• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ र एपीएफ क्लव विजयी


  •   मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
  • काठमाडौं । अंकित सुवेदीको शतकको सहयोगमा मंगलवार प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा वागमती प्रदेशमाथि ६९ रनको जित निकालेको छ ।

    Advertisement

    कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ दिएको ३ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा वागमती प्रदेश २ सय ३५ रनमा समेटिएको थियो ।

    जवाफी ब्याटिङ गरेको वागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो । वागमतीका लागि नन्दन यादवले ४८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडेका थिए । ओपनर इशान पाण्डेले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७ र दुर्गेश थापाले २६ र रामनरेश गिरीले अविजित २८ रनबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् ।

    वागमतीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश १ का लागि सार्वन यादवले सर्वाधिक ३ तथा दीपक जोशी, फिर्दोस अनसारी र कप्तान सिद्धान्त लोहनीले २–२ विकेट लिए । लव कामतको नाममा एक विकेट रह्यो ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेट गुमाएर ३ सय ४ रन जोड्न सफल भएको थियो । शतकीय पारी खेलेका अंकितले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित १ सय १० रनको व्यक्तिगत स्कोर बनाए । कप्तान सिद्धान्तले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ३ चौका र ८ छक्कासहित ७२ रनको अर्धशतकीय इनिङ खेल्दा विवेक मेहेताले ३० रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । प्रदेश १ को विकेट निकाल्दा वागमतीका रामनरेश गिरीले सर्वाधिक ५ विकेट आफ्नो नाममा लेखाए । इसान पाण्डे, प्रतिश जिसी, सूर्य तामाङ र नन्दन यादवले १÷१ विकेट हात पारे ।

    जितसँगै समूह बी को प्रदेश १ ले दोस्रो खेलबाट पहिलो जित निकालेको छ । दुई खेलबाट स्पष्ट जित निकालेको पुलिस ४ अंकका तालिकाको शीर्ष रहँदा प्रदेश १, २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

    प्रतियोगिता अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लवले सुदूरपश्चिम प्रदेशमाथि १० विकेटको फराकिलो जित निकालेको छ । खेलमा भुवन कार्कीको ४ विकेटको शानदार बलिङबाट एपिएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

    मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा भुवन कार्कीको कसिलो बलिङका कारण सुदूरपश्चिम प्रदेश २७ ओभरमा समेटिएको थियो । सुदूरपश्चिमले २७ ओभर खेल्दा सबै विकेट गुमाएर मात्र ६७ रन जोडेको थियो । ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपिएफले ११.२ ओभरमा बिना विकेट पूरा गरेको थियो । एपिएफका लागि ओपनरद्वय प्रदिप ऐरी र आशिफ शेखले अविजित क्रमश २५ र ४२ रन जोड्दै जित निश्चित गरेका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि कप्तान तथा विकेटकिपर राजु रिजालले सर्वाधिक २५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । कसिलो बलिङ गरेको एपिएफका लागि भुवन कार्कीका अलावा कमल ऐरी र मौसम ढकालले समान २÷२ विकेट हात पार्दा किशोर महतो र अमर रौटेलाले १÷१ विकेट निकाले ।

    प्रतियोगितामा बुधवार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी तथा मुलपानी मैदानमा वागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

     

    मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.