• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालमा हुने चुनाव प्रचारका लागि भारतको हिसार र चंडिगढमा भेला


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • खिमराज चालीसे, चंडिगढ ।
    आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तयारीका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न स्थानमा चुनावी भेलाको आयोजना गरेको छ ।

    Advertisement

    नेपालमा राष्ट्रिय जनमोर्चालाई जिताउन मूल प्रवाहले चुनावी प्रचार अभियान सञ्चालन गरेको हो । राजमोले मूल प्रवाहबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ३ जना उम्मेदवार गरी सात जनाको नाम समेटेएको छ ।

    प्रतिनिधि सभामा केन्द्रीय उपाध्यक्ष चोपलाल खनाल (कपिल), केन्द्रीय सदस्य रमकला पुन घर्तिमगर, मध्य दक्षिण क्षेत्रीय महिला विभागकी संयोजक माया थापा र चण्डीगढ महिला नगर विभागकी सदस्य मञ्जु सुनारको नाम समावेश छ ।

    यस्तै, गण्डकी प्रदेशमा महासचिव कुल बहादुर थापा, लुम्बिनी प्रदेशमा निवर्तमान अध्यक्ष एवं हालका सल्लाहकार दुर्गा बहादुर केसी तथा सुदूरपश्चिम प्रदेशमा वापी महिला नगर विभागकी सदस्य तारा चलाउने रावतको नाम समानुपातिकको बन्दसुचीमा उल्लेख छ ।

    मूल प्रवाहले ‘गणतन्त्र, धर्मनिरपेक्षेता तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीको लागि राष्ट्रिय जनमोर्चाको गिलास चिन्हमा मतदान गरौँ’ भन्ने नाराका साथ भारतमा चुनावी अभियान सञ्चालन गरेको हो ।

    यस्तै, मूल प्रवाहले यस पटक प्रवासमा तिहारमा खेलिने प्रगतिशील देउसी भैलोलाई पनि चुनावी प्रचार तथा जनतान्त्रिक आन्दोलन सहयोगार्थ परिचालन गर्ने तयारी गरेको छ । सोको तयारीका लागि मूल प्रवाहले नगर तथा क्षेत्रीय भेलाहरु गरेको छ ।

    हिसार
    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको हिसारमा भएको भेलाको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले ब्यानर खोलेर गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि मूल प्रवाहका सचिवालय सदस्य धनवीर पुनले दुईवटै कार्यक्रमहरुको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रममा भैलो खेल्ने र स्वदेशको चुनावमा बढिभन्दा बढि नेता, कार्यकर्ता, समर्थक शुभचिन्तक समेतलाई भित्राउने प्रतिवद्धता गरिएको थियो । कार्यक्रममा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रबाट तारा सोमरे, समता विभागका नारायण विक, महिला क्षेत्रीय विभागकी चन्द्रा सोमरेलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    नगर अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा तथा श्याम बहादुर विकको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सीता पोख्रेल र रक्तिमका कलाकारहरुले स्वागत गर्नु भएको थियो ।

     चंडिगढ
    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको चंडिगढमा पनि चुनावी सभा तथा भैलो तयारी भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले प्रमुख गर्नु भएको थियो ।

    सभामा मन्तव्य दिने वक्ताहरुमा विशिष्ट अतिथि समानुपातिक सांसद उमेदवार मन्जु सुनार, मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौड्याल, मूल प्रवाह केन्द्रीय सदस्य तथा नेपाली समाचार संयोजक खिमराज चालीसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, रक्तिम केन्द्रीय विभागका बिनु नेपाली, जनजाती विभागका थमन थापा, विद्यार्थी संगठनका क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, समता विभागका दुर्गा विक लगायत हुनुहुन्थ्यो ।

    कार्यक्रम नगर सचिव तेज बहादुर रोकाको सञ्चालन, नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षता तथा किसन खनालको स्वागतमा सम्पन्न भएको थियो ।

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.