• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

संघीयता कार्यान्वयनको अवस्था बुझ्न युरोपेली संसदीय टोली नेपालमा


  •   बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
  • काठमाडौं । युरोपेली संघको एक संसदीय प्रतिनिधिमण्डल बिहीबार नेपाल आएको छ । अष्ट्रियाकी राजनीतिज्ञ युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नरको नेतृत्वमा चार सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो ।

    Advertisement

    टोलीमा रेग्नर, उलरिक मुलर (जर्मनी), टमस ज्डेचोभ्स्की (चेक रिपब्लिक) र म्याक्सिमिलियन क्र (जर्मनी) रहेका छन् ।
    नेपालमा नयाँ संविधान जारी भएपछि संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेका काम जानकारी लिन युरोपेली संसदीय प्रतिनिधिमण्डल आएको नेपालस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले एक प्रेस विज्ञप्तिमा जनाएको छ ।

    त्यसैगरी भ्रमणले नेपाल र युरोपेली युनियनबीच रहीआएको सहकार्य विस्तार गर्न भावी दिनमा सहकार्य अभिबृद्धी गर्न योगदान गर्ने कार्यालयले उल्लेख गरको छ।

    नेपालको राजनीतिक परिस्थितीबारे पनि युरोपेली युनियनले चासो दिँदै आएको छ । नेपाल संघीय र प्रादेशिक चुनावको मुखमै रहेका बेला युरोपेली संसदको टोली संघीयता कार्यान्वयनको अवस्था बुझ्न यहाँ आउन लागेको हो ।

    नेपालमा रहँदा युरोपेली सांसदले प्रमुख राजनीतिक दलका नेता, संघीय सरकारका मन्त्रीहरु, नागरिक समाजका प्रतिनिधि, महिला नेतृत्वहरु र पत्रकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवाली र पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापासँग भिन्दा भिन्दै भेटवार्ता गर्नेछन् ।

    त्यसैगरी परराष्ट्रमन्त्री नारायण खड्का, वाणिज्यमन्त्री दिलेन्द्र प्रसाद बडु र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग पनि भेट्नेछन् ।

    यहाँ रहँदा जलवायु परिवर्तन, लैंगिक सवाल र सामाजिक समावेशिताबारे युरोपेली टोलीले छलफल गर्ने प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

    अमेरिका र चीनका तर्फबाट नेपालमा भइरहेका तारन्तारका भ्रमणबीच युरोपेली मुलुकले पनि यहाँको आन्तरिक राजनीति र भूराजनीतिलाई चासोका साथ नियालिरहेको देखिन्छ।

    चीनको प्रत्यक्ष राजनीतिक र सुरक्षा स्वार्थ जोडिएका तिब्बत र ताइवानका मामिलामा अमेरिका र युरोपेली मुलुक एकठाउँमा उभिने गरेका छन् ।

    बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.