काठामाडौं । कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ डिशहोम बाह्रखरी कथा प्रतियोगितामा प्रथम भएको छ । प्रथम विजेताले प्रमाणपत्र र ट्रफिसहित नगद एकलाख रुपैयाँ प्राप्त गरेका छन् ।
Advertisement
उनलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमा, डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानलगायतले ट्रफि, चेक, प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै रमेशजङ्ग थापाको कथा ‘डढेको आकाश’ दोस्रो भएको छ । थापाले ट्रफिसहित ६० हजार नगद प्राप्त गरे ।
त्यस्तै कथाकार रुमु न्यौपानेको कथा ‘घूँघट’ तेस्रो भएको छ । न्यौपानेले ट्रफिसहित ४० हजार नगद प्राप्त गरेकी छन् ।

