काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मत परिणाम आउन अब एक क्षेत्र मात्रै बाँकी छ । दोलखामा मतगणना जारी रहेबाहेक १६४ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै ५७ सिट जितेको छ। दोस्रोमा नेकपा एमालेले ४४ सिट जितेको छ। दोलखामा पनि एमालेकै अग्रता छ ।
तेस्रोमा नेकपा माओवादी केन्द्र छ । उसले १७ सिट हात पारेको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर ७ सिट जितेका छन्।
आयोगको तथ्यांकअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १÷१ सिट जितेका छन् भने स्वतन्त्र उम्मेदवार ५ जना प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् ।