टेकराज भुसाल (टेकु), बुटवल ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै बाबुराम आचार्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको छ ।
Advertisement
राजमो रुपन्देहीका सचिव टान बहादुर केसीले एक वक्तव्य प्रकाशित गरी आचार्यलाई बारम्बार आलोचना र सुझाव दिँदा पनि पार्टी निर्णय, निर्देशन र अनुशासनको उल्लंघन गरी पार्टी विरोधि गतिविधिमा सक्रिय रहेकाले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी अनिश्चितकालका लागि निश्काशन गरिएको बताउनुभएको छ ।
आचार्यसँग सांगठनिक सम्पर्क नगर्न र नगराउन समेत पार्टीका सबै सदस्य नेता कार्यकर्तालाई राजमोले आग्रह गरेको छ ।