्न सकिन्छ भन्ने हिम्मत बटुल्न धर्मले दिन्न । शोषणकारी व्यवस्थालाई जस्ताको त्यस्तै बनाइराख्न कोसिस गर्छ ।

    १. मृत्युपछि सधैँका लागि स्वर्गमा परमानन्दको वाचा गर्छ जबकि जीवन नै आफ्नो अस्तित्वको अवस्था हो स्वर्ग, नर्क, अघिल्लो पछिल्लो जुनि केही पनि हुन्न । मृत्यु नै जीवनको अन्त्य हो । जे जे गरे पनि जीवन छँदै गर्ने हो । धर्मले जीवनमा हुने अन्याय र शोषणको पीडा सहने क्षमता बढाउन काल्पनिक अस्त्र प्रयोग गरेर आफ्नो स्वार्थ सुरक्षित गर्न सम्पन्न वर्गले फाइदा उठाउन दिएको छुट मात्र हो ।

    २. धर्मले गर्दा व्यक्तिले खुशी र नम्रताको साथ अत्याचार सहन गर्ने गुण र सदाचार मान्दछ । साथै गरिब र केही नभएकाका लागि अर्काे जनममा फल प्राप्त गर्ने आशामा बाँधेर राख्दछ ।

    ३. ईश्वरले अवतार लिन्छन् र सबै दु:ख हरण गरिदिन्छन् । आफूले केही गर्नुपर्दैन । केही गर्छु भन्ने हो भने पनि केही गर्न सकिन्न । भविष्यको त्यस्तो आशाले वर्तमानका सबै दुख सहने बनाइदिन्छ । कुनै प्रकारको सङ्घर्ष गर्नबाट रोक लगाउँछ बरु भन्दै गर्छ– “दु:खीकै घरमा प्रवेश गर्ने हो भने हे भगवान ! मलाई अझ धेरै दु:ख दे !”

    ४. सामाजिक व्यवस्था परिवर्तन नहुने मानेर आर्थिक स्थिति कमजोर भएका व्यक्तिलाई पनि त्यही स्थितिसँग सम्झौता गर्न लगाउँछ । आफू आफैले सङ्घर्ष गर्ने र अरू शोषित–पीडितलाई पनि सङ्घर्ष गर्नका लागि सङ्गठन गर्ने/गराउने हिम्मत गर्न दिन्न । पूर्वजन्मको पापको सजाय मानेर निस्क्रिय भई बसिरहन्छ । अरूलाई पनि निस्कृय भएर बस्न लगाउँछ ।

    ५. समाजमा शोषण भएको, शोषणकारी व्यवस्था भएको देख्छ; महसुस गर्छ तर त्यसलाई बदल्न कोसिस गर्ने र बदल्न सकिन्छ भन्ने हिम्मत बटुल्न धर्मले दिन्न । शोषणकारी व्यवस्थालाई जस्ताको त्यस्तै बनाइराख्न कोसिस गर्छ । त्यसको पछाडि शोषक वर्गको हित लुकेको वास्तविकता थाहा नै पाउन्नन् । शोषकहरूले अन्धविश्वासको आधारमा आफूले गरेको शोषण र अन्यायको आफ्नो स्थितिलाई न्यायोचित सिद्ध गरिरहन्छन् । आफू धर्मात्मा बनेर मठमन्दिर बनाउँछन् । धार्मिक प्रतिष्ठानलाई दान दिइरहन्छन् । त्यसैबाट धर्मको शक्ति बलियो बनाउने प्रयास गरिरहन्छन् । उता, शोषण र अन्यायमा परेका मान्छेले तमासा हेरिरहन्छन् ।

    आदर्शवादले ईश्वरले मान्छेको सृष्टि गरेको हो भन्ने मान्यतामा मान्छेलाई विश्वस्त बनाउन प्रयत्न गरिरहन्छ । माक्र्सको त्यो भनाइको ठिक उल्टो हुने गरी मान्छेले ईश्वर बनाएको हो भन्ने छ । यस प्रकार आदर्शवाद र भक्तिवाद एकअर्काेका विरोधी दर्शन सिद्ध भएका छन् । आदर्शवाद विश्वासमा मात्र अडेको छ भने भौतिकवादले विश्वासले मात्र पुग्दैन, विश्वासको साथमा प्रमाण पनि पुग्नुपर्दछ भन्दछ । जब आदर्शवादलाई प्रमाण जुटाउन भनिन्छ, त्यसले कुनै पनि प्रमाण जुटाउन सक्दैन । त्यसपछि प्रमाण केही पनि जुटाउन नसक्ने भएपछि यो दर्शन हावादारी गफ भएको प्रमाणित हुन्छ ।

