• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विशेष महाधिवेशन वा फुटपरस्त गतिविधि ?


  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    १. हाम्रो पार्टीका पुटपरस्त वा पार्टीबाट निष्काशित तत्वहरूले विशेष महाधिवेशन गरेका समाचारहरू सामाजिक सञ्जालमा आएका छन् र त्यो वास्तवमा विशेष महाधिवशेन नै हैन र एउटा फुटपरस्त र अवैध गतिविधि मात्र हो । पार्टीको विधानमा विशेष महाधिवेशनको अवश्य पनि व्यवस्था गरिएको छ । त्यसका लागि एउटा प्रक्रिया पनि निर्धारित गरिएको छ । जो तल लेखिए अनुसार छ ।

    २ पार्टीको विधानको अध्याय : ४ धारा १० मा लेखिएको छ : “पार्टीको महाधिवेशन प्रत्येक ५ वर्षमा १ पटक गरिने छ । तर विशेष परिस्थितिमा भने तोकिएको समयभन्दा १ वर्ष अघि वा पछि पनि गर्न सकिने छ । त्यो मितिमा पनि महाधिवेशन हुन नसक्ने अवस्था भएमा राष्ट्रिय सम्मेलन वा कमसेकम केन्द्रीय समितिको विस्तारित बैठक गरेर त्यसका लागि स्वीकृति लिने नीतिलाई अनिवार्य गरिने छ । विशेष अवस्था सम्झी पार्टीको सम्पूर्ण सदस्य संख्याको एक तिहाई सदस्यहरू वा बहुमत जिल्ला समितिहरूले केन्द्रीय समितिसित महाधिवेशन बोलाउन अनुरोध गरेको खण्डमा लिखित अनुरोध गरेको मितिले नै ९ महिनाभित्र महाधिवेशन गर्नुपर्ने छ । विशेष महाधिवेशनको आवश्यकता महशुस गरी कुनै जिल्ला समिति वा जिल्ला संगठन समितिले विशेष महाधिवेशनको माग गर्न सक्ने छ । यस्तो माग आएपछि केन्द्रले आफ्नो राय सहित जिल्लाको मागलाई पार्टीभित्र परिपत्र गरी राय माग गर्ने छ । परिपत्र गरेको ३ महिनाभित्र सबै जिल्लाहरूले केन्द्रमा आफ्नो राय पठाइसक्नुपर्ने छ । सबै जिल्लाहरूको राय आइसकेपछि बहुमत जिल्ला समितिहरू वा एक तिहाइ सदस्यहरूले महाधिवेशनको पक्षमा मत प्रकट गरेमा केन्द्रीय समितिले ९ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ । त्यस्तो महाधिवेशनको बारेमा फैसला भएको मितिले १ वर्षसम्म विशेष महाधिवेशनको माग गर्न मिल्ने छैन ।” तर फुटपरस्त तत्वहरूले विधानमा व्यवस्था गरिएको त्यस प्रकारको कुनै प्रक्रियामा नगइकन विशेष महाधिवेशन गरेको कुरा बताएका छन् । त्यसकारण उनीहरूको त्यो सम्पूर्ण प्रक्रियाले पार्टीको विधानसित मेल नखाने भएकाले त्यो कथित विशेष महाधिवेशन अवैध, अनुशासनविहिन र फुटपरस्त गतिविधि मात्र भएको कुरा प्रष्ट छ ।

