काठमाडौं । मलेसियामा दुई जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । मलेसियाको तमान पेरिन्डस्ट्रियन अकल्यान्डमा उनीहरु मृत भेटिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
Advertisement
मृतकहरु ३५ र ४६ वर्षको भएको बताइएको छ । उनीहरुको अनुहारमा चोट लागेको पाइएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी र डाक्टरको टोली पुगेको थियो। डाक्टरको टोलीले तत्कालै उनीहरुलाई मृत घोषित गरेको थियो।
घटनाको प्रकृतिअनुसार मदिरा पिएर झगडा भएको हुनसक्ने अनुमान गरिएको छ।
एक जना प्रहरी अधिकारीका अनुसार घटनास्थलमा ह्यामर बरामद भएको छ। त्यही प्रयोगमार्फत उनीहरुको मृत्युको आशंका गरिएको छ। घटनाको अनुसन्धानका क्रममा एक नेपाली पक्राउ परेका प्रहरीले जनाएको छ ।