• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालको प्राकृतिक श्रोत र समृद्धि


  •   बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
  • अनिल किशोर घिमिरे

    Advertisement

    नेपाल प्राकृतिक श्रोत र सम्पदाले भरिएको ऐतिहासिक मुलुक हो । प्रकृति र मानिस एक–अर्काका परिपुरक रहेका हुन्छन् । प्रकृति बिना मानिसको अस्तित्व रहन सक्दैन र मानिसद्वारा नै प्रकृतिको संरक्षण, सम्बर्धन, प्रबर्धन र सदुपयोग हुन सक्छरु। प्रकृतिमा भएका श्रोतसाधनहरुको दिगो उपयोगमा अत्यन्तै संवेदनशील हुनु जरुरी हुन्छ । आजकल शहरीकरण, आधुनिकीकरण तथा विलासिताको नाममा अपार श्रोतसाधनहरुको जथाभावी दोहन भइरहेको छ । यसले गर्दा जलवायु परिवर्तनजस्तो वातावरणीय क्यान्सरको प्रभाव झेल्नु परिरहेको छ । त्यस्तै गरी हरित् गृह ग्याँस उत्सर्जन, तापमान बृद्धि, भूक्षय, बाढीपहिरो, आधिबेहरीजस्ता प्रकोपको असर पनि मानिसले झेल्नु परिरहेको छ । त्यस्तै, हिमताल फुट्ने, डढेलो लाग्ने, बहुमूल्य वनस्पति तथा प्राणीहरु लोप हुँदै गएर जैविक विविधतामा नै ह्रास आउनेजस्ता भयानक असरहरु देखा परिरहेका छन् । त्यसैले प्राकृतिक श्रोतसाधनहरूको उचित संरक्षण र व्यवस्थापन गरी सिङ्गो पृथ्वी र मानव जीवनलाई सहज बनाउनु आवश्यक छ ।

    हाम्रो देशमा बेरोजगारी समस्या कहालीलाग्दो छरु। ग्रामीण र दुर्गम क्षेत्रमा भौतिक पूर्वाधार र बजार विस्तार हुन सकिरहेको छैन । त्यसैले ग्रामीण क्षेत्रबाट मानिसहरु सहरी क्षेत्रमा बसाइँसराइ गर्ने र नेपालबाट कामका लागि विदेश जाने युवा जनशक्तिको ठुलो सङ्ख्या रहेको छ । यस्तो बसाइँसराइ र विदेश पलायनले नेपालको आर्थिक, सामाजिक, राजनैतिक र पारिवारिक संरचनामा निकै दुरगामी असर परिरहेको छ । त्यसैले देशका प्राकृतिक श्रोतसाधनलाई वातावरणमैत्री र जनमैत्री ढङ्गबाट व्यवस्थापन गरी पचासौँ लाख युवा जनशक्तिलाई रोजगारी सृजना गर्न सकिन्छ । प्राकृतिक श्रोतमार्फत् राष्ट्रिय उत्पादनलाई बृद्धि गरेर आयात प्रतिस्थापन गर्दै निर्यात प्रबर्धन गर्न सकिन्छ । अहिले नेपालले राष्ट्रिय बजेटभन्दा बढी परिमाणमा व्यापार घाटा बेहोर्नु परिरहेको कहालीलाग्दो अवस्था रहेको छ । कतिसम्म भने खाद्यान्न, मासु, फलफूल, तरकारी, दुध, काठजन्य पदार्थमा नेपाल आत्मनिर्भर बन्न सक्ने अवस्था हुँदाहुँदै पनि उचित नीति र व्यवस्थापनको अभावमा विदेशबाट आयात गर्नु परिरहेको छ ।

