• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो


  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • विक्रम गिरी, बागलुङ ।
    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक सात स्वर्ण पदक जितेको छ ।

    Advertisement

    आर्मीले पाँच रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेशले पाँच स्वर्ण र एक रजत पदक प्राप्त गरेको छ ।

    यसैगरी गण्डकी प्रदेशले चार स्वर्ण र सात रजत, एपिएफ क्लबले दुई स्वर्ण, एक रजत र तीन कास्य, प्रदेश नं १ ले एक स्वर्ण, एक रजत र एक कास्य, लुम्बिनीले तीन रजत र पाँच कास्य, कर्णालीले एक रजत र एक कास्य तथा नेपाल पुलिस क्लबले दुई कास्य पदक प्राप्त गरेको छ ।

    केहीबेर अघि सम्पन्न महिला एकल स्पाइरिङतर्फको । (५१–५५) किलो तौल समूहतर्फ प्रदेश नं १ की कुशुम राजवंशीले स्वर्ण, गण्डकी प्रदेशकी सुशिला अढाईले रजत तथा आर्मी क्लबकी रिना धिमाल र पुलिस क्लबकी सञ्जनाकुमारी घर्तीमगरले कास्य पदक प्राप्त गरेका छन् ।

    यस्तै महिला एकल स्पाइरिङतर्फ नै (४०–४५) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, बागमतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपिएफ क्लबकी लिलाकुमारी सापकोटाले कास्य पदक प्राप्त गरेका छन् ।

    यसैगरी आजै सम्पन्न पुरुष एकल स्पाइरिङतर्फ (६१–६५) किलो तौल समूहतर्फ एपिएफ क्लबका गोविन्द खत्रीले स्वर्ण, आर्मी क्लबका प्रमोदकुमार साहुले रजत तथा लुम्बिनीका राहुल थापा र प्रदेश नं १ का नितेश खवासले कास्य पदक प्राप्त गरेका छन् ।

    यसअघि पुरुष एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण, कर्णालीका मिलन धामीले रजत तथा आर्मीका पूर्णबहादुर मगर र लुम्बिनीका सन्तोष बुढामगरले कास्य प्राप्त गरेका थिए । यस्तै पुरुष एकल स्पाइरिङतर्फ (५१–५५) किलो तौल समूहमा बागमतीका रिक्सान वाइवाले स्वर्ण, आर्मीका प्रेमकुमार मगरले रजत तथा लुम्बिनीका अर्जुन नेपाली र एपिएफ क्लबका सुनिल महतोले कास्य प्राप्त गरेका थिए ।

    यसैगरी पुरुष एकल स्पाइरिङतर्फ (५६–६०) किलो तौल समूहमा बागमतीका अनिल तामाङले स्वर्ण, गण्डकीका प्रविण बुढाले रजत तथा एफिएफ क्लबका सुमन रानामगर र लुम्बिनीका हेमराज डाँगीले कास्य पदक पाएका थिए । महिला एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण, प्रदेश नं १ की इन्दिरा थापाले रजत तथा लुम्बिनी प्रदेशकी पूजा रसाइली र कर्णाली प्रदेशकी कमला विकले कास्य पदक प्राप्त गरेका छन् ।

    नेपाल आईटीएफ तेक्वान्दोका महासचिव अञ्जु रावतका अनुसार शनिबारदेखि बागलुङमा सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडीबीच ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धामा भइरहेको छ । नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीका विभिन्न जिल्लामा दुई प्रदर्शनीसहित ३८ खेल भइरहेका छन् । रासस

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.