• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

किसानको एक अर्ब १७ करोड नतिरि उखु मिलका सञ्चालक ‘गायब’


  •   सोमबार, पुष १४, २०७६ मा प्रकाशित
  • काठमाडौं । विभिन्न चिनी मिलहरुले किसनबाट उखु खरिद गरेको एक अर्ब १७ करोड रुपैयाँ भुक्तान गर्न बाँकी रहेको देखिएको छ । सोमबार कृषि मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराएको विवरणमा विभिन्न चिनी उद्योगहरुले करिब १ अर्ब १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको हो ।

    Advertisement

    कृषिले किसानको रकम भुक्तान नगर्ने मिल सञ्चालकहरुलाई कारबाही गर्न पनि गृह मन्त्रालयसँग आग्रह गरेको छ । चिनी उद्योगीहरुले रकम भुक्तानी नगरेको भन्दै किसानहरु राजधानीमा आएर प्रदर्शन शुरु गरेपछि यो विषयमा सरकारी निकायहरुले चासो व्यक्त गरेका छन्।

    मन्त्रालयका अनुसार अधिकांश चिनी मिल सञ्चालकहरु सम्पर्कमा छैनन् । उद्योग समितिमा सोमबारको बैठकमा कृषिमन्त्री घनश्याम भुसालले किसानको उखु खरिद गरेको रकम भुक्तानी गर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको र सरकारले खोजिरहेको बताए ।

    सर्लाहीको धनकौलमा रहेका अन्नपूर्ण सुगरमा मिलले किसानलाई ३० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ । त्यसैगरी नेपाल चिनी उद्योग संघकाअनुसार सर्लाहीकै महालक्ष्मी सुगर मिलले २१ करोड ४० लाख रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको छ ।

    नवलपरासीको कुडियामा अवस्थित बागमति खाँडसारी चिनी उद्योगले ८ करोड ४१ लाख, नवलपरासीका सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख, नवलरासीको इन्दिरा सुगर मिलले ११ करोड २२ लाख, रौतहटका गरुडामा रहेको श्रीराम सुगर मिलले २६ करोड ७७ लाख, बाराका रिलाइन्स सुगर मिलले ६१ लाख, सिराहाको इस्टर्न सुगर मिलले २० लाख रुपैया भुक्तान गर्न बाँकी रहेको छ। महोत्तरीको एभरेष्ट सुगर मिलले ७ करोड ३९ लाख, रौतहटका बाबा बैजु चिनी मिलले २५ लाख भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

    किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै केही दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

    कृषि मन्त्रालयले गृहलाई लेखेको पत्रमा अघिल्ला वर्षहरुमा किसानबाट उखु खरिद गरेर भुक्तानी नगर्ने उद्यमीलाई कानुनी कारबाही गर्न र आगामी दिनमा समयमा रकम भुक्तानी नभएको विषयलाई जिल्ला प्रशासन कार्यालयमार्फत चाँडो सम्बोधन हुने गरी व्यवस्था मिलाउन आग्रह गरेको छ ।

    एक वर्षअघि २०७५ कार्तिक ७ मा पनि कृषि मन्त्रालयले पाँच दिनभित्र उखु किसानका रकम भुक्तानी गरेर कानुनी कारबाही शुरु गर्न अनुरोध गर्दै पत्र लेखेको थियो ।

    सोमबार, पुष १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.