जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणले भैलो समीक्षा कार्यक्रम गरेको छ ।
आइतबार आयोजित सो कार्यक्रमको अवसरमा भैलो तथा तिजी कार्यक्रममा योगदान दिने कलाकारहरू निकिता थापा, सौम्या थापा, साक्षी थापा, रोशनी थापा, सोनिया थापा र सुश्मा थापालाई प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य बेल बहादुर रजालीले पुरस्कार प्रदान गर्नु भएको थियो ।
त्यसैगरी संगठनलाई विभिन्न किसिमबाट सहयोग पुर्याउने व्यक्तित्वहरु राम बहादुर शाही, हरि माया राना, सिमरन शाहीलाई महिला क्षेत्रीय संयोजक कल्पना थापाले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।
उक्त समीक्षा तथा समापन कार्यक्रममा भैलोमा सहभागी हुनु भएका सबैले आ–आफ्नो विचार राख्दै विभिन्न कमी कमजोरीका बावजुद समग्र रुपमा यो सालको भैलो भव्य रुपमा सफल भएको बताउनु भएको थियो ।
कार्यक्रममा मध्यपश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञवाली, केन्द्रीय परिषद सदस्य दीपा थापा, मूल प्रवाह जयपुर उत्तरबाट टंक थापाले सम्बोधन गर्दै देउसी भैलो कार्यक्रमको महत्त्व र त्यसको प्रगतिशील रुपान्तरणबारे धारणा राख्नु भएको थियो।
कार्यक्रम बाबुराम थापाको सञ्चालन, ओम थापाको अध्यक्षता तथा हुमा रजालीको स्वागत मन्तव्यबाट शुरु भएको थियो।

