• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जनताको मन मनमा बस्नुभएका चित्रबहादुर केसी


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • काजीगाउले श्रेष्ठ #
    चित्रबहादुर केसीका पिता नरिश्वर गौतम (उपाध्याय) र आमा पार्वतीक्षेत्री हुनुहुन्थ्यो । केसीको जन्म १९९७ माघ २० गते बेलुकीपख बागलुङ गल्कोट मल्म गल्याङस्थित आफ्नो घरमुनि बाँसको गाँजनजिकै बाटोमा भएको हो ।

    Advertisement

    उहाँ घरगाउँमै साक्षर हुनुभयो र हरिचौर दरममा रहेको स्कुलमा केही समय शिक्षा प्राप्त गर्नुभयो । पढ्नुपर्छ भन्ने सामाजिक परिवेश नभएकोले उहाँको बाल्यकाल गाईवस्तु हेर्ने, दरमखोलामा माछा मार्ने, पौडी खेल्ने आदि कार्यमा बितेको थियो ।

    उहाँ १५/१६ वर्ष पुगेपछि गाउँघरको प्रचलनअनुसार गाउँमा गल्ला (सेनामा भर्ती गर्ने मान्छे) आएको अवस्थामा उहाँ पनि भारतीय सेनामा भर्ती हुन नापिनुभई जाँचमा पास हुनुभएको थियो ।

    गल्कोटका राजा भरतबम मल्लकी पत्नी सुवर्णशमशेर जङ्गबहादुर राणाका बहिनी थिइन् । राजाको हजुरियामा हाजिर हुने व्यक्ति नरिश्वर गौतम (चित्रबहादुरका पिता) पनि थिए । ती रानी काठमाडौँ जाँदा पिता नरिश्वरसमेतको सामान बोकाई चित्रबहादुर केसीलाई पोखरासम्म लगेकोमा घर नफर्काई पढाउन भनी उहाँलाई काठमाडौँ लगिएको थियो । ग्रामीण जीवनमा स्वतन्त्रतापूर्वक हिँड्डुल गर्ने व्यक्तिलाई राजाले गोठमा राख्ने र भाडाकुँडा मझाउनेसमेत काम गराउँदा चित्रबहादुरको मनले विद्रोह गर्‍यो । राजा भरतबम मल्लको गोठ छोडी भागेर बागलुङ घर आउनुभयो ।
    सेनामा भर्ती हुने समय बितिसकेकाले उहाँ काठमाडाँैमा पढन जाने पुन: अठोट गरी आफ्नो पिताको घोडा चढी मावलीमा ऋण माग्न आउनुभयो । मामाले यही घोडा बेच् र पढ्न जा भन्ने जवाफ दिनुभयो तर पढ्न ऋण दिनुभएन ।

    चित्रबहादुरको आमाले आफूसँग भएको सुनको गहना चित्रबहादुरलाई दिनुभयो । त्यही गहना बेचेर काठमाडौँको नन्दीरात्री पाठशालामा भर्ना भई तीन वर्षसम्म पढी चित्रबहादुरले हाईस्कुल पास गर्नुभएको हो । उहाँले काठमाडौँबाट स्नातकसम्मको स्कुली शिक्षा पढ्नुभएको छ ।

    बिहुँ बागलुङका परमान्द कँडेल (उच्चस्तरका धार्मिक गुरु) भन्नुहुन्थ्थो : ‘चित्रबहादुर केसीको पार्टी नै सच्चा कम्युनिस्ट पार्टी हो ।’

    त्यसपछि उहाँ गल्कोट हाईस्कुलमा शिक्षक पेसा गरी बस्नुभयो । साथै २०२१ पुस १४ र १५ गते उहाँको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी बागलुङ जिल्ला कमिटी गठन भयो । चमुवाखोलाको एउटा गोठमा मानिसहरू भेला भई गठन भएको नेकपा बागलुङका अन्य सदस्यहरूमा चित्रप्रसाद शेरचन (गल्कोट हटिया), रामलाल भट्टचन (हरिचौर), पिताम्बर राना (दुदिलाभाटी), भीमबहादुर पुन (दुदिलाभाटी) र देवेन्द्र सुवेदी (दुदिलाभाटी) । उक्त जिल्ला कमिटीलाई महासचिव तुल्सीराम अमात्य नेतृत्वको नेकपा केन्द्रीय कमिटीले मान्यता दिएको थियो ।

