• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

‘बहिष्कारवादी’ को गिरफ्तारीबारे केसी : ती आवारालाई पुलिसले किन महत्त्व दिएको ?


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीबाट छुट्टिएर ‘चुनाव बहिष्कार’ भन्दै हिँडेको समूहलाई ‘आवारा’ को संज्ञा दिनुभएको छ ।

    Advertisement

    अध्यक्ष केसी उठेको बागलुङ क्षेत्र नं १ को कुश्मिशेरामा केही व्यक्तिहरु चुनाव बहिष्कार गर्ने भनेर भाषण गर्दै गर्दा कात्तिक २९ गते पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीले केहीबेरपछि छोडेको थियो ।

    उनीहरुले चित्रबहादुर केसीले आफूहरुलाई पक्राउ गराएको भन्दै ‘हाँक’ मा समाचारसमेत लेखाएका छन् ।

    हाँकले (३० कात्तिक २०७९ वर्ष ४० अंक १) ‘चुनाव जित्नकै लागि केसीको यस्तो हर्कत’ शिर्षक दिएर ‘कृष्णराज पौडेलसहितका नेताहरुलाई गिरफ्तारी गराउन चित्रबहादुर केसीको हात रहेका तथ्यहरुले स्पष्ट संकेत गरेको’ लेखेको छ । हाँकले अगाडि लेखेको छ, ‘चित्रबहादुर केसीले नै पौडेललगायतका मसालका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गराएको हुनसक्ने सहजै बुझ्न सकिन्छ ।’

    यद्यपी पत्रकारितामा यस्तो ‘हुनसक्ने सहजै बुझ्न सकिने’ खालका शब्दहरु राखेर अनुमानित समाचार लेख्नु अनैतिकता हो । हाँकले अध्यक्ष केसीको चरित्र हत्या गर्ने नियतका साथ तथ्यहिन कुराहरुलाई समाचार टिप्पणी भन्दै प्रस्तुत गरेको छ ।

    चुनाव बहिष्कार गरेको ‘मशाल’ समूहका व्यक्तिहरुले सामाजिक सञ्जालमा अन्य कतिपय जिल्लामा पनि बहिष्कारको कार्यक्रममा प्रहरीले पक्राउ गरेको बताउने गरेका छन्। तर बागलुङमा चित्रबहादुर केसीको निर्देशनमा पक्राउ गरिएको ‘अनुमान’ गरेको हाँकले अन्य जिल्लामा भने कसको निर्देशनमा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको भन्ने चाहिँ खुलाएको छैन ।

    राजमो अध्यक्ष केसीले कथित बहिष्कारवादी व्यक्तिहरुलाई प्रहरीले गिरफ्तार गरेकोबारे आफूले पछि मात्रै थाहा पाएको बताउनुभएको छ ।

    ‘तपाइँको निर्देशनमा कृष्ण पौडेलहरु गिरफ्तार परेछन् नि ?’ भन्ने युगदर्शनको प्रश्नमा केसीले भन्नुभयो, ‘ती आवारालाई पक्राउ गरेर पुलिसले किन महत्त्व बढाएको होला ? न उनीहरुको सिद्धान्त छ, न राजनीति छ, न त नैतिकता छ । एकछिन उफ्रिन्थे, गैहाल्थे ।’

    अध्यक्ष केसीले उनीहरुलाई गिरफ्तार गरेकोबारे प्रहरीले फोन गरेपछि मात्रै आफूले थाहा पाएको पनि स्पष्ट पार्नुभयो ।

    ‘तिनिहरुलाई महत्व नदिनूस् भनेपछि प्रहरीले उतिबेलै छोडेको हो’ केसीले भन्नुभयो, ‘मैले उनीहरुलाई छुटाउने, अनि हाँकले मैलाई गिरफ्तार गराएको आरोप लगाउने ? यो पितपत्रकारिता हो । मलाई बदनाम गर्न खोजेका मात्रै हुन् । त्यसको केही अर्थ छैन ।’

    अध्यक्ष केसीले मसालबाट छुट्टिएर चुनाव बहिष्कार भन्दै बागलुङ गएको सो समूहले सूर्य पाठकको पैसा खाएर आफू विरुद्ध माहोल बनाउन खोजेको आरोप पनि लगाउनुभयो । सूर्य पाठक एमालेबाट केसीका प्रतिस्पर्धी हुन् ।

    ‘उनीहरु सूर्य पाठकको पैसा खाएर उफ्रिएका हुन् । मलाई कसरी बदनाम गराउन र हराउन सकिन्छ कि भन्ने हो’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘त्यस्तालाई के महत्त्व दिएर समाचार लेख्नुहुन्छ ?’

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.