• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

“कान्छी भाउजू” र “भष्मासुर प्रवृत्ति”


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • मनोज भट्ट ##
    २०७९ कात्तिक १६ गते काठमाडौँमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई “कान्छी भाउजू” भनेर इङ्गित गर्नुभएको छ । दुई दुईपटक देशको प्रधानमन्त्री भइसक्नु भएका र एमालेहरूको स्वदाबीअनुसार सात लाख सदस्य भएको पार्टीका अध्यक्षले सार्वजनिक कार्यक्रममा एउटा महिलालाई “कान्छी भाउजू” भन्दै चरित्रहत्या गर्न खोज्नु र होच्याउनु खेदजनक र भत्र्सनायोग्य त छँदै छ, त्यसका साथै उहाँको राजनीतिक स्तर मात्रै होइन, सांस्कृतिक स्तर पनि निकै तल्लोस्तरको रहेको पुनर्पुष्टि भएको छ । महिलाप्रति ओलीको दृष्टिकोण हेपाहपूर्ण रहेको उक्त अभिव्यक्तिले देखाउछ ।

    Advertisement

    सर्वज्ञानसम्पन्न ओलीलाई यो कुराको हेक्का भएन कि सामन्ती समाजमा एउटा पुरुषले धेरै महिलासँग विवाह गर्न सक्दथे अर्थात् त्यो बेला बहुविवाह गर्न पाउने चलन थियो । एकभन्दा बढी महिलासँग विवाह गर्दा पनि पतिपत्नीको सम्बन्ध कायम नै रह्न्थ्यो । त्यस्तो अवस्थामा जेठी, माहिली, साहिली कान्छी भाउजू वा पत्नीको सम्बोधन स्वाभाविक हुन्थ्यो । अहिलेको हाम्रो सामाजिक व्यवस्थाले बहुविवाहलाई अपराध मान्दछ । कुनै महिला वा पुरुषले आफ्नो पति वा पत्नीसँग सम्बन्धविच्छेद गरी अरू कसैसँग विवाह गर्दछन् वा त्यसरी सम्बन्धविच्छेद गरिएकासँग कुनै महिलाले विवाह गर्दछिन् भने त्यस्तो अवस्थामा पति र पत्नीका बिचको सम्बन्ध समाप्त हुन्छ । सम्बन्ध नै नरहेपछि वा समाप्त भएपछि त्यस्तोसँग नाता वा सम्बन्ध देखाएर कान्छी, जेठी भन्नु ओलीको दिवालियापन हो । कसैलाई यस प्रकारको तुच्छ सम्बोधन गर्दा नयाँ विवाहितको मात्र नभएर सम्बन्ध परित्याग वा नाता तोडिएको वा नाता नरहेको महिलाको पनि चरित्रहत्या गर्ने काम हुन्छ भन्ने सामान्य ज्ञान पनि ओलीलाई नभएको देखिन्छ ।

    दुई दुईपटक देशको प्रधानमन्त्री भइसक्नु भएका र एमालेहरूको स्वदाबीअनुसार सात लाख सदस्य भएको पार्टीका अध्यक्षले सार्वजनिक कार्यक्रममा एउटा महिलालाई “कान्छी भाउजू” भन्दै चरित्रहत्या गर्न खोज्नु र होच्याउनु खेदजनक र भत्र्सनायोग्य त छँदै छ, त्यसका साथै उहाँको राजनीतिक स्तर मात्रै होइन, सांस्कृतिक स्तर पनि निकै तल्लोस्तरको रहेको पुनर्पुष्टि भएको छ । महिलाप्रति ओलीको दृष्टिकोण हेपाहपूर्ण रहेको उक्त अभिव्यक्तिले देखाउछ ।

    ओलीले उठाएका राजनीतिक विषयमाथि छलफल गरौँ । सार्वजनिक कार्यक्रममा एमालेले “भोट खन्याएर” (यहाँ ‘खन्याएर’ शब्द ओलीले प्रयोग गरेको हुनाले मैले पनि त्यो शब्द प्रयोग गरेको छु) दुर्गा पौडेललाई जिताएको कुरा उठाउनुभएको छ । केपी ओली भ्रममा हुनुहुन्छ वा पूर्वाग्रही सोचका कारण उहाँ विगत बिर्सनुभयो । प्युठान र बागलुङमा तत्कालीन वाम गठबन्धनसँग राष्ट्रिय जनमोर्चाको चुनावी तालमेल भएको थियो । प्युठान र बागलुङको तीनओटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चालाई प्युठान क्षेत्र एमाले र माओवादीलाई बागलुङको दुईओटा क्षेत्र बाँडिएको थियो । प्रदेशमा एमालेलाई प्युठानको एउटा र बागलुङको एउटा क्षेत्र दिइएको थियो । प्युठानमा एमालेले आफ्नो भोट राष्ट्रिय जनमोर्चालाई खन्याएको थियो ।

