दाङ । राष्ट्रिय जनमोर्चा दाङदेउखुरीको आयोजनामा ‘सीमा अतिक्रमण र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राजमोका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले अबधारणा पत्र पेस गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा, केन्द्रीय सदस्य कमला जिसी, नेपाली कांग्रेस जिल्ला उपसभापति कमान सिंह भारती, नेकपाका विवेक श्रेष्ठ, नेकपा (क्रान्तिकारी माओवादी) का समीर केसीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यस्तै, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नागरिक समाजका जिल्ला अध्यक्ष चन्द्रराज पन्त, समुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, अखिल नेपाल कानुन ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य लगायतले मन्तव्य राख्नु भएको राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।
कोषाध्यक्ष स्यामलाल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियो ।