• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नाइजेरियामा विनाशकारी बाढीका कारण १५ लाखभन्दा बढी बालबालिका जोखिममा


  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
  • अबुजा । नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ ।

    Advertisement

    प्रभावितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।

    बाढीका कारण देशका ३६ राज्यमध्ये ३४ राज्य प्रभावित भएका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् ।

    बाढीका कारण छ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने दुई लाखभन्दा बढी घरहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

    युनिसेफका अनुसार झाडापखाला र पानीजन्य रोग, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र छालासम्बन्धी रोगका घटना बढ्दै गएका छन् ।

    उत्तरपूर्वी राज्यहरू बोर्नो, अदामावा र योबेमा मात्र अक्टोबर १२ सम्ममा हैजाका सात हजार ४८५ विरामीहरू भेटिएका र ३१९ जनाको मृत्यु भएको थियो ।

    केही हप्तासम्म वर्षा जारी रहने भएकाले मानवीय आवश्यकता पनि बढ्ने अनुमान गरिएको छ । नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि क्रिस्टियन मुन्डुएटले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रका बालबालिका र किशोरकिशोरीहरू अत्यन्तै जोखिममा छन् ।”

    “उनीहरू विशेष गरी पानीबाट हुने रोग र भावनात्मक र मनोवैज्ञानिक सङ्कटको जोखिममा छन् । युनिसेफले सरकार र अन्य साझेदारहरूसँग मिलेर अति आवश्यक परेकाहरूलाई जीवन रक्षक सहायता प्रदान गर्न काम गरिरहेको छ ।

    बाढीले देशमा पहिलेदेखि नै अनिश्चित मानवीय स्थितिमा जटिलताको अर्को तह थपिरहेको छ ।

    बालबालिकाका लागि तत्काल प्राथमिकताका आवश्यकताहरूमा आश्रय र भोजनसहित स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छता समावेश छन् ।

    बढ्दो आवश्यकतालाई सम्बोधन गर्न र जारी मानवीय हस्तक्षेपलाई निरन्तरता दिन, अपाङ्गता भएका बालबालिकालगायत अति जोखिममा रहेका व्यक्तिहरूलाई ध्यान केन्द्रित गर्न थप कोष र स्रोतहरूको आवश्यकता पर्दछ ।

    ‘युनिसेफको चिल्ड्रेन क्लाइमेट रिस्क इन्डेक्स (सीसीआरआई)’ का अनुसार नाइजेरिया जलवायु परिवर्तनको प्रभावको ‘अति उच्च जोखिममा’ रहेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय निकायले ‘अति उच्च जोखिम’ भएका मुलुकका बालबालिकाले पानी, सरसफाइ, स्वास्थ्य सेवा र शिक्षाजस्ता अपर्याप्त आवश्यक सेवाका कारण जलवायु र वातावरणीय समस्याका साथै उच्च स्तरको अन्तर्निहित बाल जोखिमको घातक संयोजनको सामना गर्नुपरेको जनाएको छ ।

    आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.