• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बडादसैँमा थारू सुमदायमा देवता (घोर्वा) फेर्ने प्रचलन


  •   शनिबार, असोज १५, २०७९ मा प्रकाशित
  • धनगढी । थारू समुदायमा बडादसैँमा आफ्नो देवता अर्थात् घोर्वा फेर्ने चलन रहेको छ । अन्य समयमा नभई बडादसैँमा देवता फेर्ने भएकाले अहिले घोर्वा (माटाको घोडा) बनाउनेको व्यवसायसमेत राम्रो चलेको छ ।

    Advertisement

    अन्य समयमा खोजेर विरलै खरिद गर्न पाइने घोर्वाको दसैँ लागेपछि सहज खरिद गर्न पाइन्छ । माटाका भाडा बनाउने पेसाकर्मीले अहिले सबै खाले देवताको मुखाकृति बनाएर घोर्वाको बिक्री थालेका थारू समुदायका अगुवा बताउँछन् ।

    जानकी गाउँपालिका–१ तोरैयापुरकी आममती चौधरीले विशेषत: बडादसैँ पर्व नजिकिएसँगै थारू सुमदायका देवता अङ्कित घोर्वाको बिक्री सुरु भएको बताउनुभयो । ‘अन्य समयमा न्यून रूपमा माटाका देवता घोर्वाको बिक्री भए पनि बडादसैँमा यसको राम्रो बिक्री हुने गर्छ’ उहाँले भन्नुभयो– ‘बडादसैँ सुरु भएसँगै दैनिक रूपमा घोवा बिक्री भइरहेका छन् । यसबेला घर लिपपोत गरेर हरेक घरमा घोर्वा फेर्ने गरिन्छ ।’

    माटाको काम गर्ने जातिले घोर्वा बनाउने गर्दछन् । प्राय: बडादसैँमा थारू समुदायमा घोर्वा फेर्ने प्रचलन रहेकाले अन्य समयभन्दा घोर्वाको बिक्री राम्रो हुने गरेको टीकापुरका सुन्दर चौधरीले बताउनुभयो । ‘माटाका भाडा घोडा आकारमा विभिन्न देवताका चित्र अङ्कति घोर्वा लिई देउताकोठामा सजाउने गरिन्छ’ सुन्दरले भन्नुभयो– ‘घोर्वा माटाका बनाइने भएकाले वर्ष दिनभरिमा केही टुटफुट भएको वा कुनै खोट देखिएमा दसैँमा मात्र फेर्ने चलन छ । नयाँ देवता बनाउने बेला मात्र फेर्ने गरिन्छ । यो पटकपटक वा बिच बिचमा फेर्ने चलन छैन ।’

    मौसमी रूपमा मात्र बिक्री हुने भएकाले प्रति घोर्वा रु पाँच सयदेखि रु एक हजारसम्ममा बिक्री हुन्छ । तोरैयापुरकी व्यवसायी सुमिता थारू भन्नुहुन्छ– ‘थरिथरिका देउताका चित्र बनाएका छौँ । यतिखेर राम्रो बिक्री भइरहेको छ’ उहाँले भन्नुभयो– ‘थारू समुदायका जातानुसार घोर्वा देवता फरक फरक रूप वा स्वरूपबाट निर्मित गरिने गरिएका छन् । सोहीअनुसार मेल खाने घोर्वा मात्र फेर्ने गरिन्छ ।’

    थारू समुदायका मूल पदवीअनुसार घोर्वालाई कुल पुरोहित देवताका रूपमा चिनिन्छ । पाँच इन्द्रिय भएको देवताको रूपमा रहेकाले घरका सदस्यको संरक्षण तथा दु:ख बिरामीबाट छुटकारा दिलाउने देवताका रूपमा घोर्वालाई मान्ने र पुज्ने गरिन्छ । नयाँ देवता किन्न आउने ग्राहकको पुरानो देवताको स्वरूपसँग मेल खाने गरी मात्र बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । घोर्वा पनि जात विशेष आधारमा विभिन्न थरिका रहेका हुन्छन् ।

    बडादसैँमा विशेष् रूपमा मैयादेउताको पूजासँगै सौरा, खेखरी र जात विशेषका आधारमा विभिन्न देवताको पूजा गर्ने चलन छ । थारू समुदायका अगुवा समीर चौधरी पर्व मनाउने, पूजाआजा गर्ने आआफ्नै तरिका रहेकाले थारू समुदायमा दसैँमा घोर्वा फेर्ने, खानपान र रमाइलो गर्ने चलन रहेको बताउनुहुन्छ ।

    ‘दसैँमा थारू समुदायमा देउताका भाडा फेर्न, गाउँगाउँमा नाचगान गर्ने, समुदायमा रहेका नाचगान र पहिरन संरक्षण गर्ने गरिन्छ‘ उहाँ भन्नुहुन्छ– ‘सपरिवार, छिमेकी तथा आफन्त जम्मा भएर रमाइलो गरी नाचगान गर्दै बडासैँ मनाउने तरिकाले थारू समुदायको पहिचान जोगाएको छ ।’

    बडादसैँ सुरु भएपछि थारू गाउँमा सखिया, मुग्रौहा, झुम्रालगायत नाचगान गर्ने गरिन्छ । ‘आफैँले मादल बजाएर, पुरुषले धोती तथा भेगुवा लगाउने, महिला एउटै खालको लेहङ्गा र चोलीमा सजिएर नाचगान गर्ने चलनले रमाइलो हुन्छ’ उहाँ थप्नुहुन्छ– ‘थारू समुदायमा चाडपर्व मनाउँदा विशेष तवरले मनाइन्छ । बडादसैँको समयमा थारू समुदायका गाउँ गाउँमा रात्रिकालीन नाटक प्रदर्शन, नाचगान जस्ता कार्य हुन्छन् । यसले संस्कृति संरक्षण र कला र संस्कृति युवा पुस्तालाई हस्तान्तरणमा सघाउँछ ।’ (रासस)

    शनिबार, असोज १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.