    नेपालको प्राकृतिक श्रोतहरुमध्ये वन क्षेत्र एउटा महत्वपूर्ण श्रोत हो । नेपालको वनजङ्गलको दिगो व्यवस्थापन गरी वन उद्यम जस्तो कि काठ उद्यम, जडिबुटी तथा गैरकाष्ठ उद्यम, पर्यापर्यटन उद्यम, कृषि वन उद्यम, वातावरणीय सेवा उद्यम, हरियाली उर्जा वन उद्यम, जैविक मल वन उद्यम, हरित स्वरोजगारी उद्यम, पशुपन्छी तथा जनावरपालन उद्यम, कार्बन व्यापार उद्यम, खनिजजन्य उद्यम गर्न सकिएमा यसले नेपाली समाजको बहुआयामिक क्षेत्रको विकास गर्न सक्दछ । कुल क्षेत्रफलको करिब ४० प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ । उर्जाको प्रमुख श्रोत मानिएको वन सम्पदाले जैविक विविधता संरक्षण, प्राकृतिक सुन्दरसमेत जुटाउन सक्छ । वास्तवमा नेपालले वन सम्पदाको समुचित उपयोग गर्न नजानेको कारण गरिब हुनु परेको हो ।

    सुरुसुरुमा राणाहरुले मुलकको वनलाई निजी आम्दानीको श्रोत बनाए । बिर्ता पाएका वनजङ्गल सखाप पार्दै गए र औलो उन्मूलन कार्यक्रमको सुरुवात भएपछि तराईका वनजङ्गल मास्दै पहाडबाट मानिस सर्दै नयाँ बस्ती बसाउने योजना बनाइयो । विभिन्न ठाउँमा पुनर्वास योजनाहरुको नाममा घना जङ्गल कटान गरी भूमि कब्जा गर्ने र काठको तष्करी गर्ने कार्य भयो । अहिले पनि वन क्षेत्रले कैयौँ चुनौती बेहोर्नु परिरहेको छ । इन्धनको प्रमुख श्रोतको रुपमा दाउराको प्रयोग हुनु, वनजङ्गलको फडानी गरी बसोवासको रुपमा प्रयोग गर्नु विकासका नाममा वनको विनास गर्नु, तीव्र शहरीकरण र बस्ती विकास, खुल्ला सिमानाको कारण वनसम्पदाको चोरीनिकासी बढ्नु, दुर्लभ वन, वनस्पती र जडिबुटी सङ्कलन र भण्डारण बढ्नु, खुल्ला चरिचरनको रुपमा वनजङ्गलको प्रयोग बढ्नुजस्ता समस्याहरु वन क्षेत्रमा रहेका हुन् ।

    महाभारत पर्वत शृङ्खलाको दक्षिणी सिमानादेखि तराई मैदानको उत्तरी सिमानाबिचको होचो डाँडा र पर्वत शृङ्खला चुरे क्षेत्रको रुपमा रहेको छ । समुद्री सतहको १२० मिटरदेखि २ हजार मिटरसम्मको उचाइमा अवस्थित चुरेले नेपालको करिब १३ प्रतिशत भूभाग ओगटेको छ । तराईका २० र पहाडका १६ जिल्ला गरी ३६ जिल्लामा फैलिएको चुरेलाई हिमालय पर्वतीय क्षेत्रको कमजोर भूधरातल मानिन्छ । भौगोलिक रुपमा कमजोर र कम उर्वर भए पनि पर्यावरणीय रुपमा सशक्त रहेको छ । चुरे क्षेत्रमा हिमाल, पहाड, तराईका मनोरम दृश्यहरु हेर्दै पदयात्रा गर्न सकिन्छ । नेपालको चुरे क्षेत्रमा पर्यापर्यटनका सम्भावनाहरु प्रशस्तै रहेका छन् ।