    भौतिकवादीहरूले आत्माको अस्तित्वलाई स्वीकार गर्दैनन् । शरीरमा छातीभित्र मुटु हुन्छ । टाउकोभित्र मस्तिष्क हुन्छ । आत्मा कहाँ हुन्छ ? उत्तरमा आत्मा कहिँ पनि हुन्न, हुने चेतना हो ।

    धर्म आदर्शवादमा अडेको छ र त्यसको पृष्ठपोषण गर्दछ । आदर्शवादी दर्शनको आधारमा सृष्टिकर्तालाई इष्ट बनाउने भन्दै पण्डित या पुजारीले व्यक्ति, देवता र प्राकृतिक शक्तिबिच मध्यस्तकर्ता भएर थप शोषण गर्न लागे । मठमन्दिर, मस्जिद आदि धार्मिक संस्थामा बसेर पूजाआजा गर्ने/गराउने र आशिर्वाद बाँड्नेको नाममा गरिब र दु:खी जनताको पिछडिएको राजनीतिक चेतनाबाट सकेसम्म बढी फाइदा उठाउने प्रयत्न गरिरहे । आफूले देखेभोगेको वास्तविकतालाई टाढा पन्छाउने र मिथ्या हावादारी कल्पनामा विश्वास गर्ने गर्दा शोषणलाई र उनीहरूको शोषण प्रवृत्तिलाई कति फाइदा पुगेको छ भन्ने कुरा सर्वसाधारण जनताले पत्तै पाउन्नन् । त्यस्तो हुनुको मूल कारण अन्धभक्ति हो । त्यसैबाट फाइदा उठाउन पण्डित, पुजारी पनि प्रोत्साहित भई उत्पीडनको कारक भएका हुन्छन् । त्यसो हुँदैनथ्यो भने हुँदै नभएको ईश्वरसँग मध्यस्तता गराउने उद्योग गर्ने जरुरी नै पर्ने थिएन ।

    जहाँसम्म प्रकृतिसँग मध्यस्तता गराउने कुरा हो, त्यो पनि प्रकृतिको नियम नबुझेसम्म गर्न सक्ने काम होइन । प्रकृतिको नियम बुझ्न भौतिकवादी हुनुपर्छ, तब मात्र त्यतातिरको प्रयत्नले साकार रूप लिन सक्छ ।

    माक्र्सले धर्म जनताका लागि आफिम हो भनेका छन् । अफिम नसालु पदार्थ हो । अफिम खाएपछि त्यो व्यक्तिलाई नशा लागेर लट्ठ पर्छ । मानव समाजमा धर्मको नसा लागेर सर्वसाधारण जनता लट्ठिएका हुन्छन् । उनीहरूले आफ्नो भौतिक अवस्था, उनीहरूमाथि लाग्ने नियम, नियम–कानुन लाग्ने राज्यसत्ता, नियम–कानुन पालन गराउने पुलिस, कर्मचारी, जनताको सेवा गर्ने भनेर भोटबाट विजयी भएका नेता आदिहरूको जस्ताको त्यस्तै अवस्थाको मूल्याङ्कन गर्न सक्दैनन् । ती सबैको उल्टो चित्र आफ्नो दिमागमा प्रतिबिम्बित हुन्छ र धर्मको नसाले ती सबै ज्यादती सहने नसालु पदार्थको काम गरेको हुनाले वास्तविकता सबै भुल्छन्, भुल्ने बनाउँछ । झुट र मिथ्याको अनुसरण गर्दछन् । दैनिक गुजारा चलाउने समस्या झन्पछि झन् कठिन अवस्थामा गएका हुन्छन् । उत्पादन र रोजगारीको मात्रै होइन शिक्षा र स्वास्थ्यका समस्याले झन्पछि झन् सङ्कटमा पारेका हुन्छन् । ती भौतिक वास्तविकता हुन् तर ती समस्यासित जुध्न सङ्गठन गर्ने, सङ्गठित शक्ति प्रयोग गरेर समस्या समाधानको अवस्थातिर पुग्ने गर्नमा त्यही धर्मको तगारोले छेकेको हुन्छ ।

    लेनिनले पनि धर्मलाई आत्मिक मदिरा भनेका छन् । आदर्शवादीले शरीर मरे पनि आत्मा कहिल्यै मर्दैन भन्छन् । भौतिकवादीहरूले आत्माको अस्तित्वलाई स्वीकार गर्दैनन् । शरीरमा छातीभित्र मुटु हुन्छ । टाउकोभित्र मस्तिष्क हुन्छ । आत्मा कहाँ हुन्छ ? उत्तरमा आत्मा कहिँ पनि हुन्न, हुने चेतना हो । चेतना मष्तिस्कबाट प्रतिबिम्ब हुने भौतिक परिस्थितिको उपज हो । त्यही आत्माको भुत चढेर मान्छे धार्मिक प्रवृतिबाट अलग हुन सक्दैन । धर्मले आत्माको नाममा लट्ठ पार्ने हुनाले होला, त्यसलाई आत्मिक मदिरा भनेको पनि ।

