• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चिनियाँ कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनको सङ्कल्प प्रस्तावबारे


  •   मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
  • भीष्म जोशी

    Advertisement

    अक्टोबर २२, २०२२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को राष्ट्रिय महाधिवेशनले तेस्रो कार्यकालका लागि ६९ वर्षीय सी जिनपिङलाई महासचिवमा निर्वाचित गरेको छ । ९ करोड ६० लाख भन्दा बढी पार्टी सदस्य र ४६ लाख बढी उम्मेदवार सदस्य गरी झन्डै १० करोडभन्दा बढी पार्टी सदस्य रहेको चिनियाँ कम्युनिस्ट पार्टीले ७ सदस्यीय स्थायी समिति, २०३ सदस्यीय केन्द्रीय समिति, १६८ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य र अनुशासन आयोगको निर्वाचन गरेको छ ।

    एक साता लामो महाधिवेशनले सन् २०५० सम्मको चिनियाँ विशेषता सहितको आधुनिक समाजवादी चीन कस्तो बनाउने भन्ने योजना र दस्तावेज पारित गरेको छ । बिसौँ महाधिवेशनको सङ्कल्प प्रस्ताव नाम दिइएको उक्त प्रतिवेदनको सारसङ्क्षेप यो लेखमा प्रस्तुत गर्न खोजिएको छ ।

    महासचिव सी जिनपिङद्वारा प्रस्तुत गरिएको प्रतिवदेनमा मार्क्सवाद, लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङस्याओपिङको सिद्धान्त सी विचारधारालाई आदर्श मान्दै चिनियाँ विशेषतासहितको आधुनिक समाजवादको झन्डालाई उचो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । विकासको वैज्ञानिक दृश्यावलोकन, नयाँ युगको समाजवादी सी विचारधारा र कार्यान्वयन योग्य सी विचारधारालाई मुख्य जोड दिइएको छ ।

    राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषणका आधारमा र गत पाँच वर्ष र दशकका कामको मूल्याङ्कनका आधारमा माक्र्सवादलाई चिनियाँ परिवेशअनुरूप अगाडि बढाएर चीनको आधुनिकीकरण गर्न यसका आधारभूत मान्यतालाई अगाडि सारिएको छ । चीनमा आधुनिक समाजवाद स्थापना गर्न र चीनको महान् कायापलट गर्न योजनाबद्ध तरिकाले अगाडि बढ्न जरुरी रहेको बताइएको छ । यसका लागि पाँचपाङ्ग्रे एकीकृत योजना र चारैतिर फैलिएको बृहत् रणनीतिका साथै निरन्तर पार्टी सुदृढीकरण र देशको प्रगतिमा जोड दिएइको छ। यसका लागि नयाँ शताब्दीको नयाँ युगमा प्रवेश गर्न ठोस कदमको आवश्यकता रहन्छ ।

    महाधिवेशनको यो दस्तावेजलाई पार्टी र जनताको मार्गनिर्देशक दस्तावेजका रूपमा लिनुपर्ने भनिएको छ । सी विचारधारालाई चिनियाँ विषेशता सहितको समाजवादको रूपमा ग्रहण गर्न जोड दिइएको छ ।

    पार्टीको महान् संस्थापन बेलाको आत्माका आधारमा दृढताका साथ सु सङ्गठित ढंगले अगाडि बढ्दै, आधारभूत सिद्धान्तको जगमा नयाँ आधार बनाउँदै जानुपर्छ । यसका आधारमा चिनमा कायापलट गर्न सकिन्छ । हामीले निम्न आधारमा अगाडि बढ्नपर्दछ ।

    पार्टीले चिनियाँ राष्ट्रवादलाई महान् बनाउन समर्पित हुनुपर्नेछ । यसका लागि र हामी मानवका लागि शान्ति आवश्यक ठान्दछौ । हामीले हाम्रा आदर्शलाई विर्सनु हुन्न र साथ साथै आधुनिक, विवेकी र कडा मेहनेती बन्नैपर्छ । हामीले हामीमा उत्साह र लडाकुपना कायम राख्नैपर्छ ।