    यो क्षेत्र जैविक करिडोरसमेत गएकाले यहाँ धेरै किसिमका वन्यजन्तुहरुको अवलोकन र अध्ययन गर्ने अवसर प्राप्त हुन्छ । चुरे पहाडको प्राकृतिक, भौगोलिक र ऐतिहासिक महत्व रहेको छ । यो तराईको उर्वरता र पानीको श्रोत पनि हो । तराई र भित्री मधेश गरी करिब १७ प्रतिशत भूखण्डलाई चुरेले सुरक्षा दिइरहेको छ । तर आजकल चुरे विनासक र खतरनाक शृङ्खलाहरु अगाडि बढेका छन् । सत्ता र शक्तिको दुरुपयोग गरी अद्भुत सम्पति कमाउने दाउमा नेपालका पहाडलाई उजाड बनाइएको छ । चुनढुङ्गा, गिटी, बालुवा, ढुङ्गाको अनाधीकृत उत्खनन् र निकासीपैठारी भइरहेको छ । चुरेका आसपासका ठाउँमा पानीका मुहान सुक्दै गएर पानीको हाहाकार भइरहेको छ । वातावरणीय प्रदुषण बढेर जनताको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । पर्यटकीय रुपमा विकास गर्न सकिने हरियो जङ्गलसहितका ठुला ठुला चुरे र महाभारत पहाड कौडीको मूल्यमा बिक्री भइरहेका छन् । राज्य स्वयम्ले नाफाका लागि अपराध गर्न दिने र उद्योगको नाममा विनाश निम्त्याउनेलाई लाइसेन्स दिइरहेको छ ।

    नेपाल जैविक विविधतामा अत्यन्तै धनी छ । नेपालको भू धरातलीय बनोट तथा छोटो दुरीमै पाइने विधि भौगोलिक संरचना, भिर, पहरा, गल्छी, उपत्यका र यसले हावापनीमा पारेको प्रभाव र यस परिस्थितिको उपजमा अस्तित्वमा आएका वनस्पती तथा जनावरको विविधता हाम्रा अमूल्य सम्पति हुन् । वर्षाको हिसाबले हेर्दा पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम वर्षा हुने गर्दछ, जसले गर्दा नेपालका पूर्वदेखि पश्चिममा पाइने वनस्पती तथा वन्यजन्तुमा विभिन्न अन्तरहरु पाइन्छन् । पहाड र हिमालमा उत्तर फर्केका पाखामा घाम कम पर्ने हुनाले ओसिला हुन्छन् भने दक्षिण फर्केका पाखा र भिरहरु बढी सुख्खा हुने गर्दछन् । यसर्थ त्यहाँको स्थानीय वातावरणमा विविधता पाइन्छ ।

    न्यूनतम उचाइ ६० मिटरदेखि अधिकतम उचाइ ८,८४८ मिटरभित्र तराई र भावर क्षेत्रमा हावापानी, मध्यपहाडी क्षेत्रमा समशीतोष्ण र उच्च हिमाली क्षेत्रमा शीतोष्ण हावापानी रहेकाले पनि यहाँ प्रचूर मात्रामा जैविक विविधता रहेको छ । जैविक विविधताकै कारण थुप्रै किसिमका वनस्पतीजन्य तथा जनावरजन्य उत्पादनहरु उपलब्ध हुन्छन् । यिनैमा हामीहरु जीवन निर्वाह बस्तु विनिमय तथा व्यापारका लागि भर पर्ने गर्दछौँ । विश्व अर्थ व्यवस्थाको ४० प्रतिशत र न्यून आय भएका अधिकांश मानिसका झण्डै ८० प्रतिशत आवश्यकता जैविक विविधताको क्षेत्रबाट पूर्ति हुन्छन् । फलफूल, दाउराघाँस, जडिबुटीजस्ता वस्तुहरु सोझै उपयोग गर्न सकिन्छ भने उन्नत जातका बढी उत्पादनशील र रोग प्रतिरोध शक्ति भएका जीवजन्तु तथा वनस्पती उत्पादन गर्न सकिन्छ । जैविक विविधताको कारण नै जलचक्र, कार्वनचक्र, तथा नाइट्रोजन चक्र सन्तुलित भई वातावरण सन्तुलित हुने गर्दछ ।