    वि.सं. २०२४ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्व मान्ने नेकपाको बागलुङको दक्षिण भेकमा छुट्टै जिल्ला कमिटी बनेको हुँदा चित्रबहादुर केसीको पहलमा दक्षिण भेगतर्फ सम्मिलित २०२४ फागुन महिनामा गाजाको धुरीमा भेला भई संयुक्त जिल्ला कमिटी गठन भएको थियो ।

    पञ्चायत व्यवस्था र गाउँका जालीफटाहको विरुद्धमा बागलुङ जिल्लामा कम्युनिस्टहरूले सञ्चालन गरेको अभियान निकै लोकप्रिय भयो । त्यति बेला युवाविद्यार्थीहरूको नेतृत्वमा गल्कोट, बुर्तिवाङ, सर्कुवा, पाही र बागलुङ बजारमा समेत गोष्ठी, जुलुस, पर्चा, पम्प्लेट, सांस्कृतिक कार्यक्रम गरी जनतालाई सचेत पार्दै लग्ने अभियान चलेको थियो ।

    २०२५ साल फागुनमा हरिचौर दरममा तीन महिनासम्म प्रहरी शिविर सञ्चालन गरी बागलुङका कम्युनिस्ट विरोधी सरकारी दमन, धरपकड तीव्र भएको थियो । त्यही क्रममा चित्रबहादुर केसी भूमिगत भए । त्यति बेला हरिचौरका मथुरा श्रेष्ठ, अम्मर ढकाल, दीर्र्घराज पाण्डे, दुर्गाराज पन्त र देवराज पन्तलाई थुनामा राखिएको थियो।

    चित्रबहादुर केसी नौ महिना जेलमा पर्नुभयो । करिब १८ वर्ष भूमिगत भएर पनि उहाँ जनताको बिचमा रहनुभयो । उहाँलाई धनसम्पत्ति, पदप्रतिष्ठा, लोभलालचले फसाउन सकेको छैन । उहाँले निर्माण गरेको पार्टी देशभरिका कम्युनिस्ट पार्टिको ब्याड बन्यो । त्यसको बेर्ना देशैभरि देख्न सकिन्छ ।
    सिद्धान्त, निष्ठा, इमानदारिता तथा राजनीतिक नैतिकता भएको नेताको उदाहरण दिँदा उहाँको नाम पहिलो पङ्क्तिमा आउँछ । गाउँले भाषामा, समाजमा प्रचलित उखानटुक्का गाँसेर बोलिने उहाँको भाषण नरुचाउने देशविदेशमा कोही छैन । उनका सैद्धान्तिक विरोधीहरू पनि उनको गौरवमय व्यक्तित्वको अगाडि नतमस्तक हुने गर्दछन् ।

    बिहुँ बागलुङका परमान्द कँडेल (उच्चस्तरका धार्मिक गुरु) भन्नुहुन्थ्थो : ‘चित्रबहादुर केसीको पार्टी नै सच्चा कम्युनिस्ट पार्टी हो ।’

    वि.सं. २०५१ सालको आम निर्वाचनमा चित्रबहादुर केसी बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्थो । पार्टीको चुनावी राजनीति एवम् कूटनीतिक अनुभवको कमीले गर्दा उहाँ हार्नुभयो । धुल्लुबास्कोट मतदान केन्द्रको मतपत्रमा सयौँ स्वस्तिक छाप नभएको गोलो चिह्न मात्र भएको मत उहाँको घर चिह्नमा परेको थियो । यो कर्मचारीको मिलोमतोमा भएको चुनावी धाँधली थियो । यस्तै अरू प्राविधिक कारणले तत्कालीन निर्वाचन आयोगद्वारा उहाँलाई निर्वाचनमा पराजित घोषणा गरिएको थियो ।

    २०५६ सालको संसदीय निर्वाचनमा उहाँ त्यही क्षेत्रबाट उठ्नुभयो र विजयी हुनुभयो । २०६३ सालमा संविधान सभा सदस्यको चुनावमा उम्मेदवार बनेर पुन: उहाँ विजयी हुनुभयो ।