    राष्ट्रिय जनमोर्चाले बागलुङको प्रतिनिधि सभाको दुईटै निर्वाचन क्षेत्रमा, प्युठान र बागलुङको प्रदेश निर्वाचन क्षेत्रमा आफ्नो भोट वाम गठबन्धनलाई खन्याएर तत्कालीन वाम गठबन्धनलाई दुईतिहाइ बहुमत ल्याउन टेवा पुराएको कुरा चटक्कै बिर्सिनुभयो । त्यति मात्र नभएर एमालेले गण्डकी प्रदेश सरकार गठन गर्दा विशुद्ध राष्ट्रिय जनमोर्चाको समर्थन नभएको भए वा ओलीले प्रयोग गरेको भाषा सापटी लिँदा राष्ट्रिय जनमोर्चाका प्रदेशसभाका सांसदहरूले आफ्नो विश्वासको भोट एमालेका पृथ्वीसुब्बा गुरुङलाई नखन्याएको भए गण्डकीमा एमालेको सरकार बन्दैनथ्यो । अझ ओली यो पनि बिर्सिनुभयो कि गुल्मीमा राष्ट्रिय जनमोर्चाले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेलाई भोट नखन्याएको भए प्रदीप ज्ञवालीले जित्नु हुँदैनथ्यो । अर्घाखाँचीमा केन्द्र र प्रदेशको उम्मेदवारी राष्ट्रिय जनमोर्चाले फिर्ता लिएर एमालेलाई भोट नखन्याएको भए टोपबहादुर रायमाझी, चेतनाथ आचार्यलगायतका जित्दैनथे । त्यसैले एमालेले भोट खन्याएर दुर्गा पौडेल विजयी भएको दाबीमा कुनै तुक छैन ।

    चुनावी तालमेल गरेपछि सिटको लेनदेन हुन्छ । सिटको लेनदेन हुँदा हाम्रो आधार भएको बागलुङका दुईटै क्षेत्रमा हामीले वाम गठबन्धनलाई समर्थन गर्यो । एमालेले हामीलाई प्युठानमा समर्थन गर्यो । प्युठानको दुईटै प्रदेशको निर्वाचन क्षेत्रमा एमाले र माओवादीलाई हामीले समर्थन गर्यो र भोट खन्याएर जितायौँ ।

    ओलीले सार्वजनिक कार्यक्रममा एमालेको सरकार ढालेर राष्ट्रिय जनमोर्चाले “भस्मासुर प्रवृत्ति” देखाएको अभिव्यक्ति दिएका छन् । निश्चित रूपले ओलीले भारतसँग मिलेर २०७७ पुस ५ गते संसद् विघटन गरेर प्रतिगमनको बाटो अपनाएपछि मात्र राष्ट्रिय जनमोर्चाले ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको हो । जबसम्म ओली सरकारले गणतन्त्र तथा राष्ट्रियताको पक्षमा अडान लियो, त्यो बेलासम्म हामीले ओली सरकारलाई दृढ समर्थन गर्दै आएका थियौँ तर प्रतिगमनको बाटो समातेपछि ओली सरकारलाई कुनै पनि प्रकारले समर्थन गर्नु गलत हुन जान्थ्यो; २०६२–६३ सालको जनआन्दोलनका उपलब्धिका विरुद्ध हुन जान्थ्यो । हामीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर गणतन्त्रको रक्षाको पक्षमा उभियौँ, जुन सही थियो ।

    हिजो काठमाडौँको सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनमोर्चाको आलोचना गर्दा ओलीको हाउभाउ निकै आक्रोशपूर्ण र अत्तालिएको देखिन्थ्यो । आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनका कारण गम्भीर धक्का ब्यहोर्नुपर्ने ओलीले पूर्वानुमान गरिसक्नुभएको छ । त्यसैले ओलीले कहिले राष्ट्रपतिमार्फत् नागरिकता विधेयक कार्ड प्रयोग गर्छन्, कहिले दुर्गा पौडेलका विरुद्ध सार्वजनिक रूपमा खनिन्छन् । “कान्छी भाउजू” को अभिव्यक्ति आगामी निर्वाचनमा हुने लज्जाजनक हारको छटपटी हो ।

    ओलीले लिएको प्रतिगमनको बाटो एमालेको दसौँ महाधिवेशनले सच्चाएको भए एमालेसँग चुनावी तालमेल गर्नेबारे हामीले सोच्न सक्दथ्यौँ तर एमाले नेतृत्व दिन–प्रतिदिन प्रतिगमन तथा फासिवादतर्फ तीव्र उन्मुख छ । यो स्थितिमा एमालेले राष्ट्रिय जनमोर्चासँग सहयोगको आशा राख्नु हास्यास्पद हुन जान्छ ।

    हिजो काठमाडौँको सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनमोर्चाको आलोचना गर्दा ओलीको हाउभाउ निकै आक्रोशपूर्ण र अत्तालिएको देखिन्थ्यो । आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनका कारण गम्भीर धक्का ब्यहोर्नुपर्ने ओलीले पूर्वानुमान गरिसक्नुभएको छ । त्यसैले ओलीले कहिले राष्ट्रपतिमार्फत् नागरिकता विधेयक कार्ड प्रयोग गर्छन्, कहिले दुर्गा पौडेलका विरुद्ध सार्वजनिक रूपमा खनिन्छन् । “कान्छी भाउजू” को अभिव्यक्ति आगामी निर्वाचनमा हुने लज्जाजनक हारको छटपटी हो । त्यसैले “भस्मासुर” को भूमिका राष्ट्रिय जनमोर्चाले होइन, स्वयम् ओलीले नै त्यो भूमिका खेलेर नेकपा (नेकपा) लाई फुटाए† आफ्नै दुईतिहाइ बहुमतको सरकार ढलाए† सातओटा प्रदेशमध्ये छओटा प्रदेश सरकारको नेतृत्व गुमाउनुपर्यो । स्थानीय तथा राष्ट्रियसभाको निर्वाचनमा गम्भीर धक्का ब्यहोर्नुपर्यो । अब हुने आसन्न निर्वाचनमा पनि एमालेले गम्भीर धक्का ब्यहोर्ने स्थिति पैदा भएको छ । त्यसैले ओली नै “भस्मासुर प्रवृत्ति” का मुख्य नाइके हुन् ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.