    ३. उनीहरूले भिन्न मत राखेका पार्टीका सदस्यहरूलाई आफ्नो मत प्रकट गर्ने अवसर नदिएको हुनाले वा भिन्न मत राखेकै कारणले पार्टीबाट कारबाही गर्ने समेत गरेको हुनाले उनीहरूले पार्टीबाट विद्रोह गरेको बताएका छन् । तर उनीहरूको त्यो दाबी निराधार र असत्य भएको कुरा प्रष्ट छ । पार्टीमा आठौँ महाधिवेशनको बेलामा भिन्न मतहरू देखा परेका थिए र तिनीहरूबारे पार्टीभित्र तलसम्म नै व्यापक रूपले दुई लाइनको सङ्घर्ष चलेको थियो र महाधिवेशनमा पनि १ हप्ता सम्म त्यसबारे छलफल चलेको थियो । अन्तमा महाधिवेशनमा प्रस्तुत गरिएका २ वटा दस्तावेजहरू मध्ये संस्थापन पक्षको दस्तावेजलाई बहुमतले पारित गरेको थियो ।

    ४. पार्टीको विधानमा गरिएको व्यवस्था अनुसार पार्टीभित्र भिन्न मतहरू राख्न पाइन्छ तर महाधिवेशनले बहुमतले निर्णय गरेपछि आफ्नो भिन्न मतलाई सुरक्षित राख्दै महाधिवेशनको बहुमतले गरेको निर्णयलाई मानेर जानुपर्दछ त्यही जनवादी केन्द्रीयता हो र लेनिनको छलफलमा स्वतन्त्रता र काममा एकताको अर्थ पनि त्यही हो । तर फुटपरस्त तत्वहरूले महाधिवेशनमा आफ्नो मतको पराजय भएपछि उनीहरूले महाधिवेशनको निर्णयलाई दक्षिणपन्थी बताएर त्यसको विरोध गर्दै तथा पार्टीभित्र पनि त्यसका विरूद्ध गर्ने काम गरे । त्यसरी वास्तविक कुरा यो कि हाम्रो पार्टीले भिन्न मतलाई दबाएको वा भिन्न मत राख्नेहरूलाई कारबाही गरेको भन्ने कुरा पूरै निराधार र असत्य हो । तर फुटपरस्त तत्वहरूले पार्टीको विधान र जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार महाधिवेशनको बहुमतको निर्णयलाई समेत नमानेको हुनाले नै उनीहरूमाथि हामीले कारबाही गर्नुपरेको हो ।

    ५. उनीहरूले पार्टीको सातौँ महाधिवेशनको निर्णय सहितको तर आठौँ महाधिवेशनले सातौँ महाधिवेशनले पारित गरेको निर्णयलाई बदलेको हुनाले त्यसले दक्षिणपन्थी दिशा समातेको बताएका छन् । तर उनीहरूको त्यो आलोचनामा कुनै औचित्यता छैन । प्रथम, कुनै पनि महाधिवेशनलाई पहिलेका महाधिवेशनका निर्णय वा नीतिहरूलाई, यहाँसम्म कि कार्यक्रम र विधानमा समेत परिवर्तन गर्ने अधिकार हुन्छ । द्वितीय, जहाँसम्म आठौँ महाधिवेशनको प्रश्न छ, त्यसले सातौँ महाधिवेशनले पारित गरेको कुनै महत्वपूर्ण नीति वा निर्णयमा परिवर्तन गरेको छैन । सातौँ महाधिवेशनले शान्तिपूर्ण संघर्षलाई नै आन्दोलनको प्रधान पक्ष बताएको थियो । आठौँ महाधिवेशनले पनि त्यही प्रकारको निर्णय गरेको छ ।