    विगत ५ वर्षमा कोभिड १९ का बावजुद पनि हामी माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा, देङ सिद्धान्त र सी विचारधारालाइ गोलबद्ध गर्दै आर्थिक, राजनैतिक रूपले नै सफलतापूर्वक अगाडि बढ्यौ र आज यो अधिवेशनको अवस्थामा आइपुग्यौँ ।

    हामीले हाम्रो पार्टीको इतिहास प्रति गर्वगर्दै चिनलाई आधुनिक युगमा प्रवेश गराएका छौँ र यसका लागि हामीले अझै दिलोज्यानले मेहनत गर्न जरुरी छ । चिनियाँ विशेषता सहितको आधुनिक समाजवादमा अगाढि बढ्न हामीले यी निम्न कार्यनीति लाई अगाडि बढाउन जरुरी छ :

    विशाल जनसमुदायको आधुनिकिकरण गर्नु, सबैको लागि साझा समृद्धि, सांस्कृतिक, मौलिक नैतिक सम्पन्नता, प्रकृति र मानव बीच सुमधुर सम्बन्ध र शान्तिपूर्ण विकास गर्न जरुरी छ ।

    चीनको आधुनिकरणका अति आवश्यक तत्वहरू निम्न बमोजिम छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वलाई उच्चस्तरमा पु¥याउन र चिनियाँ विशेषता सहितको आधुनिक समाजवाद मैत्री बन्नु ।

    उच्च गुणस्तरीय– विकास निर्माण गर्नु,

    जनवादी– लोकतान्त्रिक प्रकृयालाई विकसित तुल्याइनु ।

    जनताको सांस्कृतिक जीवनलाई समृद्धशाली बनाउनु ।

    सबैको साझा समृद्धि प्राप्त गर्नु ।

    मानवता र प्रकृति बीच सुमधुर सम्बन्ध कायम गर्नु ।

    मानव समुदायको साझा भविष्यको निर्माण गर्नु ।

    नयाँ प्रकृतिको मानबीय समृद्धि हासिल गर्नु ।

    यसका लागि यो महाधिवेशन दुइटा मुख्य रणनीतिमा जोडदिन्छ । जसले महान आधुनिक समाजवादी चीन बनाउन मद्दत पुर्याओस् ।

    पहिलो २०२० देखी २०३५ सम्म आधारभूत आवश्यकताको परिपूर्ति गर्ने । दोस्रो महान आधुनिक समाजवादी चीन निर्माणका लागि समृद्ध, बलियो, जनतान्त्रिक, सांस्कृतिक वैभवशाली र सुन्दर चीन सन् २०३५ देखिपछि यो शताब्दीको मध्यसम्म बनाउने, अबका ५ वर्ष समाजवादी चीन निर्माणमा हाम्रा सम्पूर्ण प्रयास यसमै केन्द्रित गरिनेछन् । यो अवधिका लागि हाम्रा लक्ष्य र उद्देश्य देहाय बमोजिम हुनेछन् ।

    उच्चस्तरको आर्थिक विकासको प्रवद्र्धन : महान आर्थिक आत्मनिर्भरताका लागि बलियो विज्ञान प्रविधिको विकास गरिनेछ, यसका लागि नयाँ शैलीको आधुनिक अर्थतन्त्र निर्माणमा जोड दिइनेछ ।

    नयाँ प्रणालीको सुधार र खुलापनः  शासन प्रणालीको आधुनिकिकरण र अग्रगामी सुधार, समाजवादी नीतिमा सुधार, खुला अर्थतन्त्र लगायत को उच्चस्तरमा विकास गरिनेछ ।