    लाखौँ विदेशीलाई नागरिकता वितरण गरिएको विषयमा उहाँको विमति थियो । एक मधेस एक प्रदेशले पुर्‍याउने खतराबारे खबरदारी गर्दै त्यसको उहाँले जमेर विरोध गर्नुभएको थियो । नेपालको भूगोल र विविधतालाई मध्यनजर राखी जनसङ्ख्याको आधारमा मात्र प्रतिनिधि सभाको सदस्य सङ्ख्याको निर्धारण गर्ने कुराको पनि उहाँ विरोधी हुनुहुन्थ्थो ।

    उहाँ र उहाँको पार्टी राष्ट्रिय जनमोर्चा संसद्मा छँदाखेरि खेलेको भूमिका देशका लागि महत्त्वपूर्ण रह्यो । उहाँले २०५६ सालदेखि २०६७ जेठसम्म संसद् र संविधान सभामा रहँदा जनताको स्वास्थ, कृषि एवम् भूमिसुधार, जलश्रोतको प्रयोग, गाउँको विकास, चुनावी धाँधली, आतङ्ककारी कानुन, कमैया प्रथा, सुशासन, भ्रष्टाचारको विरोध, अफगानिस्तानमा अमेरिकी हस्तक्षेप, सङ्कटकाल, कुरा प्रजातन्त्रको व्यवहार निरङ्कुशताको, कर्णालीको खाद्यान्न, बेरोजगार युवा, रायमाझी आयोगको प्रतिवेदन, बेचिएका चेलीबेटी, राजस्व प्रशासनको कमजोरी, संसद्को बैठक समयमै बस्नुपर्ने, जनता र राष्ट्रको स्वार्थ शिरोपर राख्नुपर्ने, दण्डहीनता, मानवता विरोधी गतिविधि विरुद्ध लड्न आह्वान, दलको अधिनायकवादी चरित्र, सङ्घीय शासनबाट देश टुक्राउने कामको विरोध, आर्थिक अनुशासन, सामन्ती प्रणाली र एकात्मक प्रणाली एउटै होइन, रुग्ण उद्योग, बाढीपहिरो, हैजापीडित, चुरेभावर, लौरे राजनीति छोड्नुपर्छ आदि विभिन्न १२९ ओटा विषय उठाई संसद् र संविधान सभामा दर्ज गरी जनता र राष्ट्रियताको पक्षमा आफ्नो मत प्रकट गर्नुभएको छ ।

    २०५८ पुस १० गते बागलुङ जिल्ला विकास समितिको दसौँ जिल्ला परिषद् बागलुङको बालमन्दिर सभाहलमा सम्पन्न भएको थियो । त्यसमा उद्घाटन भाषणको क्रममा तत्कालीन मुलुकको अवस्थाबारे चित्रबहादुर केसीले यसरी विचार पोख्नुभएको थियो : ‘सङ्कटकाल किन ? यसबारे विवाद छ । माओवादी गतिविधिका कारणले सङ्कटकाल लागु गर्नुपरेको भन्ने सरकार र केही राजनीतिक दलको भनाइ रहेको देखियो । खोरिया नफाँडेको भए खोरियामा रुखका ठुटाहरू रहने थिएनन् । ती ठुठाहरू नभएको भए त्यसमा कौवाहरू बस्ने थिएनन् । कौवाहरू नबसेको भए खेतबारीका मकै खाने थिएनन् । बहुदल ल्याएको १२ वर्षमा देश कहाँ पुग्यो ? सालको सरदर एउटा सरकार बन्यो । देशको अवस्था पछाडि ढकेलियो । राजनीतिलाई कमाउने भाँडो बनाइयो । पञ्चायत कालमा मुलुकले हात थापेर बनाएका कलकारखाना खतम भए । युवाहरू खाडीलगायत विदेशमा भाँडा माझिरहेका छन् । देशभित्र बेरोजगारको फौज तयार भएको छ । २०४८ सालको आम चुनाव राजमोले बहिष्कार गर्‍यो । माओवादीले भाग लिए । देशमा भएको कुशासन र बदमासीले गर्दा माओवादीले छुट्टै बाटो लिए ।’