    आज वातावरणीय विनाशको कारण मानव जीवनमा प्रतिफल प्रभाव परिरहेको छ । मानवीय कामकारबाहीकै कारण ओजन तह पातलिँदै गइरहेको विभिन्न अध्ययनले देखाएको छ, जसका कारण पृथ्वीको सतहसम्म हानीकारक विकिरण आउन सक्ने र विभिन्न जैविक तथा अजैविक वातावरणीय प्रभाव पार्ने सम्भावना छ । त्यसैले जैविक विविधतालाई बचाउनका लागि वातावरण विरोधी काम कार्वाही नियन्त्रित हुनुपर्दछरु। दिगो र सुरक्षित भविष्यका लागि हाम्रो वातावरणलाई नियमित स्वच्छ राख्नुपर्दछ । यसलाई समुचित रक्षा गरियो भने मात्र दिगो विकास र समृद्धि हासिल गर्न सकिन्छ ।
    नेपालको प्राकृतिक श्रोतमध्ये खनिज पनि एक हो ।

    खानी तथा भूगर्भ विभागको प्रतिवेदनअनुसार नेपालका विभिन्न भागमा आजसम्म पत्ता लगाएका मुख्य मुख्य खनिज पदार्थहरु फलामको धाउ, तामा, अभ्रख, कोइला, पेट्रोल, सुन, चुनढुङ्गा, सिसा, निकेल, जस्ता, म्याग्नेट, खरी, स्लेट आदि रहेका छन् । नेपालको आर्थिक विकासमा यी खनिज साधनको धेरै महत्वपूर्ण स्थान रहेको छ । किनभने देशमा उद्योग, कृषि, यातायात आदि आर्थिक पक्षको उन्नति गर्नका लागि खनिजबाट बनेका साधनको जरुरत पर्दछ । नेपालमा नेपालमा खनिजको श्रोत प्रशस्त भए पनि त्यसको उत्खनन् र विकास गर्ने काम भएको छैन । सामान्य अध्ययन हुने क्रम छ । रामेछापको ढोसेमा, ललितपुरको फूलचोकी डाँडालगायत १३ स्थानमा फलाम खानी पाइएको छ ।

    बन्दीपुरको बुहाखोलालगायत करिब ३० स्थानमा तामाखानी रहेको छ । बिचको पहाड तथा हिमाली क्षेत्रको करिब २१ ठाउँमा अभ्रखखानी देखिएको छ । काठमाडौँ, दैलेख, मुस्ताङ र तराई क्षेत्रमा पेट्रोलियम र ग्याँसको सम्भाव्यता छ । यसैगरी कम्पुखोला, बुढीगण्डकी, कालीगण्डकी र सुनकोशीमा सुनका साथै चिसापानी र रसुवागढीमा चाँदी पाइने सम्भावना छ । चुनढुङ्गा अधिकांश महाभारत क्षेत्रमा पाइने गर्दछ । यस्तै, सिसा, खरिढुङ्गा, स्लेट पनि नेपालको विभिन्न ठाउँमा पाइछ । यस्ता खनिजलाई ठोस प्रकारले अध्ययन, अन्वेषण, र व्यवस्थित उत्खनन् गर्ने हो भने विकासको छोटो समयमै फड्को मार्न सक्छ ।

    नेपालमा रहेका प्राकृतिक श्रोतसाधनमध्ये खोला तथा नदीमा पाइने ढुङ्गा, गिटी, बालुवाको जथाभावी उत्खनन् र उपयोग भइरहेको देखिन्छ । यसलाई व्यवस्थित तरिकाले उत्खनन् गरेर विकास निर्माणको काममा उपयोग गर्नुको साटो व्यक्ति विशेषले अनुचित फाइदा लिने गरिरहेका छन् । ढुङ्गा, गिटी, बालुवाको व्यापारमा ठुलो बेथिति रहेको छ । खोलामै सङ्कलन केन्द्र खोलेर ढुङ्गा गिटीको पहाड बनाउने, खोलामै डोजर एक्जाभेटरजस्ता यन्त्रको प्रयोग गर्ने, सडक, पुलहरुमा समेत असर पर्ने गरी जथाभावी उत्खनन् गर्ने क्रम रोकिएको छैनरु। स्थानीय प्राकृतिक श्रोत र साधनको उपयोग र वितरण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिए पनि त्यो व्यवस्थित हुन सकिरहेको छैन ।

