• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘बहिष्कारवादी’ को गिरफ्तारीबारे केसी : ती आवारालाई पुलिसले किन महत्त्व दिएको ?


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीबाट छुट्टिएर ‘चुनाव बहिष्कार’ भन्दै हिँडेको समूहलाई ‘आवारा’ को संज्ञा दिनुभएको छ ।

    Advertisement

    अध्यक्ष केसी उठेको बागलुङ क्षेत्र नं १ को कुश्मिशेरामा केही व्यक्तिहरु चुनाव बहिष्कार गर्ने भनेर भाषण गर्दै गर्दा कात्तिक २९ गते पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीले केहीबेरपछि छोडेको थियो ।

    उनीहरुले चित्रबहादुर केसीले आफूहरुलाई पक्राउ गराएको भन्दै ‘हाँक’ मा समाचारसमेत लेखाएका छन् ।

    हाँकले (३० कात्तिक २०७९ वर्ष ४० अंक १) ‘चुनाव जित्नकै लागि केसीको यस्तो हर्कत’ शिर्षक दिएर ‘कृष्णराज पौडेलसहितका नेताहरुलाई गिरफ्तारी गराउन चित्रबहादुर केसीको हात रहेका तथ्यहरुले स्पष्ट संकेत गरेको’ लेखेको छ । हाँकले अगाडि लेखेको छ, ‘चित्रबहादुर केसीले नै पौडेललगायतका मसालका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गराएको हुनसक्ने सहजै बुझ्न सकिन्छ ।’

    यद्यपी पत्रकारितामा यस्तो ‘हुनसक्ने सहजै बुझ्न सकिने’ खालका शब्दहरु राखेर अनुमानित समाचार लेख्नु अनैतिकता हो । हाँकले अध्यक्ष केसीको चरित्र हत्या गर्ने नियतका साथ तथ्यहिन कुराहरुलाई समाचार टिप्पणी भन्दै प्रस्तुत गरेको छ ।

    चुनाव बहिष्कार गरेको ‘मशाल’ समूहका व्यक्तिहरुले सामाजिक सञ्जालमा अन्य कतिपय जिल्लामा पनि बहिष्कारको कार्यक्रममा प्रहरीले पक्राउ गरेको बताउने गरेका छन्। तर बागलुङमा चित्रबहादुर केसीको निर्देशनमा पक्राउ गरिएको ‘अनुमान’ गरेको हाँकले अन्य जिल्लामा भने कसको निर्देशनमा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको भन्ने चाहिँ खुलाएको छैन ।

    राजमो अध्यक्ष केसीले कथित बहिष्कारवादी व्यक्तिहरुलाई प्रहरीले गिरफ्तार गरेकोबारे आफूले पछि मात्रै थाहा पाएको बताउनुभएको छ ।

    ‘तपाइँको निर्देशनमा कृष्ण पौडेलहरु गिरफ्तार परेछन् नि ?’ भन्ने युगदर्शनको प्रश्नमा केसीले भन्नुभयो, ‘ती आवारालाई पक्राउ गरेर पुलिसले किन महत्त्व बढाएको होला ? न उनीहरुको सिद्धान्त छ, न राजनीति छ, न त नैतिकता छ । एकछिन उफ्रिन्थे, गैहाल्थे ।’

    अध्यक्ष केसीले उनीहरुलाई गिरफ्तार गरेकोबारे प्रहरीले फोन गरेपछि मात्रै आफूले थाहा पाएको पनि स्पष्ट पार्नुभयो ।

    ‘तिनिहरुलाई महत्व नदिनूस् भनेपछि प्रहरीले उतिबेलै छोडेको हो’ केसीले भन्नुभयो, ‘मैले उनीहरुलाई छुटाउने, अनि हाँकले मैलाई गिरफ्तार गराएको आरोप लगाउने ? यो पितपत्रकारिता हो । मलाई बदनाम गर्न खोजेका मात्रै हुन् । त्यसको केही अर्थ छैन ।’

    अध्यक्ष केसीले मसालबाट छुट्टिएर चुनाव बहिष्कार भन्दै बागलुङ गएको सो समूहले सूर्य पाठकको पैसा खाएर आफू विरुद्ध माहोल बनाउन खोजेको आरोप पनि लगाउनुभयो । सूर्य पाठक एमालेबाट केसीका प्रतिस्पर्धी हुन् ।

    ‘उनीहरु सूर्य पाठकको पैसा खाएर उफ्रिएका हुन् । मलाई कसरी बदनाम गराउन र हराउन सकिन्छ कि भन्ने हो’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘त्यस्तालाई के महत्त्व दिएर समाचार लेख्नुहुन्छ ?’

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.