• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

युक्रेनमाथि रुसी अतिक्रमणको सन्दर्भ र नेपालमाथि भारतीय खतरा


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • ज्ञामुराम न्यौपाने

    Advertisement

    केही दिन अघि रूसद्वारा प्रायोजित जनमत संग्रहको ‘भावना अनुरुप’ उक्रेनी भू–भागहरु लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेरसन रूसमा गाभेको घोषणा गरिएको थियो। यस विश्व घटनाको रुसी सन्दर्भले नेपालीहरुलाई फेरि एकपटक झस्काई दिएको छ । यो रुसी संस्करण कतै नेपालमा पनि दोहोरिने त होइन ? शंका गर्ने प्रशस्त ठाउँहरु छन् ।

    नेपालको राष्ट्रियता पूर्णरुपमा सुरक्षित छैन । नेपाल अझैपनि भारतको अर्धऔपनिवेशिक अवस्था विद्यमान छ । नेपाल सधैँ भारतको खतरामुनि रहिरहेको छ । नेपालका मूलधारका पार्टीहरुले यो विषयलाई जनता सामु स्पष्ट गर्न चाहेका छैनन् ।

    विशाल नेपाललाई इस्टइन्डिया कम्पनीले जसरी खुम्चायो, उसैगरी उसको उत्तराधिकारी वर्तमान भारतीय शासक वर्गले हमेशा नेपाललाई सकेसम्म भारतीय संघमा गाभेर भारतको एक प्रान्त बनाउन चाहन्छ । जसरी जम्मू, कस्मिर र सिक्किमलाई भारतीय प्रान्त बनाइयो । वर्तमान विश्व परिवेशमा कुनै पनि देशलाई युद्धबाट सिधै गाभ्न सम्भव छैन । भारतीय योजनाकार ‘थिङ्क ट्यांक’हरुले नेपाललाई जनसांख्यिक आक्रमण गरेर दीर्घकालीन रूपमा अझै पनि भारतीय संघमा गाभ्न सम्भव देखिरहेका छन् ।

    भारतको गुरुयोजना अनुसार नेपालमा भारतीय मूलका नागरिकहरुलाई बहुमतमा पुर्याएर दीर्घकालीन रुपमा नेपालीहरुलाई अल्पमतमा पारेर नेपाललाई अधिनस्थ गर्ने लामो योजनामा भारत क्रियाशील रहँदै आएको छ । नेपालमा पटक पटक नागरिकता सम्बन्धी कानुन खुकुलो पार्न निरन्तर भारतीय दबाव रहँदै आएको सर्वविदितै छ ।

    भारत एक मधेश एक प्रदेश बनाउन सफल नभए पनि नेपालको नागरिकता सम्बन्धी कानुन खुकुलो बनाउन र नेपालमा भारतीय जनसंख्या बढाउन निरन्तर सफल हुँदै आएको छ ।

    नेपालका शासक वर्गले २०१८ सालदेखि २०७९ सम्म आइपुग्दा आफ्नो दब्बु मानसिकता र सत्ता स्वार्थको कारण भारतीय दबाबमा कैयन पटक नागरिकता सम्बन्धी कानुन खुकुलो बनाउँदै लगिरहेका छन् । यतिसम्म की विदेशी बुहारीलाई, विवाहको भोलिपल्ट अंगिकृत नागरिकता र अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता बाँड्ने राष्ट्रघाति निर्णय नेपालको संघीय संसद्ले गरिसकेको कटु यथार्थ हाम्रो सामु छ ।

    यसबाट यो प्रस्ट हुन्छ कि हामी हाम्रो राष्ट्रियताप्रति संवेदनशील छैनौँ । भारतीय योजना अनुसार नेपालमा प्रत्येक वर्ष भारतीय मूलका नागरिकको बढावा तिब्र गतिमा बढीरहेको छ । २०७२ सालमा नेपालको संविधान जारी गर्दा भारतको ठाडो विरोध र लामो नाकाबन्दीको हामीले सामना गर्नुपर्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानको विषयलाई लिएर अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको लामो निन्दा गरिरहे।

    त्यस समय नेपालको पुरा तराई क्षेत्रलाई पूर्वदेखि पश्चिमसम्म ‘एक मधेश एक प्रदेश’ बनाउन भारत पुरा लागिरहेको थियो । उसको अनुमान थियो, दीर्घकालमा नेपालको तराईमा भारतीय जनसंख्या बढाउँदै लैजाने र जनमत संग्रहको माध्यमबाट निर्णय गराएर पुरा तराई भारतमा गाभ्ने । भारत एक मधेश एक प्रदेश बनाउन सफल नभए पनि नेपालको नागरिकता सम्बन्धी कानुन खुकुलो बनाउन र नेपालमा भारतीय जनसंख्या बढाउन निरन्तर सफल हुँदै आएको छ ।

    जसरी रसियाले युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया, खेरसन जस्ता भू–भागहरुमा गरिएको तथाकथित जनमत संग्रहको माध्यमबाट आफ्नो देशमा गाभ्न सम्भव भयो । त्यसैगरी भोलि भारतीय योजना अनुसार नेपालको तराई भू–भागमा जनमत संग्रहको माध्यमबाट नेपाललाई विखण्डन गर्ने रसियाको भारतीय संस्करण हाम्रो सामु खतराको रुपमा रहेको छ ।

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.