खिमराज चालीसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य सेती रानाका श्रीमान वीर बहादुर रानाको निधन भएको छ ।
Advertisement
भारतको हरियाणा राज्यको हिसारमा परिवारसहित बस्दै आउनु भएका मृतक राना लामो समयदेखि मूल प्रवाहको सक्रिय सदस्य रहि खेल विभाग र रक्तिम विभागमा जिम्मेवारी निभाउँदै आउनु भएको थियो ।
उहाँको दाहसंस्कार पारिवारिक सदस्यहरु तथा मूल प्रवाह हिसारका कार्यकर्ताको उपस्थितमा हिजो नै गरिएको संगठनका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमारले जानकारी गराउनु भएको छ ।
स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका वाड नं ६ क्याक्मी देउराली डाँडा निवासी मृतक रानाको निधनप्रति मूल प्रवाह हिसार नगर समितिले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसंन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।