• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रक्तिमका कलाकारलाई क्रान्तिको झिल्को बन्न अध्यक्ष केसीको आह्वान


  •   सोमबार, असोज १०, २०७९ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले रक्तिम सांस्कृतिक अभियानका कलाकारलाई ‘क्रान्तिको झिल्को’ बन्न आह्वान गर्नुभएको छ ।

    Advertisement

    बुटवलमा आज (सोमबार)देखि सुरु भएको रक्तिम सांस्कृतिक अभियानको पाँच दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

    अध्यक्ष केसीले पश्चिमी छाडा संस्कृतिको विरुद्धको भ्रम चिर्न जनवादी संस्कृतिको उदय भएको बताउँदै रक्तिमका कलाकारहरुलाई क्रान्तिको झिल्को भएर फेरि देशमा उदाउन आग्रह गर्नुभयो ।

    प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको राजनीति अत्यन्तै जटिल मोडमा उभिएको बताउनुभयो । उहाँले अहिले देशमा भैरहेको प्रतिगमन एक्लै नआएको बताउँदै पहिले राजाले गरेको प्रतिगमनमा राजा एकलैले गरेको तर अहिलेको प्रतिगमनमा राजावादी, भारत, ओलीको साथ रहेको उल्लेख गर्नुभयो ।

    नेता केसीले देशमा प्राप्त उपलब्धिहरुको रक्षा गर्दै त्यसैको जगमा टेकेर जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    उहाँले सम्मानजनक तालमेल भएमा मात्र पाँचदलीय गठबन्धन अगाडि बढ्न सक्ने बताउँदै अहिलेको प्रतिगामीहरुलाई परास्त गर्न चुनावमा मिलेर जान आवश्यक रहेको बताउनुभयो । साथै उहाँले राष्ट्रिय जनमोर्चाले सम्मानजनक हैसियत नपाए एक्लै चुनाव लड्ने स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मा, राजमो नेता सुरेश थापा, अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर बेलबासे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    त्यस्तै, राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष प्रेम पौडेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर बेलबासे, र रिसव आचार्य, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेल, राजमो केन्द्रीय सदस्य देवि शर्मा, रक्तिम कलाकारहरु मेस्मा पुन, उषा तरामी मगर, हरि ज्ञावली लगायतको आतिथ्यता रहेको थियो।

    रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष हेमराज आश्रमको सञ्चालनमा अघि बढेको कार्यक्रममा सचिव मोहराज शर्माले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न जिल्लाबाट आएका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    ‘सामन्ती तथा साम्राज्यवादी संस्कृतिको विरुद्ध जनवादी संस्कृतिको झण्डा उठाऔँ’ भन्ने मूल नाराका साथ सञ्चालित प्रशिक्षण कार्यक्रम १४ गते समापन हुने छ।

    सोमबार, असोज १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.