खिमराज चालीसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा दिवंगत नेता वीर बहादुर रानाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
शुक्रबार शोक सभाको आयोजना गरी नेता रानाप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा उहाँको तस्बिरमा अविर तथा माल्यार्पण गरिएको थियो । साथै, एक मिनेट मौनधारण गरिएको थियो ।
श्रद्धाञ्जली सभामा प्रमुख अतिथि मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरेले दिवंगत नेता रानाको जीवनीबारे स्पष्ट पार्नुभएको थियो । त्यसक्रममा उहाँले जीवन र मृत्यु मानव जीवनको स्भावाभिक प्रकृया भएको यथार्थलाई स्वीकार गर्नुपर्ने धारणा पनि राख्नु भएको थियो ।
शोक सभामा बोल्ने अन्य वक्ताहरुमा केन्द्रीय परिषद सदस्य नारायण विक, क्षेत्रीय महिला विभाग सदस्य चन्द्रा सोमरे, महिला नगर विभाग संयोजक सीता पोख्रेल, इन्ड्रष्ट्रियल एरियाबाट कमला बगाले लगायत हुनुहुन्थ्यो ।
यसै गरि सभामा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई, निरु सारु र बाबुराम पोख्रेलले पठाएको शोक पत्रहरु पनि पढेर सुनाइएको थियो ।
स्याङजा जिल्लाको हरिनाश गाउँपालिका वाड नं ६ देउराली निवासी यम बहादुर रानाका छोरा वीर बहादुरको २२ सेप्टेम्वरमा हिसारमा निधन भएको थियो।
श्रद्धाञ्जली सभाको कार्यक्रम श्याम बहादुर विकको संचालन र सेती रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।