खिमराज चालीसे, चंडिगढ
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा सञ्चालित इन्डस्ट्रियल एरियामा आयोजित मजदुरहरुको भेलाले मूल प्रवाहको टोल समिति गठन गरेको छ।
Advertisement
मूल प्रवाहका केन्द्रीय परिषद सदस्य केयर सिंह घर्तीको विषेश उपस्थितमा सम्पन्न भेलामा संगठनको आवश्यकता तथा संगठनात्मक पद्धतीबारे छलफल गरिएको थियो ।
११ सदस्यीय टोल समितिमा अध्यक्ष पार्वती पौडयाल, सचिव बिन्जु सोनी, कोषाध्यक्ष कुसुम सोनी र सदस्यहरुमा पवित्रा टन्डन, रिता पुन, छवि बलाल, कल्पना लम्तरी, कमला बगाले बिजय बलाल, दिलु बलाल, र भिम बलाल रहनु भएको छ।
नव निर्वाचित समितीलाई नगर समितिका लाल बहादुर चुदाली र श्याम बहादुर विकले वधाइ एवम् शुभकामना दिनु भएको थियो ।
कार्यक्रम पार्वती पौड्यलको अध्यक्षतामा तथा कमला बगाले को संचालनमा सम्पन्न गरिएको थियो ।