    सबै साधारण जनताबिच धर्मको नसा व्यापक रूपमा फैलिएको हुनाले र कम्युनिस्ट पार्टीको सदस्य धर्म विरोधी व्यक्ति भएको हुनाले वर्तमान समाजको नेता बन्न सक्दैन ।

    समाज र प्रकृतिको नियम बुझ्न नसकेको अवस्थामा अर्काे लोकको कल्पना गरेर शासक वर्गले धार्मिक भावनालाई शोषण र दमनको औजारको रूपमा प्रयोग गर्न बाध्य बनाउँछन् । आफ्नो बुद्धिको प्रयोग गर्न थालेपछि व्यक्ति, धर्म विरोधी हुन्छ । आफ्नो श्रमशक्ति खर्च गरेर आफ्ना निम्नतम आवश्यकता पूरा गरेर सङ्गठित भई धर्मविरोधी चरित्र कायम राख्न सकिन्छ ।

    कम्युनिस्ट पार्टी धर्म विरोधी संस्था हो । त्यो शोषित–पीडित जनताको पक्षमा काम गर्ने पार्टी भएको र जनता धर्मको पक्षपाती भएको हुनाले काम गर्न सजिलो भने छैन । आफ्नो धर्म विरोधी अस्तित्व कायम राखेर जनताबिच प्रस्तुत हुन अध्ययनको स्तर बढाउने तथा जनताका समस्यासित परिचित हुने दुवै काम गर्ने एकातिर जनताको राजनैतिक स्तर उच्च बनाउन लाग्दा शक्तिशाली शत्रुको सामना गर्न सक्ने क्षमतासमेत विकास गराउन जरुरी पर्छ । यी दुवै काम सक्रियतापूर्वक गर्न द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको सिद्धान्त र आफ्नो देशको तात्कालिक अवस्थामा सही राजनैतिक कार्यक्रम निश्चित गर्नसमेत अभ्यस्त हुन जरुरी पर्छ ।

    धेरैजसो राजनीतिक कार्यकर्ता हुँ भन्ने मान्छेले सिद्धान्त र राजनैतिक कार्यक्रममा भन्दा सङ्गठनात्मक पक्षमा आफ्नो ध्यान केन्द्रित गर्छन् । त्यसो गर्दा त्यो व्यक्तिको कामको नतिजा सङ्गठनको रूपमा भन्दा विभाजनकारीको रूपमा देखिन्छ । त्यो उसको अवसरवादी चरित्रको परिणाम हो । उसलाई ठुलो नभई नहुने, ठुलो हुने योग्यताको विकास गर्न नसक्ने स्वभाविक नतिजा विभाजनकारी हुन्छ । समाज र प्रकृतिको नियम बुझ्न नसकेको अवस्थामा अर्काे लोकको कल्पना गरेर शासक वर्गले धार्मिक भावनालाई शोषण र दमनको औजारको रूपमा प्रयोग गर्न बाध्य बनाउँछन् । आफ्नो बुद्धिको प्रयोग गर्न थालेपछि व्यक्ति, धर्म विरोधी हुन्छ । आफ्नो श्रमशक्ति खर्च गरेर आफ्ना निम्नतम आवश्यकता पूरा गरेर सङ्गठित भई धर्मविरोधी चरित्र कायम राख्न सकिन्छ ।

    धर्म र राजनीति दुवै समाजका उपरी संरचना हुन् । यिनीहरू दुवैले आर्थिक आधारमा प्रभाव पार्छन् । धर्मले आर्थिक असमानता बढाउने काम गर्दछ भने राजनीति परस्पर विरोधी प्रकृतिका भए पनि समाजवादी राजनीतिले आर्थिक असमानता घटाउने काम गर्छ भने पुँजीवादी राजनीतिले आर्थिक असमानता बढाउने काम गर्दछ । जबसम्म वर्गमा वर्गीय चेतना विकास हुन्न, तबसम्म आर्थिक असमानता बढ्दै जान्छ† बढाउँदै लैजान्छन् ।

    धर्मले वर्गसमन्वयको प्रयत्न गर्दछ तर त्यसबाट असमानता बढ्दै जान्छ । वर्गसङ्घर्ष गर्न वर्गीय चेतना र राजनैतिक अनुशासन दुवै चाहिन्छ ।

