• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चाडपर्वले कञ्चनपुरका गाउँबस्ती खेलमय


  •   शनिबार, असोज १५, २०७९ मा प्रकाशित
  • भीमदत्तनगर । ठुला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । अहिले बडादसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिदा गाउँबस्ती खेलमय बनेका हुन् ।

    Advertisement

    घरभन्दा टाढा रहेका मानिस चाडपर्वको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडपर्वलाई लक्षित गरेर साना ठुला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१ हात्तिथलामा आदर्श युवा समाजले क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।

    ‘प्रत्येक वर्ष बडादसैँ र तिहारको अवसरमा क्रिकेट प्रतियोगिता राख्ने गरेका छौँ’ आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वर जोशीले भन्नुभयो– ‘चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ ।’
    उहाँका अनुसार प्रतियोगितामा बेदकोट नगरका प्रत्येक वडाका एक/एक टिम गरेर १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद रु एक लाख एक सय र उपविजेतालाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

    ‘प्रत्येक वडाबाट एउटा टिम आउँछ, त्यहाँबाट खेलाडी छनौट गरेर नगरको टिम पनि तयार गरिन्छ’ अध्यक्ष जोशीले भन्नुभयो ।
    बेदकोट नगरपालिका–३ भम्कामा पनि फुटबल प्रतियोगिता आयोजना गरिएको छ । चाडपर्वमा सबै फुर्सदमा हुनाले यस समयमा आयोजना गरिएका खेलले सामाजिक सद्भाव, एकता तथा भाइबन्धुत्वको भावना विकास हुने भम्कामा फुटबल प्रतियोगिता आयोजना गरिरहनुभएका सेक्युर्ड नेपालका अध्यक्ष प्रजापति भट्ट बताउनुहुन्छ ।

    ‘विद्यार्थीको बिदाको समय छ, चाडपर्वले सरकारी कर्मचारी तथा घरबाट टाढा रहेका घर फर्किएका छन् । खेतीपाती सकेर चाडपर्वको यो समयमा अधिकतर फुर्सदमा छन्’ उहाँले भन्नुभयो– ‘त्यसैले चाडपर्व लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको छ । खेलले चाडपर्वको समयमा फुर्सदमा रहेकालाई जोड्ने काम गरेको छ ।’

    विद्यालय बिदा भएर फुर्सदिला बनेका विद्यार्थी तथा युवायुवती चाडपर्वको समयमा कुलतमा फस्ने खतरा हुनाले खेलुकदले कुलतमा फस्नबाट पनि जोगाउन सक्ने उहाँको भनाइ छ । प्रत्येक वर्ष चाड पर्वको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको उहाँको भनाइ छ । कञ्चनपुरको नौ वटै स्थानीय तहका गाउँबस्ती सहर बजारका युवायुवतीदेखि वृद्धवृद्धासम्म आयोजना गरिएका “खसीकप” तथा नगद धनराशि पुरस्कारका खेलकुद कार्यक्रममा झुमेका छन् ।

    कञ्चनपुरको भीमदत्त, दोधारा, बेदकोट, बेलडाँडी, पुनर्वास, बेलौरीलगायत ठाउँमा क्रिकेट, फुटबल, ब्याडमिन्टर, भलिबललगायत खेल आयोजना भइरहेका छन् । चाडपर्व सुरु भएसँगै खेलकुदका गतिविधि ह्वात्तै बढेको कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘चाडपर्वले अहिले खेलकुद गतिविधि बढेका छन् । यसले खेल विकासमा टेवा मात्रै पुग्दैन, साथीभाइसँग भेटघाट हुनाले रमाइलो पनि हुन्छ ।’ (रासस)

    शनिबार, असोज १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.