    केसीको उक्त जनबोलीले माओवादीको नाममा लगाइउको सङ्कटकालका पछाडिको कारक तत्त्व के के थिए ? त्यो प्रष्ट पारेको थियो ।
    उहाँ २०७० सालमा दोस्रोपटक भएको संविधान सभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट उहाँ निर्वाचित हुनुभएको थियो । लाखौँ विदेशीलाई नागरिकता वितरण गरिएको विषयमा उहाँको विमति थियो । एक मधेस एक प्रदेशले पुर्‍याउने खतराबारे खबरदारी गर्दै त्यसको उहाँले जमेर विरोध गर्नुभएको थियो । नेपालको भूगोल र विविधतालाई मध्यनजर राखी जनसङ्ख्याको आधारमा मात्र प्रतिनिधि सभाको सदस्य सङ्ख्याको निर्धारण गर्ने कुराको पनि उहाँ विरोधी हुनुहुन्थ्थो । स्थानीय तहलाई स्वायतता र स्वशासन दिनुपर्ने विषयको पक्षमा उहाँले आफ्ना विचार राख्ने गर्नुभएको छ । सङ्घीयता चाहिँदैन, देश टुक्राउन पाइँदैन भन्ने राष्ट्रिय जनमोर्चाको नारा उहाँले सदन एवम् सडकमा उठाउने गर्नुभएको छ । यो पश्चिमा राष्ट्रहरूको नेपाललाई नियन्त्रणमा राख्ने र भारतीय साम्राज्यवाद को नेपालमाथि सूक्ष्म नियन्त्रण गर्न चाहने नीतिको विरोधी नारा हो । त्यसको अर्थ महान भारतीय जनताको विरोधीको अर्थमा लिनुहुँदैन । उहाँको विचार यस्तो थियो ।

    विरोधीहरूले पनि भने– ‘देख्यौ ! तिम्रा चित्रबहादुर केसी पनि त्यही ड्याङका मुला हुन्’ तर चित्रबहादुर केसी कमाउन, लोभलालचले त्यहाँ जानुभएको थिएन, पार्टी निर्णयलाई शिरोपर गरेर जानुभएको थियो । उहाँले तस्करी, भ्रष्ट कर्मचारी, नेता, भूमाफिया, शिक्षा तथा स्वास्थ्थ माफिया आदिको पक्षमा काम गर्नुभएन । राष्ट्रियताको पक्षमा अडिग भएर काम गर्नुभयो ।

    २०७२ सालमा संविधान बन्यो । यसरी राजतन्त्रको विधिवत: अन्त्य भयो । संविधान सभाबाट संविधान बन्यो । धर्म निरपेक्षता, गणतन्त्र, समावेशिता आदि स्थापित भए । यी मुलुकमा दूरगामी प्रभाव पार्ने अग्रगामी एवम् ऐतिहासिक कार्य थिए । जनता सडकमा उत्रेर यी सफलता प्राप्त गरेका थिए ।
    २०७२ सालको संविधानमा आफ्ना एजेन्डाहरू घुसाउन नपाएको बदला भारतीय साम्राज्यवादले नेपालमा नाकाबन्दी गर्‍यो । यो एउटा मित्रराष्ट्रउपरको शत्रुतापूर्ण व्यवहार थियो । नेपाल र भारतका जनता त्यो नाकाबन्दीको विरुद्धमा थिए । तत्कालीन परिस्थितिलाई मध्यनजर राखी ओली सरकारमा चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाको तर्फबाट उपप्रधानमन्त्री बन्नुभयो । क्रान्तिकारी लफ्फाजी गर्नेहरूलाई यो कुरा हजम भएन । विरोधीहरूले पनि भने– ‘देख्यौ ! तिम्रा चित्रबहादुर केसी पनि त्यही ड्याङका मुला हुन्’ तर चित्रबहादुर केसी कमाउन, लोभलालचले त्यहाँ जानुभएको थिएन, पार्टी निर्णयलाई शिरोपर गरेर जानुभएको थियो । उहाँले तस्करी, भ्रष्ट कर्मचारी, नेता, भूमाफिया, शिक्षा तथा स्वास्थ्थ माफिया आदिको पक्षमा काम गर्नुभएन । राष्ट्रियताको पक्षमा अडिग भएर काम गर्नुभयो ।

    उहाँ उपप्रधानमन्त्री हुँदा २०७२ फागुन १ गते राष्ट्रिय जनमोर्चा बागलुङको पाँचौँ जिल्ला सम्मेलन बुर्तिवाङमा उद्घाटन गर्दाको अवस्थामा ‘सरकारमा रहेको अनुभव कस्तो रह्यो’ भनी गरेको सवालको जवाफमा उहाँले एउटा किस्सा सुनाउनुभएको थियो ।

