• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

घुसपैठिया र छद्मभेषी विरुद्ध कडा रुपमा प्रस्तुत हुन आवश्यकः मसाल


  •   सोमबार, पुष २१, २०७६ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टीविरोधी तत्व, घुसपैठिया छद्मभेषीहरूको ध्वंसात्मक कार्यहरूप्रति कडा रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता औंल्याएको छ । इमान्दार पार्टी सदस्यहरुले गर्ने कमजोरी र पार्टीलाई ध्वस्त पार्न खोज्ने घुसपैठिया वा छद्मभेषीबीचको अन्तर बुझेर त्यसै अनुसार ब्यवहार गर्ने पार्टीले स्पष्ट पारेको छ ।

    Advertisement

    पार्टीको हालै सम्पन्न आठौँ महाधिवेशनपछिको पहिलो राष्ट्रिय परिषद बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा महाधिवेशनपछि पार्टी अनुशासन र एकतामा धेरै नै सुधार भएको उल्लेख छ ।

    पार्टीलाई ध्वस्त पार्न चाहने पार्टीविरोधी तत्व, घुसपैठिया र छद्मभेषीहरू तथा विभिन्न गल्ती कमजोरी गर्ने इमान्दार पार्टी सदस्यको बीचमा मौलिक अन्तर हुने स्पष्ट पारिएको छ । सोही आधारमा पार्टीले उनीहप्रतिको ब्यवहार र अनुशासनको कारबाहीमा पनि अन्तर गर्ने जनाइएको छ ।

    महामन्त्री मोहनविक्रा सिंहद्वारा प्रस्तुत सो प्रतिवेदनमा भनिएको छ, ‘पार्टीका इमानदार सदस्यहरूले अनुशासनसम्बन्धी गल्ती कमजोरी गरे हाम्रो उनीहरूप्रति व्यवहार मैत्रीपूर्ण नै हुनुपर्दछ र हाम्रो प्रयत्न उनीहरूलाई सुधार्नेतर्फ नै हुनुपर्दछ । पार्टीमा प्रवेश गरेका पार्टीविरोधी तत्व, घुसपैठिया छद्मभेषीहरूको ध्वंसात्मक कार्यहरूप्रति हामी कडा रूपमा प्रस्तुत हुनुपर्दछ र त्यसरी नै हामीले पार्टीलाई बचाउन सक्ने छौँ ।’

    प्रतिवेदनमा महाधिवेशनपछि पनि फाट्टफुट्ट अनुशासन उल्लंघनका घटना देखा परेको उल्लेख गर्दै भनिएको छ, ‘महाधिवेशनपछि पनि अनुशासनसम्बन्धी कतिपय समस्या छिटफुट रूपमा देखापर्ने गरेका छन् । उदाहरणका लागि, महाधिवेशनपछि पनि पार्टीका कतिपय गोप्य निर्णय वा सर्कुलरहरू बाहिर जाने काम भइरहेको छ । पार्टीभित्रका कैयौँ गोप्य सूचनाहरू विभिन्न पत्रपत्रिका वा अनलाइनहरूमा प्रकाशित हुने गरेका छन् । यहाँसम्म कि विभिन्न छद्म नामहरूबाट महाधिवेशनका निर्णय वा पार्टी नीतिहरूमाथि सार्वजनिक रूपले नै हमला हुने कार्यहरू भइरहेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन, त्यस प्रकारको हमलाको उद्देश्य क्रान्तिकारी आन्दोलनलाई कमजोर पार्नु वा पार्टीलाई ध्वस्त गर्नु नै हुन् । त्यसबाट पार्टीभित्र पार्टीविरोधी तत्वहरूको घुसपैठ भएको कुरालाई पनि बताउँछ र त्यसबारे पार्टीका सबै समिति र सदस्यहरूमा उच्च प्रकारको शतर्कताको आवश्यकता छ । त्यस प्रकारको शतर्कताका आधारमा नै पार्टीविरोधी तत्वहरू, छद्म नामधारीहरू वा घुसपैठियाका षडयन्त्रहरूलाई हामीले पूर्ण रूपमा असफल पार्न सक्ने छौँ ।’

    यस्तै, पार्टीको वैधानिक साप्ताहिकमाथि व्यक्तिगत स्वामित्व कायम गर्ने जस्तो चरम प्रकारको अनुशासनविहीनता देखा परेको भन्दै त्यसले पार्टीमा जरा हालेको गम्भीर प्रकारको अनुशासनविहीनतालाई देखाएको बताइएको छ ।

    राजनीतिक प्रतिवेदनमा पार्टीको अनुशासन वा एकता कमजोर भयो भने हामीले शक्तिशाली प्रकारले आन्दोलन सङ्गठित गर्न नसक्ने कुरा प्रष्ट छ भन्दै त्यस प्रकारका सबै अनुशासनविहीन गतिविधिहरूलाई नियन्त्रण गर्न वा सुधार गर्नका लागि हामीले लगातार प्रयत्न गरिरहेको बताइएको छ ।

    ‘त्यस सिलसिलामा चरम प्रकारको अनुशासनविहीनता देखाउने कतिपय पार्टी सदस्यहरूलाई अनिश्चित कालको लागि पार्टी बाट निस्काशित गर्ने गरेका छौँ भने सामान्य गल्ती कमजोरीको लागि बिभिन्न प्रकारका आन्तरिक कारवाही पनि गर्नु परेको छ । तर त्यस प्रकारको कारवाही गरेपनि उनीहरूलाई सुधार्ने तथा अनुशासित र जिम्मेवार पार्टी सदस्य बनाउने नै हाम्रो कार्यशैली रहँदै आएको छ र आउने दिनहरूमा पनि हामीले त्यही प्रकारको कार्यशैलीलाई अपनाउँदै जाने छौँ’ प्रतिवेदनमा भनिएको छ ।

    सोमबार, पुष २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.