• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रतिगमनद्वारा देशलाई अधोगतिर्फ लैजान खोजियो : कार्यकारी अध्यक्ष नेपाली

"गुल्मीको सदरमुकाम तमघासमा समानुपातिक अभियान टोलीको भव्य जनसभा "

  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले देशलाई अधोगतितर्फ लैजान खोजिएको आशङ्का व्यक्त गर्नुभएको छ ।

    Advertisement

    एमाले अध्यक्ष ओलीद्वारा पटक पटक जननिर्वाचित संसद् विघटन गरिएको सन्दर्भलाई जोडेर उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
    राजमो केन्द्रीय समितिको समानुपातिक उम्मेदवार प्रचार अभियानले २०७९ कात्तिक २४ गते गुल्मी जिल्लाको सदरमुकाम तमघासमा आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष नेपालीले यस्तो विश्लेषण राख्नुभएको थियो ।

    ‘जनताले पाँच वर्षसम्म ढुक्क भएर सकार चलाउन ओलीको नेतृत्वमा दुईतिहाइ जनमत दिएका थिए’ नेपालीले भन्नुभयो– ‘तर ओलीले पटक पटक त्यही जननिर्वाचित संसद्लाई विघटन गरिदिनुभयो । यो देशलाई अधोगतितर्फ लैजाने तरिका नै थियो ।’

    ओलीले संसद् विघटन गरेका बेला देशमा कोरोना महामारीको चरम रूप रहेको स्मरण गर्दै गर्दै मास्क, स्यानिटाइजर र खोप चाहिएको त्यति बेला चुनावको कुरा गर्नु ओलीको देशलाई अधोगतितर्फ लैजाने कदम नै रहेको उहाँले ठोकुवा गर्नुभयो ।

    अध्यक्ष नेपालीले दुईतिहाइ बहुमत पाएका शासकको यस्तै बहुलट्ठीपूर्ण कदमलाई रोक्न पाँचदलीय गठबन्धन बनेको प्रष्ट पार्नुभयो ।

    उहाँले मङ्सिर ४ गतेको चुनावमा कुनै पनि प्रकारको राजनीतिक सङ्कीर्णता नराखेर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।

    ‘प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारलाई कुनै हिचकिचाहट नराखिकन मतदान गर्नुस्’ नेपालीले भन्नुभयो– ‘समानुपातिकतर्फ सबैले राष्ट्रिय जनमोर्चालाई मत दिनस् ।’

    कार्यक्रममा मन्तव्य राख्दै अर्का वक्ता राजमो उपाध्यक्ष जनकराज शर्माले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले वाम–लोकतान्त्रिक गठबन्धनलाई अप्राकृतिक सङ्ज्ञा दिइएकोमा त्यसको प्रतिवाद गर्नुभयो ।

    ‘कतिपयलाई लागिरहेको छ, वाम–लोकतान्त्रिक गठबन्धन अप्राकृतिक गठबन्धन हो’ उहाँले प्रश्न गर्नुभयो– ‘त्यसो भए भारतको आशिर्वादमा पटक पटक जननिर्वाचित संसद् विघटन गर्ने एमाले, राजतन्त्र र हिन्दु राष्ट्रको समर्थक लिङ्देन र कमल थापा अनि देश विघटनको राजनीति गर्ने सिके राउतसहितको गठबन्धन प्राकृतिक हुन्छ ?’

    उपाध्यक्ष शर्माले ठोकुवा गर्नुभयो– ‘गत जनआन्दोलनका उपलब्धि गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताको रक्षा गर्नका लागि गठन भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक गठबन्धन हो भने ओली नेतृत्वको गठबन्धन नै अप्राकृतिक गठबन्धन हो ।’

    उहाँले भारतको इसारमा नेपालमा प्रतिगमन लादिएको विश्लेषण अगाडि सार्दैै राष्ट्र, राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताका लागि बनेको गठबन्धन र राष्ट्रिय जनमोर्चालाई मतदान गर्न आम जनतालाई आग्रह गर्नुभयो ।

    जनसभामा रामो केन्द्रीय सदस्यहरू लालबहादुर थापा र तारा थापा, रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाही र रक्तिमकै नेतृ उषा तारामीले पनि सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी र राजमो गुल्मीका टेकबहादुर केसकिो आतिथ्य रहेको थियो ।

    राजमो गुल्मीका अध्यक्ष जीवन रानाको अध्यक्षता तथा कमल अर्यालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई राजमो जिल्ला उपाध्यक्ष रामेश्वर खत्रीले स्वागत गर्नुभएको थियो ।

    अभियान टोली कार्यक्रम सकेर गुल्मीकै कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा बास बस्न जाँदै छ । टोलीले भोलि कात्तिक २५ गते बिहान पर्वतको बिहादीमा सभा, साँझ पुर्तिघाटमा सभा गरी साँझ बास बस्न कास्कीको पोखरा पुग्ने छ ।

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.