काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमण विरुद्ध काठमाडौंमा जारी अभियानको सोमबार समापन हुने भएको छ । राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियान काठमाडौंले संयुक्त रुपमा एक महिनादेखि अभियान सञ्चालन गरिरहेका छन् ।
सोमबार राजधानीको शान्तिबाटिकामा हुने समापन समारोहलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेका राजमो नेता आनन्द शर्माले जाकारी दिनुभएको छ ।
राजमो र रक्तिमले काठमाडौंलाई केन्द्रित गरी सांस्कृतिक कार्यक्रमसहित एक महिना देखि अभियान सञ्चालन गरिरहेका छन् । त्यस क्रममा गोंगबु, चावहिल, कोटेश्वर, बानेश्वर, कलंकीलगायतका प्रमुख स्थानहरुमा विरोध सभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
भारतले कालापनी लिपुलेक लिम्पियाधुरा लगायतका क्षेत्रमा गरिरहेको सीमा अतिक्रमण तथा ती क्षेत्रलाई आफ्नो नक्सामा सामेल गरेपछि राजमोले देशब्यापी रुपमा विरोध गरिरहेको छ । काठमाडौं केन्द्रित एक महिने अभियान समापन भएपनि प्रदर्शन जारी रहनेछ ।