• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अभावमा गुज्रिँदै सांकेतिक विद्यालय


  •   सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
  • सुरेश आचार्य, सुर्खेत ।
    सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सांकेतिक भाषामै पढाउनुपर्छ ।

    Advertisement

    त्यसैले पनि शिक्षकले हात र मुखको इशारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ । सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालय हो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल स्कुल ।

    विद्यालयमा कार्यरत १० शिक्षकमध्ये छ जना विशेष शिक्षा परिषद्बाट नियुक्त भएका छन् भने विद्यालयमा चार जना हेरचाहकर्ता र तीन जना कार्यालय सहयोगी रहेका छन् । कूल ९६ जना अध्ययनरत विद्यालयमा ८१ जना बालबालिकाले आवासीय सुविधासहितको शिक्षा लिइरहेका छन् ।

    विद्यालयमा विषयगत संकेत सामग्रीको अभावका कारण सुन्ने र बोल्ने क्षमता नभएका विद्यार्थीको पठनपाठनमा समस्या भइरहेको छ । ‘साना कक्षामा सांकेतिक संकेत अभावले खासै समस्या हुँदैन’, विद्यालयका प्रध्यानाध्यापक चिन्तामणि कँडेलले भन्नुहुन्छ, ‘खासगरी पठनपाठनमा प्रयोग हुने सांकेतिक संकेत अभावले माथिल्लो कक्षाका विद्यार्थीहरु भने प्रभावित बन्ने गरेका छन् ।’

    विद्यालयमा गणित, विज्ञान, वातावरण शिक्षालगायतका विषयमा शिक्षकलाई अध्यापनमा समस्या हुन्छ । कक्षा १० सम्म अध्यापन गराइरहेका शिक्षकहरुमा विषयगत संकेत अभाव देखिने प्रधानाध्यापक कँडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘संकेत अभावले गर्दा शिक्षकले बुझाउन खोजेको शब्द विद्यार्थीले प्रष्ट बुझ्दैनन् अथवा बुझाइएको शब्दले अर्को अर्थ लगाउन सक्ने जोखिम हुन्छ । विषयगत संकेत अभावले विद्यार्थीलाई प्रष्ट अर्थ जनाउन शिक्षकलाई गाह्रो पर्छ ।’

    प्रअ कँडेलका अनुसार नेपालमा विषयगत संकेतका लागि कार्यक्रम सञ्चालन तथा अध्ययन अनुसन्धान सुरु नभएको मात्र होइन, विषयगत सेंतका विषयमा नेपालमा पुस्तकहरुको पनि अभाव रहेको छ । अन्य मुलुकहरुमा विषयगत संकेतहरुको व्यवस्था गरिएको भए पनि नेपालमा भने अन्य मुलुकको संकेतले काम गर्दैन ।

    ‘पुराना शिक्षकलाई विज्ञान विषय अध्यापन गराउँदा समस्या उत्पन्न हुन्छ । यस विषयमा हामी शिक्षकहरुले प्रयास पनि गरेका छौँ’, उहाँले भन्नुभयो, ‘साेंतिक भाषाका लागि तालिम सञ्चालन गरेका थियौँ । शिक्षकहरुलाई विषयगत संकेतका लागि थप तालिमको आवश्यक छ ।’

    प्रअ कँडेल सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित विद्यालय आफैँले भने सधैँ अभाव खेप्नुपरेको बताउनुहुन्छ । विसं २०३७ मा स्थापना भएको यस विद्यालयको भवन जीर्ण छ । कक्षा कोठा पनि पर्याप्त छैन भने यहाँ खेल मैदान, पाठ्यपुस्तक, शैक्षिक सामग्री र शिक्षकको पनि अभाव छ । उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यालयको शैक्षिकस्तर माथि उठाउन समस्या भएको प्रअ कँडेलले बताउनुहुन्छ ।

    यस विद्यालयमा प्राथमिक तहमा एक, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा एक जना गरी छ जनाको दरबन्दी रहेको छ । विद्यालयमा कम्तीमा नौ जना शिक्षक आवश्यक रहेको प्रअ कँडेलको भनाइ छ । उहाँ अन्य विद्यालयका शिक्षकसरह यहाँका शिक्षकलाई सेवासुविधा नभएको बताउनुहुन्छ ।