    संस्थागत सुदृढीकरण, स्तरीकरण, जनवादी लोकतन्त्रको पुरै कार्यविधि र प्रकृयाको उच्चस्तरमा सुधार, समाजवादी कानुनी प्रणाली अनुसारको सुधार जुन चीनियाँ विशेषतामा आधारित हुनेछ ।

    जनताको बौद्धिक र सांस्कृतिक जीवनपद्धतिमा सुधार गरिनेछ , चिनियाँ राष्ट्रवाद र संस्कृतिको विस्तार गरिनेछ ।

    प्रतिव्यक्ति आम्दानीमा बृद्धि गरिनेछ । आर्थिक बृद्धि र बिकासका साथसाथै आर्थिक मिलनसार संस्कृतिको विकास गरिनेछ । यसले उत्पादकत्वमा बृद्धि हुनेछ, आधारभूत सेवामा सबैको सहज पहुँच स्थापित हुनेछ, सामाजिक सुरक्षा प्रणाली मजवुत बनाइनेछ ।

    शहरी र ग्रामिण बस्तिलाई दिगो बनइनेछ । सुन्दर चिन निर्माणमा विशेष जोड दिइनेछ ।

    राष्ट्रिय सुरक्षाव्यवस्था लाई सुदृढ बनाइनेछ, २०२७ सम्म जनसेनाको शताब्दियौँ लक्ष्य पुरा गरिनेछ, विश्वस्तरीय सेना बनाउन सेनाको क्षमता विकास गरिनेछ । जसले शान्तिपूर्ण चीन निर्माण गर्न र सुरक्षित चीन बन्न ठोस योगदान पुग्नेछ ।

    आगामी दिनमा चिनलाई अन्तराष्ट्रिय स्तरमा प्रभाव कायम राख्न सक्ने बनाइनेछ । जसले गर्दा विश्व शासनमा चीनले महत्वपूर्ण भूमिका निभाउन सकोस् ।

    हाम्रो भविष्य सुन्दर छ, तर यसको लागि हामीले लामो यात्रापार गर्नुपर्नेछ । हामीले हाम्रो अगाडिको यात्रा समृद्ध बनाउन निम्न कुरामा ध्यान पु¥याउनु पर्नेछ :

    पार्टी र पार्टीको समग्र नेतृत्वको सृद्धृढीकरण गरिने। पार्टी नेतृत्वको वरि परि सबै संरचना र जनतालाई गोलबद्व गर्ने ।

    चिनियाँ विशेषता सहितको आधुनिक समाजवादलाई अगाल्नु ।

    जनकेन्द्रीत विकास दर्शनको पालनागर्नु, बाँकि रहेको विकासलाई गहनताका साथ पुरा गर्नु ।

    हाम्रो लडाकुपनलाई बोकेर लैजानु र पार्टीको कटिबद्दतालाई विश्वसनीय बनाउँदै लक्ष्यमा दृढ रहनु, अल्छिपना त्याग्दै, क्षण क्षणमा हुने परिवर्तनलाई छिचोल्दै र कठिनाईसँग सामना गर्दै अगाडि बढ्नु छ । यसमै नयाँ सफता खोज्नु र चिनियाँ विशेषता सहितको आधुनिक समाजवादी चिन निर्माणको दिशामा अगाडि बढ्नु ।

    पार्टीले देश निर्माणको लागि लिएको नयाँ दर्शन योजना बद्ध र रणनैतिक छ । यसको लागी नयाँ विकासको दर्शनको आधारमा सबै क्षेत्रलाई गतिशिल बनाउन जरुरी छ, र यसको लागि हामीले

    बजार प्रणाली समृद्ध बनाउनु छ ।

    आधुनिक चीन हाँक्ने शिक्षा प्रणाली र विज्ञानमा विकास गर्न जरुरी छ ।

    देशको समग्र जनवादी लोकतन्त्रमा विकास गर्न र सुधार गर्न जरुरी छ । यसका लागि पार्टी, जनता र पार्टी नेतृत्व बीचको घनिष्ट एकताको खाँचो छ ।