    मानव र अन्य जीवजन्तुका लागि नभई नहुने प्राकृतिक श्रोत जलसम्पदा हो । नेपालमा पानीको सुलभता प्र्रतिव्यक्ति÷वर्ष ९,१२२ क्यु.मि. मिटर रहेको छ । जबकि पाकिस्तानको २,९६१ क्यु.मि., श्रीलङ्कामा २,६४२ क्यु.मि., चीनमा २,२५९ क्यु.मि., भारतमा १,८८० क्यु.मि. रहेको छ । यसबाट नेपालमा अरु छिमेकी देशभन्दा पानीको प्रचूरता धेरै छ भन्ने देखिन्छ । तर नेपाली जनताले वर्षाको मौसममा बाहेक अरु बेला पानीको अभाव बेहोरिरहेका छन् र शुद्ध खानेपानीको अभाव रहने गरेको छ । नेपाल जलश्रोतको धनी मुलुक भएता पनि धेरै वर्षदेखि यसका श्रोतका लाभलाई सन्तुलन र अधिक गर्न नसक्दा मुलुकको विकास पछाडि परिरहेको छ । जलश्रोत व्यवस्थापनको कमजोर योजनाले प्राकृतिक विपदको असरलाई झन् खराब बताउँछ भने वातावरणमाथि पनि भार थप्ने गर्दछ ।

    नेपालको जलश्रोतमा छिमेकी भारतले गिद्धेदृष्टि लगाइरहेको मात्र छैन, उसले नेपालमाथि असमान सन्धि–सम्झौता लादेर नेपालको जलश्रोत कब्जाको रणनीति बनाएको देखिन्छ । कोशी, गण्डक, महाकाली सम्झौता, सेती, अपर कर्णाली, अरुण तेस्रोलगायतमा राष्ट्रघात भइरहेको छ । भारतले नेपालको जलश्रोतलाई बिजुलीका लागि भन्दा पनि पानीमाथि विभिन्न बहानामा आफ्नो अधिकार जमाउन खोजेकाले यसमा सतर्क रहनु पर्दछ । पानीको श्रोतबाट जलविद्युतको प्रचूर सम्भावना रहेको नेपालमा जम्मा ९१४ मेगावाट बिजुली उत्पादन भएको छरु। १८८२ सेप्टेम्बर ३० मा विश्वको पहिलो जलविद्युत आयोजनाको रुपमा अमेरिकाको १२.५ किलोवाट क्षमताको द भोलक्यानो स्टेट बनेको २९ वर्षपछि १९११ मा नेपालको पहिलो जलविद्युत आयोजनाको रुपमा फर्पिङ जलविद्युत आयोजना बनेको थियो । तर करिब १०८ वर्षसम्म जम्मा ९ सय मेगावाट बिजुली उत्पादन गर्नु लज्जास्पद कुरा हो ।

    नेपालमा जलविद्युतमा विदेशीले लाइसेन्स लिन्छन् तर बनाउँदैनन् किनभने उनीहरुलाई बनाउनु पर्दैन । उनीहरुको मुख्य दाउ लाइसेन्स हात पार्नु हो । लाइसेन्स देखाएर अन्तर्राष्ट्रिय फोरम कम्पनी प्रोफाइल उच्च बनाउनु र त्यसैलाई भजाएर अरु ठुला ठुला अन्तर्राष्ट्रिय ठेक्का हात पार्नु ती विदेशीका मुख्य उद्देश्य हुन् । अरु देशले आफ्नै श्रोत परिचालन गरेर आर्थिक अवस्था मजबुत पारिरहेका छन् । जस्तो कि कतार सानो तर सम्पन्न राष्ट्र हो । पेट्रोलियम तथा प्राकृतिक ग्याँस उत्पादन तथा भण्डारणमा कतार संसारमै तेस्रो स्थानमा रहेको छ र संसारमै सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको राष्ट्र पनि हो । कतारको प्रतिव्यक्ति आय १ लाख ४० हजार अमेरिकी डलर रहेको छ । कतारले आफूसँग भएको श्रोत र साधनलाई भरपूर उपभोग गरेर आफ्नो राष्ट्रलाई अझ सम्पन्नशाली बनाउन लागिपरेको छ । नेपालमा पेट्रोलियम पदार्थमा खर्च हुने रकम नेपालको समग्र निकासी व्यापारबाट प्राप्त आयभन्दा बढी हुन्छ । तर यहाँका श्रोत पहिचान, उत्खनन् र विकास गर्नतिर राज्यको ध्यान जान सकिरहेको छैन ।