    चुनावलाई उपयोग गर्ने सातौँ महाधिवेशनको निर्णयलाई पनि आठौँ महाधिवेशनले यथावत राखेको छ । फुटपरस्त तत्वहरूले पनि शान्तिपूर्ण आन्दोलनलाई नै अहिलेको आन्दोलनको प्रधान पक्ष भनेर स्वीकार गरेका छन् । उनीहरूको चितवन भेलाले चुुनावको उपयोग गर्ने निर्णय गरेको थियो र त्यस अनुसार स्थानीय चुनावलाई उनीहरूले उपयोग पनि गरेका थिए । तर त्यो चुनावमा उनीहरूको ठूलो हार भएको हुनाले र अहिले पनि चुनावमा जित्ने कुनै सम्भावना नदेखेको हुनाले नै उनीहरूले चुनावको बहिष्कार गर्ने निर्णय गरेका छन् । त्यसैले उनीहरूले कुनै नीतिगत आधारमा होइन, उनीहरूको कुनै जनआधार नभएको हुनाले नै चुनावको बहिष्कार गर्ने निर्णय गरेका हुन् । उनीहरूको झुकाव सुरूदेखि नै, आठौँ महाधिवेशनको बेलामा उनीहरूले प्रकट गरेको भिन्न मतको बेलादेखि नै २ वटा कुराहरूप्रति रहने गरेको कुरा प्रष्ट छ । प्रथम, उनीहरूले प्रतिगमनको पक्ष लिने गरेका छन् । द्वितीय, भारतीय साम्राज्यवादप्रति उनीहरूको झुकाव रहने गरेको छ ।

    ६. आठौँ महाधिवेशनको बेलामा उनीहरूले ल्याएका मतभदेहरूमा पनि उनीहरूमा प्रतिगमन दिशाउन्मुख प्रवृत्ति देखा परेको थियो र पछि पनि उनीहरूमा त्यो प्रवृत्ति कायम रहेको छ । उनीहरूले देशमा कायम रहेको गणतन्त्रलाई प्रतिक्रियावादी भनेर विरोध गर्ने गरेका छन् । उनीहरूको त्यो दृष्टिकोणले गणतन्त्रमाथि हमला गर्ने वा प्रतिक्रियावादीहरूको नीतिसित मेल खान्छ । आज देशमा प्रतिगमनको खतरा अत्यन्तै गम्भीर बनेर गएको छ । तर उनीहरूले देशमा प्रतिगमनको खतरा भएको कुरालाई अस्वीकार गर्दछन् । त्यही कारणले राजावादी वा प्रतिक्रियावादी शक्तिहरूसित उनीहरूको निकटता बढ्दै गइरहेको छ । त्यही कारणले नै उनीहरू ओलीको पनि बढी नजिक हुँदै गइरहेका छन् । उनीहरूले सामन्तवादसितको अन्तरविरोध गौण भएको बताउँछन् र राजावादीहरूबाट पनि कुनै खतरा नभएको कुरा बताउँछन् । त्यसरी समग्र रूपमा उनीहरूको राजनीतिक दृष्टिकोणले प्रतिगमनउन्मुख दिशा लिएको कुरामा कुनै शङ्का रहन्न ।

    ७. उनीहरू भारतीय विस्तारवादले साम्राज्यवादको चरित्र लिएको कुरालाई पनि मान्न अस्वीकार गर्दछन् । भारतको आर्थिक चरित्रमा जुन प्रकारको विकास हुँदै गएको छ र दक्षिण पूर्वी एसियामा, खास गरेर नेपालप्रति त्यसले जुन प्रकारका नीतिहरू अपनाउँदै गइरहेको छ, त्यसबाट भारतले साम्राज्यवादी चरित्र लिएको कुरामा कुनै शङ्का रहन्न । त्यो अवस्थामा त्यसका विरूद्धको सङ्घर्षमा हामीले पहिले भन्दा बढी जोड दिनुपर्ने आवश्यकता छ । तर फुटपरस्त तत्वहरूले भारतले साम्राज्यवादी चरित्र ग्रहण गरेको कुरालाई अस्वीकार गर्दछन् र त्यसरी उनीहरू भारतीय साम्राज्यवादप्रति सम्झौतापरस्त दृष्टिकोण अपनाउन पुग्दछन् । उनीहरूको त्यस प्रकारको सम्झौतापरस्त दृष्टिकोणले भारतीय साम्राज्यवाद विरुद्धको नेपालको राष्ट्रिय आन्दोलनलाई कमजोर पार्ने कुरा प्रष्ट छ ।

