खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको छुट्टाछुट्टै स्थानबाट बेपत्ता भएका दुई नेपालीको खोजी सुरु गरेको छ ।
परिवारका सदस्यले दिएको जानकारीका आधारमा प्युठानका भीमबहादुर केएम र मोरङकी सोनिया माझीको खोजी सुरु भएको मूल प्रवाहले जनाएको छ ।
प्युठान नगरपालिकाका भीम बहादुर भारतको चंडिगढ सेक्टर ४५ देखि गत तीन वर्ष पहिला हराएका थिए । मूल प्रवाह भटिन्डा नगर समितिमा भीम बहादुरको परिवारले दिएको निवेदन अनुसार प्युठान नगरपालिका वडा नं ४ इन्द्रेडाँडा निवासी उनको लामो समयसम्म खोजतलास गर्दा पनि नभेटिएकोले मूल प्रवाह चंडिगढ मार्फत खोजी कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।
उनी भेटिएमा भारतमा नजिकको मूल प्रवाहको कार्यालय अथवा हुकुम बहादुर केएम +९१–९१०९७५५६५१ वा नेपालमा राजमोको कार्यालय अथवा पुना पोख्रेल ००९७७– ९८६८६६८५०४, हुकुम बहादुर केएम ००९७७– ९७६५३९३५५१ मा खबर गरिदिन मूल प्रवाहले अनुरोध गरेको छ ।
यता, मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका वडा नम्वर ५ भौसावासी क्याम्पसडाँडा निवासी सोनिया यही २५ नोभेम्वरदेखि भारतको पञ्जाब राज्यको डेराबसी मुवारकपुरबाट लापत्ता भएकी छन् ।
भक्त बहादुर माझीकी श्रीमती करिब ४५ वर्षीया सोनिया फेला परेमा नजिकको मूल प्रवाहको कार्यालय अथवा भक्त बहादुर माझी +९१–८९५००७०२८८ काजीमान राइ +९१–९६५३४३९०४८ मा खबर गरिदिन हार्दिक अनुरोध गरिएको छ ।