    गल्कोटको ग्रामीण क्षेत्रबाट ठुलीएकादशीमा कृष्णागण्डकी (कालीगङ्गा) नुहाउन बागलुङ आएकी महिला गण्डकी नुवाई गाउँमा फर्केपछि छिमेकीले कस्तो रहेछ त नि गण्डकी भनी ती महिलालाई सोध्दा ती महिलाले गण्डकी न सन्दकी तर्लङ तर्लङ पानी भनी जवाफ दिएकी थिइन् रे ¤ चित्रबहादुर केसीले आफू उपप्रधानमन्त्री भएको भएता पनि मुलुकलाई उभोगतिमा लैजान सक्ने अवस्था नरहेको वास्तविकता व्यक्त गर्नुभएको थियो । सरकारमा रहँदा पनि उहाँले आफ्नो पदप्रतिष्ठाभन्दा देशको अवस्थाले चिमोटेको बढी महसुस गर्नुभयो ।

    स्वास्थ्य अवस्थाका कारणले २०७४ सालको निर्वाचन उहाँ लड्नुभएन। गण्डकी प्रदेशको दुई निर्वाचित र एक समानुपातिक सदस्यमा राजमो सीमित रह्यो । पार्टीभित्र उहाँले उम्मेदवारी नदिएको विषय तिखो रूपमा उठ्यो । गण्डकी प्रदेशमा एमालेको सरकारको समर्थन फिर्ता लिने राजमोको नीतिले राजनीतिमा ठुलो तरङ्ग ल्यायो । एमालेको नेतृत्वको प्रदेश सरकार ढल्यो । नेपाली काङ्ग्रेसको सरकार बन्यो । एमाले नेतृत्व सरकारले दुईपटक संसद् विघटन गरेका कदमले जनताले प्राप्त गरेको गणतन्त्रसमेत माथि खतरा पुगेको भनी राजमोले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नीति लिनुपरेको थियो ।

    नेपाली काङ्ग्रेस वर्गशत्रु हो । त्यसको सरकारलाई समर्थन गरी राजमो सैद्धान्तिक रूपमा विचलन भयो भन्ने सवालमा केसी बताउनु हुन्छ– ‘राजा महेन्द्र पनि वर्गदुस्मन थिए तर उनले नेपाल र तिब्बत जोडने कोदारी राजमार्ग बनाउने काम गरेको विषय देशहितमा थियो । त्यसकारणले कोदारी राजमार्ग बनाएको विषयलाई नीतिगत रूपमा समर्थन गरिएको थियो । २०४६ सालको आन्दोलन नेपाली काङ्ग्रेसको नेतृत्वमा चलेको थियो । निरङ्कुश राजतन्त्रभन्दा संसदीय व्यवस्था तुलनात्मक रूपमा प्रगतिशील भएको हुँदा हामीले नेपाली काङ्ग्रेसको नेतृत्वको पञ्चायत विरोधी आन्दोलनलाई समर्थन गरेका हौँ ।’

    त्यस्तै, जनताको ऐतिहासिक आन्दोलनबाट प्राप्त गणतन्त्र र संसद् विघटन गरी सिङ्गो देशलाई नै खतरामा पुर्‍याउने कदमको विरुद्ध नेपाली काङ्ग्रेसको समर्थन र एमालेको विरोध गर्ने नीति गलत होइन भन्ने विश्लेषण चित्रबहादुर केसीको थियो । उहाँले सधैँ के भन्दै आउनुभएको छ भने कार्यनीति तात्कालिक राजनीतिक परिस्थितिलाई हेरी पार्टीबाट अपनाइने अल्पकलीन उपाय हो । नीति परिस्थितिअनुसार बदलिरहनुपर्छ ।
    २०७९ मङ्सिर ४ गतेको प्रतिनिधि सभा सदस्यको साझा उम्मेदवारीको सम्बन्धमा ‘तपाईं वृद्ध मान्छेले किन उम्मेदवारी दिनुभयो’ भन्ने सवालको जवाफमा उहाँले २०७९ कात्तिक २१ गते समिट होटलमा भएको गठबन्धनका अगुवाहरूको भेलामा भन्नुभएको थियो– ‘राजनीतिमा उमेरको कुराभन्दा पनि सिद्धान्त, राष्ट्रप्रतिको निष्ठाको सवाल प्रधान हुन्छ । पार्टीका साथीहरू र गठबन्धनका नेतृत्वले पनि मेरो उम्मेदवारीको आवश्यकतामा जोड दिनुभएको तथा पार्टीप्रतिको निष्ठा र मुलुकप्रतिको दायित्व महसुस भएकाले मैले उम्मेदवारी दिएको हुँ ।’

