पोखरा । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बस दुर्घटनामा परि मृत्यु हुनेमा तनहुँ घिरिङ गाउँपालिका–१ की २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
Advertisement
ग १ ख ६१७५ नम्बरको बस तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा दुर्घटनामा परेको हो । बिहान १०ः१५ बजे दुर्घटना भएको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै छ ।