    हामीले कानुनी शासनलाई सुदृढ गर्न जरुरी छ । जसले समाजिक न्याय र न्यायिक स्वच्छता कायम गर्न सकोस् ।

    हामीले सांस्कृतिक विश्वसनीयता बलियो बनाउन जरुरी छ । जसले समाजवादी संस्कृतिको निर्माण होस् ।

    जनताको गुणस्तरीय जीवन निर्माणमा ध्यानदिन जरुरी छ । जबकि स्वस्थ शरीरले कठिन काम गर्न सकुन र देशको ठोस प्रगति होस ।

    हामीले हरित विकासमा ध्यान दिन जरुरी छ यसले मानव र प्रकृति बीच दिगोपना कायम रहोस् र सुमधुर सम्बन्ध बनोस् ।

    हामी राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिन्छौँ र राष्ट्रिय सुरक्षामा कायापलट गर्न चाहन्छौं । देशको सुरक्षा, राष्ट्रियताको रक्षा, सामाजिक, आर्थिक, र राष्ट्रिय सुरक्षाका लागि यो अनिवार्य छ ।

    हामी २०२७ भित्र हाम्रो जनमुक्ति सेनाको सुदृढीकरण गर्न चाहान्छौँ र विश्वस्तरीय बलियो सेना निर्माण गर्न चाहान्छौ । यो हाम्रो शताब्दीको लक्ष्य पनि हो । पार्टी, जनता र राजनितिक नेतृत्व प्रतिसेनाको प्रतिबद्धता रहनेछ ।

    हामी ‘एक देश र दुई व्यवस्थाको’ महान् समाजवादी विचार प्रति दृढ छौँ । हाम्रो मातृभूमिमा पुनर्मिलन भएका हङकङ र मकाउको राजनैतिक स्वतन्त्रता कायमराख्दै त्यहाँ प्रयासनिक सुधार गर्न चाहन्छौ ।

    ताइवान मामिलामा सन् १९९२ को सहमति कार्यान्वयन गर्न चाहान्छौन्, हामी स्वतन्त्र ताइवानको विरोध गर्दछौँ । हामी पुनर्मिलनमा जोड दिन चाहान्छौँ ।

    हामी स्वतन्त्र परराष्ट्रनीति अवलम्बन गर्दै विश्व शान्ति र साझा विकास चाहान्छौँ, र हामी मानवको साझा भविष्य प्रति प्रतिवद्ध छौँ । हामी पञ्चशिलको सिद्दान्तमा प्रतिबद्ध छौँ । चिन विश्वशासन व्यवस्था न्यायपूर्ण र स्वच्छ होस भन्ने चाहन्छ र हामी यसमा सुधार चाहान्छौँ । हामी सबै राष्ट्रहरूलाई मानवीय मूल्य, शान्ति, विकास, न्यायिक स्वच्छता, लोकतन्त्रका लागि साझा लडाई लड्न आग्रह गर्दछौं ।

    हामी विश्वकै मार्क्सवादी सत्ताधारी पार्टीहरूमा ठुलो हुनुका चुनौती र हाम्रा जिम्मेवारीका बारेमा सजग छौँ र हरेक चुनौतीसित सामना गर्ने छौ र यसका लागि जनताको साथ सहयोगको अपेक्षा गर्दछौँ ।

    हामी जनताको व्यापक समर्थनबाट पार्टी र पार्टी नेतृत्वको वरिपरि जनता लाई गोलबद्ध गर्दै चिनियाँ विशेषता सहितको आधुनिक समाजवादी चिन निर्माण गर्न कटिबद्ध छौँ । यसमा समग्र पङ्तिको समर्थनको खाँचो छ र समर्थन चाहान्छौँ । हामी एकता बद्ध भई आधुनिक समाजवादी चिन निर्माणमा दृढ छौँ ।

    (चिनियाँ कम्युनिष्ट पार्टीको वेबसाइटबाट ।)

    मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • २.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ३.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ४.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ६.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ७.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ८.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.