    वीरेन्द्रनगरमा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटा मात्र विद्यालयका रूपमा छ । सुर्खेतका बड्डीचौर, मालारानी र गुमीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरू गाभेर यही विद्यालयमा ल्याइएको हो । अहिले पनि योविद्यालय संघीय सरकारकै स्वामित्वमा रहेको छ ।

    विद्यालयको नौ कोठे भवनभित्र एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने बाँकी कोठामा पठनपाठन हुने गर्दछ । ‘पानी पर्दा सबै कक्षाहरू चुहिएर पोखरी बन्छन्, गर्मीमा सिधै सूर्यको प्रकाश कोठाभित्रै पर्छ’, प्रअ कँडेल भन्नुहुन्छ, ‘शौचालय जीर्ण अवस्थामा छ भने खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीलाई पसलबाट किनेर ल्याउनु पर्दछ ।’

    विशेष शिक्षामार्फत सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने शैक्षिक सामग्री नहुँदा अध्यापनमा समस्या परेको विद्यालयका अङ्ग्रेजी शिक्षक रमेशकुमार कार्कीले बताउनुहुन्छ । सांकेतिक भाषाका लागि आवश्यक सामग्री नहुँदा पठनपाठनमा समस्या रहेको उहाँको भनाइ छ । उहाँका अनुसार नेपालीमा अनुवाद गरी फेरि सांकेतिकरूपमा बुझाउन गाहे हुन्छ । सम्बन्धित विभागले नै पाठ्यक्रमअनुसार साङ्केतिक संकेत चिन्हको विकास तथा अनुसन्धानमा ध्यान दिनुपर्ने उहाँको धारणा छ ।

    श्रवण शक्ति नभएका विद्यार्थीका लागि अध्ययन गर्ने प्रदेशकै एकमात्र विद्यालय भएकाले पनि यहाँ विद्यार्थी आउनेक्रम बढ्दो छ । आर्थिक अवस्था र पूर्वाधार नहुँदा विद्यालयमा दिनहुँ समस्या हुने गरेको छ । प्रधानाध्यापक कँडेलका अनुसार वीरेन्द्रनगर नगरपालिकाले गत आर्थिक वर्षमा नयाँ भवनका लागि दिएको ५० लाख रुपैयाँले अहिले भवन बनिरहेको छ ।

    जीर्ण अवस्थामा रहेको प्रदेशकै एकमात्र बहिरा स्कुलको पूर्वाधार तथा शैक्षिक गुणस्तर विकासमा कुनै जनप्रतिनिधिको ध्यान नपुगेको अभिभावकहरुको गुनासो छ । साङ्केतिक भाषाको पठनपाठन हुने यस विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिकस्तर सुधारका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीय अभिभावक लक्ष्मी उपाध्याय जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘राज्यले नै ध्यान नदिँदा बालबालिकाहरुको पठनपाठन प्रभावित भइरहेको छ ।’

    विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री खरिद गर्न सरकारले प्रतिविद्यार्थी मासिक ५०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा हाल सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, सल्यान, बाँके, बर्दिया र कैलालीका विद्यार्थी अध्ययनरत छन् ।

    कूल ९६ जना विद्यार्थी अध्ययनरत सिद्ध बहिरा बाल स्कुलमा ४६ छात्रा र ५० छात्र रहेका छन् । यहाँ पाँच छात्र र नौ छात्रा गरी १४ दलित विद्यार्थी रहेका छन् । विद्यालयमा ८१ जना आवासीयरुपमै अध्ययन गरिरहेका छन् भने १५ जना घरबाटै आवतजावत गर्दै आएका छन् । विद्यालयमा सबैभन्दा धेरै दैलेख जिल्लाका ३४ जना विद्यार्थी अध्ययनरत छन् भने सुर्खेतका २८, कालिकोटका १५, हुम्लाका १५, जाजरकोटका चार, कैलालीका तीन, अछामका तीन, डोल्पाका दुई तथा मुगु र डोटीका एक÷एक जना विद्यार्थी अध्ययनरत छन् ।रासस

    सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.