शंकर प्रसाद पोख्रेल, बुटवल ।
नेपाल क्वानमुकान कराते डो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा विमल प्रसाद पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
Advertisement
पोख्रेल खेलकुद विकास समिति प्युठानका उपाध्यक्ष तथा पत्रकार महासंघ प्युठानका सदस्य हुनुहुन्छ ।
त्यसैगरी उपाध्यक्षमा बिदुर घिमिरे, सचिव प्रशान्त कार्की, कोषाध्यक्ष केमान सिंह थापा मगर, सदस्यहरुमा सुनिता न्यौपाने, शान्ति शर्मा, सुन्दर अर्याल, सौरभ खड्का रहनुभएको छ ।
निर्विरोध निर्वाचित भए लगत्तै अध्यक्ष पोख्रेलले खेल जगतलाई ग्रामिण इलाका र युवाहरुलाई प्रोत्साहन गर्न आफूले बिना भेदभाद महत्त्वपूर्ण क्वानमुकान कराते डो संघको विकासको लागि राम्रो कदम चाल्ने बताउनुभयो।
साथै उहाँले सबैको सल्लाह र सहमतिमै क्वानमुकान कराते डो संघ चलाउने प्रतिक्रिया दिनुभएको थियो।