• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

देवकोटा सङ्ग्रहालय परिसरमा वाङ्मयमूर्ति राखिँदै


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय परिसरमा देवकोटा वाङ्मयमूर्ति स्थापना गर्ने भएको छ ।

    Advertisement

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय चौधौँ जन्मजयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्रममा निमित्त कुलपति डा. जगमान गुरुङले देवकोटाका अध्यात्म एवम् भारत र चीनबिचको मैत्री सम्बन्ध झल्कने वाङ्मय मूर्ति स्थापना गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

    मुनामदनलाई चिनियाँ एवम् तिब्बती भाषामा उल्था गर्ने र भारतका साहित्यकार सङ्ग्रहालय परिसरमा ल्याएर अन्तररक्रिया गरिने उहाँको भनाइ थियो ।

    कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सङ्ग्रहालयमा देवकोटाका बारेमा विभिन्न विश्वविद्यालयबाट भएका शोधप्रबन्ध ल्याएर राख्नुपर्ने बताउनुभयो । सङ्ग्रहालयलाई समृद्धशाली बनाउन सबैको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो । पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले धोबीधारास्थित देवकोटा जन्मिएको घरलाई पनि सङ्ग्रहालय बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । पुरातत्त्व विभागको समन्वयमा देवकोटा सङ्ग्रहालय पहिलेकै घरको स्वरूपमा बनाइएको उहाँले जानकारी दिनुभयो ।

    प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले देवकोटालाई सूर्यविक्रम ज्ञवालीले पहिलोपटक महाकवि उपाधि दिनुभएको सुनाउनुभयो । प्राज्ञ प्राडा उषा ठाकुरले देवकोटाको भारतीय साहित्यकारसँगको सम्बन्धका बारेमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा निमित्त सदस्य सचिव प्राडा हेमनाथ पौडेल, प्राज्ञ प्राडा देवी नेपाल, महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, देवकोटाकी छोरी अम्बिकादेवी रिमाल, साहित्यकार रामेश्वर राउत मातृदास र गोविन्द गिरी प्रेरणालगायतले देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा जानकारी गराउनुभएको थियो ।

    सो अवसरमा कवयित्री मञ्जिला, कवयित्री देवु लुइँटेल, कवि बलराम दाहाललगायतले देवकोटाका कविता वाचनसमेत गर्नुभएको थियो ।
    १९६६ कात्तिक कृष्णऔँसी अर्थात् लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटाको जन्मजयन्ती साताव्यापी रूपमा मनाउने क्रममा २०७९ कात्तिक ४ गते कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.