    ८. भारतमा कट्टर हिन्दुवादी शक्तिहरूको सरकार छ । त्यसले धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउन तथा हिन्दुराष्ट्रको रक्षाका लागि हिन्दु राजाको पुनस्र्थापना गर्न चाहन्छ । त्यसैले नेपालका राजावादीहरू र ओलीको नेतृत्वको एमालेको समेत भारतीय साम्राज्यवादसित साँठगाँठ बढ्दै गइरहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा फुटपरस्तहरूको भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त दृष्टिकोणबाट नेपालको प्रजातान्त्रिक र राष्ट्रिय आन्दोलनमा पनि नकारात्मक असर पर्ने कुरा प्रष्ट छ । उनीहरूको कथित विशेष महाधिवेशनले पनि उनीहरूको प्रतिगमन दिशा उन्मुख तथा भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त दृष्टिकोणमा कुनै परिवर्तन ल्याएको देखिँदैन । त्यसकारण उनीहरूको राजनीतिक लाइन प्रतिगमन दिशा उन्मुख र भारतीय साम्राज्यवादपरस्त नै रहिरहने छ भनेर शङ्का गर्नको लागि ठाँउ छ ।

    ९. पहिले पनि हाम्रो पार्टीबाट फुटेर गएका तत्वहरूले केही बेरको लागि आफ्नो नामका साथमा “मसाल” नै राख्ने गरेका थिए । तर पछि उनीहरूले अन्य पक्षहरूसित एकीकरण वा विलय गर्ने गरेका थिए । त्यस प्रकारका उदाहरणहरू थुप्रै छन् । अझ स्पष्ट शब्दमा भन्ने हो भने अहिलेसम्म हाम्रो पार्टीबाट फुटेर गएका सबै पक्षहरूले विना अपवाद त्यही प्रकारको नीति अपनाउँदै गइरहेका छन् । त्यही प्रकारले अहिले उनीहरूले कथित विशेष महाधिवेशन गरेर आफ्नो सङ्गठनको “मशाल” नामाकरण गर्ने जुन कार्य गरेका छन्, त्यो पनि अस्थायी विराम नै हो । त्यसरी उनीहरूले पहिलेका अन्य सबै पक्षहरूले जस्तै हाम्रो पार्टीप्रति केही भ्रम पैदा गर्ने प्रयत्न गरेपनि त्यसमा पूरै स्थायित्व नहुने कुुरा प्रष्ट छ ।

    १०. उनीहरूको महाधिवेशनले २ वटा महत्वपूर्ण निर्णयहरू गरेको कुरा उनीहरूले जारी गरेको विज्ञप्तिबाट थाहा हुन्छ । प्रथम, उनीहरूले जातीय समता समाजलाई विघटन गर्ने निर्णय गरेका छन् । द्वितीय, उनीहरूले का. मोहनविक्रम सिंह र का. चित्रबहादुर के.सी.लाई पार्टीबाट निष्कासित गर्ने निर्णय गरेका छन् । पहिलो निर्णयले उनीहरूको दलित आन्दोलनप्रतिको गलत र विकृत मानसिकतालाई नै बताउँछ । देशमा दलितहरूमाथिका अन्याय र हिंसात्मक कार्यहरू बढिरहेको बेलामा दलित आन्दोलनप्रतिको उनीहरूको त्यस प्रकारको हमलाको नीतिलाई कुनै पनि अवस्थामा सही भन्न सकिदैन । उनीहरूको का. मोहनविक्रम सिंह र चित्रबहादुर के.सी.लाई पार्टीबाट निष्कासित गर्ने निर्णय एउटा हास्यास्पद निर्णय नै हो । त्यसले उनीहरूको दिवालियापनलाई नै प्रकट गर्दछ ।
    २०७९ कार्तिक ०५ गते ।

     

     

    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.