• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

देवकोटाको एक सय चौधौँ जन्मजयन्तीमा स्रष्टा सम्मान


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय चौधौँ जन्मजयन्तीको सेरोफेरोमा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    शान्ति अहिंसा, लोकतन्त्र र मानव अधिकारका लागि क्रियाशील स्वयम्सेवी संस्था मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरू २०७९ कात्तिक ४ गते काठमाडौँ र दाङबाट एकैसाथ प्रदान गरिएको हो ।

    कार्यक्रममा कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मानगोपाल अश्क (गोपालप्रसाद सर्राफ) (पर्सा), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ (काठमाडौँ), पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान त्रिभुवनचन्द्र वाग्ले (तनहुँ), राधादेवी दाहाल स्रष्टा सौगात उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात शशिकला मानन्धर (काठमाडौँ), भूमिप्रसाद बराल स्रष्टा सौगात गणेशकुमार राई (ओखलढुङ्गा), जनककुमारी रेग्मी स्रष्टा सौगात गङ्गा कर्माचार्य पौडेल (स्याङजा) र श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापामगर (तनहुँ) लार्ई प्रदान गरिएको थियो ।

    त्यसैगरी, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान÷पुरस्कार प्राडा नारायणप्रसाद खनाल (बागलुङ) हाल नेपालबाहिर रहनुभएकाले उहाँका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज सिवाकोटी, शान्ति समाजका सभापति गोविन्द खनाल, संस्थापक महासचिव सुवास ढकाल, स्रष्टाहरू अशेष मल्ल, श्रवण मुकारुङ, अर्जुन पराजुली, प्रमोद प्रधान, नन्दकृष्ण जोशी, विना थिङ तामाङले पुरस्कृत स्रष्टालाई सम्मानपत्रसहित पुरस्कार नगद प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति सम्बन्धमा विद्यावारिधि गर्नुभएका शान्ति समाजका पूर्वसभापति डा गङ्गाधर अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यक योगदान सम्बन्धमा प्रकाश पार्नुभएको थियो भने स्रष्टा रत्ननिधि रेग्मी र मेनका पोख्रेलले महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्दै कविता वाचन गर्नुभएको थियो । कवि अर्जुन पराजुलीले समसामयिक विषयमा केन्द्रित रही कविता प्रस्तुत गर्नुभएको थियो ।

    शान्ति समाजद्वारा स्रष्टाहरुलाई पुरस्कृत/सम्मानित गर्दा कम्तीमा आधा महिला स्रष्टा हुनुपर्ने (सात जना), प्रत्येक प्रदेशबाट एक जना हुनुपर्ने (सात प्रदेशबाट सात जना) अनिवार्य प्रावधान रहेको छ भने विभिन्न भाषामा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने नीति रहेको छ ।
    यस क्रममा यस वर्ष नेपाली भाषाका साथै संस्कृत, मैथिली, भोजपुरी, थारू, नेवारी, वाम्वुले राई र मगर भाषाको प्रवद्र्धनमा उल्लेखनीय योगदान गर्ने स्रष्टालाई सम्मान गरिएको छ । प्रत्येक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा पुरस्कार अर्पण कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ ।

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.