    धर्म समाजवादी समाजभन्दा पहिलेका सबै समाजमा कुनै न कुनै रूपमा मान्य हुन्छ । यो राज्यसत्ताको विकृत रूप हो । सम्पन्न वर्गको स्वार्थरक्षा गर्न समाजमा र सर्वसाधारण जनताका बिचमा भ्रम उत्पादन गरेर वास्तविकतामा पर्दा लगाउनुपर्ने हुन्छ । त्यसो नगर्ने हो भने र जस्ताको त्यस्तै अवस्थाको जानकारी हुने हो भने तत्कालै वर्गसङ्घर्ष हुर्कने र सम्पन्न वर्गको हार हुने स्थिति उत्पन्न हुन्छ । धर्मले त्यो भ्रमलाई प्रयोग गरेर जनतालाई भुलभुलैयामा राख्न सजिलो बनाउँछ । सम्पन्न वर्गको स्वार्थलाई पूरा गर्न सहयोग गर्छ । त्यसकारणले सकेसम्मको शक्ति लगाएर धर्मको प्रचार गर्छन् । सर्वसाधारण जनता त्यो भ्रमको जालोभित्र परेर निस्कन सक्दैनन् बरु नसा लागेसरह भई लट्ठ पर्छन् । व्यक्तिगत स्वामित्व भएको उत्पादन सम्बन्धको आधारमा धर्म, साहित्य, कला, कानुन हुँदै सांस्कृतिक महल खडा हुन्छ । त्यसबाट शोषित–पीडित जनता बाहिर निष्कन सक्दैनन् । क्रान्तिकारीहरूले मिहिनेत गरेर लामो समयसम्मको लगातारको प्रयत्नबाट वास्तविक धरातलमा ओराल्न सक्नुपर्छ ।

    धर्म विरोधी वर्गको विकास र विरोधी वर्गका विरुद्ध सङ्घर्ष गर्न गरिने सङ्गठित प्रयत्नमा भ्रम उत्पदन गर्ने अभिव्यक्ति हो । शोषित, उत्पीडित श्रमजीवी जनता मुक्त हुन समाजमा एउटा वर्गले अर्काे वर्गलाई गर्ने शोषणमाथि प्रतिबन्ध लगाउनुपर्छ ।

    शोषित जनताको मुक्ति नै वास्तविक मुक्ति हो । धर्म विरोधी वर्गको विकास र विरोधी वर्गका विरुद्ध सङ्घर्ष गर्न गरिने सङ्गठित प्रयत्नमा भ्रम उत्पदन गर्ने अभिव्यक्ति हो । शोषित, उत्पीडित श्रमजीवी जनता मुक्त हुन समाजमा एउटा वर्गले अर्काे वर्गलाई गर्ने शोषणमाथि प्रतिबन्ध लगाउनुपर्छ । त्यो काम सर्वहारा वर्गको नेतृत्वमा श्रमजीवी वर्ग मजदुर, किसान र बुद्धिजीवी तीन थरीका जनताको सहभागितासहितको सचेत र सङ्गठित वर्गचेतना भएको कम्युनिस्ट पार्टीले आन्दोलन सफल पारेर राज्य सत्ता कब्जा गरेपछि मात्र सुरु हुन्छ । त्यसपछि पनि वर्गसङ्घर्षद्वारा मात्र न्याय र समाजताको बाटोमा काम अघि बढ्छ । त्यो भनेको पुँजीजीवी वर्गलाई श्रमजीवी वर्गमा परिणत गर्ने र समाजमा नाफा खाने प्रवृत्तिलाई समाप्त पारेर ज्याला खाने प्रवृत्तिलाई प्रोत्साहन गर्ने गर्दै जानुपर्दछ । त्यसो गर्न धर्मको नामनिसाना नामेट पार्नुपर्छ ।

     

    मानवजाति आफै सर्वाेच्च जीव हो । मान्छेले मान्छेलाई शोषण गर्ने होइन कि आपसमा मायाप्रेम र सद्भाव विकास गरेर सबे मिल्ने र प्रकृति विरुद्धको सङ्घर्षलाई तेज पार्दै उच्च अवस्थामा पुर्‍याउनुपर्छ । मानव समाजको विकास र प्रगतिमा आइपर्ने बाधा व्यवधान सबै हटाउँदै अघि बढ्नुपर्छ । मानव समाजको दस हजार वर्षको शोषण प्रवृत्तिको दिशा बदलेर त्यसको ठिक विपरीत समानता सिर्जना गर्ने दिशामा अघि बढ्दै जान सबैभन्दा मुख्य अवरोध बनेको धर्मको ठाउँ वर्गसङ्घर्षले लिनुपर्छ र लिन सक्नुपर्छ । त्यसको लागि वर्गचेतनाको विकास र सङ्गठित शक्तिको विकास दुवै अतिआवश्यक र प्राथमिक महत्त्वका हतियार हुन् । त्यसो गर्न धर्मलाई हटाउनुपर्छ ।

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.