• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सीमा अतिक्रमणको विषय तत्काल अन्तर्राष्ट्रियकरण गरौंः नेपाली


  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सीमा अतिक्रमणको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ ।अतिक्रमण विरुद्ध राष्ट्रिय सहमती जुटेको बेला यो विषयलाई अन्तर्राष्ट्रियस्तरमा लैजान उपयुक्त अवसर भएको नेपालीले बताउनुभयो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा भालुवाङको आयोजनामा भएको ‘सीमा अतिक्रमण र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष नेपालीले इतिहासमै राष्ट्रियताका लागि देशभित्र एकमत बनेकाले अहिले यो मुद्दा अन्तर्राष्ट्रियकरण गर्न उपयुक्त मौका मिलेको बताउनुभयो ।

    ‘अहिले सम्पुर्ण दल, संघसंस्था र जनता सीमा अतिक्रमण विरुद्ध एकजुट भएका छन् । करिब दुई तिहाई बहुमतसहितको बलियो सरकार पनि छ’ नेपालीले भन्नुभयो, ‘यही बेलामा सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न उपयुक्त मौका छ । यसले समस्या समाधान हुनसक्छ ।’

    राजमो भालुवाङका अध्यक्ष केशवराज खनालको अध्यक्षतामा आइतबार सम्पन्न सो कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले अबधारणा पत्र पेश गर्नु भएको थियोे । राजमो जिल्ला सल्लाहकार रमेशमान गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष चित्र एमसीले गर्नु भएको थियोे ।

    कार्यक्रममा राजमो राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द वेदी, नेकपाका धर्म राज अधिकारी, नेपाली कांग्रेसका इकाई सभापति दुर्योधन पाण्डे, अखिल नेपाल किसान महासंघ केन्द्रीय कोषाध्यक्ष प्रेम नारायण आचार्य, लालमटिया गाविसका पूर्व अध्यक्ष दोर्ण भुसाल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगत भुसाल, भालुबाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष हस्त गुरुङ, होटेल ब्यवसायी संघ भालुबाङका अध्यक्ष महेश रिजाल समाजसेवी हुकुम बहादुर बस्नेतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    लमहीमा अन्तरक्रिया

    यस्तै, राजमोले सोमबार लमहीमा सोही विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नगर अध्यक्ष हरि थापाको अध्यक्षता, सल्लाहकार पदम गोराथोकीको स्वागत तथा सचिव लेखराज आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रमा राजमोका जिल्ला अध्यक्ष गणेश आचार्यले अबधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगी, सत्तारुढ नेकपाका नेता वसन्त शर्मा, नेपाली कांग्रेसका कर्ण बहादुर बुढाथोकी, नेकपा (क्रान्तिकारी माओवादी)का रामचन्द्र घिमिरेले अवधारणापत्र उपर धारणा राख्नुभएको थियो ।

    यस्तै, शिक्षा प्रेमी तथा बुद्धिजीवी दामोदर पाण्डे र सशिधर ज्ञवाली, सामुदायिक रेडियो प्रसारक संघ अकोरावका प्रदेश अध्यक्ष केपि घिमिरे, पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लिला साह, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, पत्रकार दशरथ घिमिरे, राधेश्याम गुप्ता, दिबाकर पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

    भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र अतिक्रमण गरी नयाँ नक्सा सार्वजनिक गरेपछि त्यस विरुद्ध राष्ट्रिय जनमोर्चाले देशब्यापी विरोध प्रदर्शन गर्दै आइरहेको छ । विरोध जुलुश, धर्ना, अन्तरक्रियालगायतका कार्यक्रममार्फत राजमोले सीमा अतिक्रमण फिर्ता गर्न सरकारलाई दबाब दिइरहेको छ ।

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.