सन्तोष सुनार, सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रगतिशील देउसीभैलो कार्यक्रम जारी राखेको छ । सदरमुकाम सन्धिखर्क बजारवरिपरि २०७९ कात्तिक १७ गते राजमोले देउसीभैलो खेलेको हो ।
Advertisement
देउसीभैलो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । प्रस्तुतिमा देउसीनाच, सोरठीनाच, बासुरी तालनाच, सालैजो र अन्य देशभक्तिपूर्ण गीत प्रस्तुत गरिएको थियो ।
देउसीभैलोको सन्दर्भमा मङ्सिर ४ गतेको चुनावको प्रचार प्रसार पनि गरिएको थियो । सो अवसरमा प्रतिनिधि सभातर्फ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल, प्रदेशसभा क तर्फ राष्ट्रिय जनमोर्चाको उम्मेदवार सागर केसी र प्रदेशसभा ख तर्फ नेपाली काङ्ग्रेसका उम्मेदवार कमलप्रसाद भुसाललाई विजय गराउन आग्रह गरिएको थियो ।