    ‘तपाईंले स्थानीय विकासको काममा ध्यान दिनु हुन्न रे’ भन्ने अर्को सवालको जवाफमा उहाँले बागलुङबाट बलेवा र गल्कोट जाने मोटरबाटोको नाका खुलाउन जनप्रतिनिधिको डेलिगेसन गएको, धौलागिरी अञ्चल अस्पताल, खानेपानी, शिक्षा, पुनरावेदन अदालत बागलुङमा चाहिन्छ भनी, बागलुङ जिल्ला टुक्राउन हुन्न, मध्यपहाडी राजमार्ग बागलुङ भएर जानुपर्छ आदिइत्यादि विषयलाई लिई कैयौँपटक स्थानीय र राष्ट्रिय अन्तरक्रिया र सरकारलाई दबाब दिन डेलिगेसन गएको स्मरण गराउनुभयो ।

    सैद्धान्तिक रूपमा कुरा गर्ने हो भने प्रतिनिधि सभाका सदस्यले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई हरेक क्षेत्रमा मार्गनिर्देशन दिने, कार्यक्रम निर्माण गर्ने, ध्यान आकर्षण गराउने, कानुन एवम् नीति निर्देशन निर्माण गर्ने कार्य भएको उहाँको भनाइ थियो ।

    सैद्धान्तिक रूपमा कुरा गर्ने हो भने प्रतिनिधि सभाका सदस्यले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई हरेक क्षेत्रमा मार्गनिर्देशन दिने, कार्यक्रम निर्माण गर्ने, ध्यान आकर्षण गराउने, कानुन एवम् नीति निर्देशन निर्माण गर्ने कार्य भएको उहाँको भनाइ थियो ।

    सिद्धान्तनिष्ठ, इमान्दार, नैतिकवान, राष्ट्रियताका पक्षधर राष्ट्रिय स्तरको व्यक्तित्व बनाउन सफल, जनताले गौरव गर्न मिल्ने नेता चित्रबहादुर केसी हुन् भन्ने कुरामा कसैको विमति छैन । उहाँको ६५–७० वर्षसम्म राष्ट्र, समाज, सिद्धान्तप्रतिको योगदानको उच्च मूल्याङ्कन इतिहासले गर्ने छ । सिद्धान्तको प्रचार गर्न, सङ्गठन विस्तार गर्न, देशभक्तिको चेतना जगाउन उहाँ देश र भारतको धेरैजसो क्षेत्र तथा बाहिरका थुप्रै देशमा पुग्नुभएको छ ।

    राजतन्त्रको विरुद्ध, ससंदीय व्यवस्थाका दुर्गुणको विरुद्ध, जनताको जनजीविकाका सवाल, सामाजिक न्यायको पक्षमा उहाँ आजसम्म नथाकिकन हिँडिरहनुभएको छ । उहाँ संसदीय लेखा समितिको अध्यक्ष भई गरेका कामकारबाही नेपालको संसदीय इतिहासमा सकारात्मक योगदानको रूपमा लिइन्छ । राजनीति र सिद्धान्तका लागि खरो रूपमा अविचलित रूपमा उभिनु उहाँका अनुशरणीय प्रेरणा हुन् ।

    आजको देखावटी तडकभडकयुक्त राजनीति एवम् व्यावसायिक मिडियाका कारण उहाँलाई पृष्ठभागमा घचेट्न प्रयत्न भएता पनि उहाँको उच्च नैतिक बल तथा देश र जनताप्रति सच्चा वफादारिताका कारण नेपाली जनमानसमा चहकिलो आस्थाको धरोहर बन्नुभएको छ । उहाँको योगदानको कदर गर्दै उहाँको विजयलाई सुनिश्चित गराउनु हामी सबैको कर्तव्य हो ।

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.