    नेपालमा विद्युत, सिँचाइ, जलपर्यटन पिउनेपानीको रुपमा जलश्रोतको समुचित प्रयोग गर्न सकिन्छ । जलपर्यटनअन्तर्गत हिमाली पानीमा आधारित खेल, नदीहरुमा ¥यापm्टिङ सुन्दर तालमा बोटिङ र झरनामा मनोरञ्जन पार्क स्थापना गरी पर्यटकलाई आकर्षण गराउन सकिन्छ । भोलिका दिनमा विद्युतभन्दा पनि पानीको आवश्यकता र महत्व बढ्दै जाने भएकाले नेपालमा नदिनाला र सम्पूर्ण जलश्रोतमाथि नेपालको अधिकार समयमै सुरक्षित गरिनु जरुरी छ । प्राकृतिक सौन्दर्यताको अवलोकन र उच्च शिखर चढ्ने पर्यटकलाई आकर्षण गर्न सक्नुपर्दछ । कतिपय देशमा प्राकृतिक आकर्षण नहुँदा कृतिम, बनावटी कार्यहरु गरी पर्यटकीय आकर्षण गरेको देखिन्छ ।

    जस्तो कि पर्यटकको कारण सबल भएको देश बेलायत हो । यसले बेलायतको अर्थतन्त्रमा महŒवपूर्ण भूमिका खेलेको छ । तर शताब्दियौँदेखि मानिसले निर्माण गरेका पूर्वाधार नै आकर्षक गन्तव्य बनेका छन् । त्यहाँको अधिक सौन्दर्य प्राकृतिक होइन, कृत्रिम होरु। तर हाम्रो देशमा त प्राकृतिक रुपमै रमणीय ठाउँ रहेका छन् । आकर्षक गन्तव्य रहेका छन् । विश्व सम्पदन सूचीमै पर्न सफल बुद्ध जन्मस्थल लुम्बिनी, चागुनारायण मन्दिर, भक्तपुर दरवार, क्षेत्र, स्वयम्भुनाथ स्तुपा, पशुपति क्षेत्र, पाटन दरवार क्षेत्र, हनुमानढोका दरवार क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुन्ज, बौद्धनाथ महाचैत्य आदि अङ्ग रहेका छन् । विश्वमा नेपाललाई चिनाउने यी सम्पदाको अझ संरक्षण र प्रबर्धन गर्न सकेमा आर्थिक विकासमा टेवा पुग्छ ।

    आज युवा जनशक्ति निर्यातलाई मुख्य आयआर्जनको माध्यम बनाइएको छ । युवा जनशक्तिलाई नेपालका श्रोतसाधन, सम्पदालाई व्यवस्थापन गरी यही रोजगारी सृजना गर्नुपर्दछ र आफ्नै कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी उत्पादित सामान विदेश नियति गरी आम्दानी बढाउनुपर्छ । यसो गरेमा मात्र सबल अर्थतन्त्रको विकास हुन्छ । पराश्रित प्रकृतिको अन्त्य भई राष्ट्रिय स्वाभिमानको मनोविज्ञान विकास हुन सक्छ ।

    बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.