दिनेश रैदास, दाङ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले दाङमा संगठन विस्तारलाई तीब्रता दिएको छ । राप्ती गाउँपालिका–२ को लालमटियामा मंगलबार संगठन विस्तार गरेको हो ।
सो वडामा रहेका श्री आदर्श नमूना माविमा कुशल उपाध्यायको अध्यक्षतामा ४१ सदस्यीय र एरावती आदर्श बहुमुखी क्याम्पसमा सरिता पुनको अध्यक्षतामा इकाई समिति गठन गरेको छ ।

२ वटै कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले विद्यार्थीहरुको हक अधिकार प्राप्तिको निम्ति, शैक्षिक विकृतिको विरुद्ध, राष्ट्रघाति कदमका विरुद्ध विद्यार्थी र जनताका बिचमै रहेर संघर्ष र आन्दोलन गर्ने संगठन अखिल (छैठौं) मात्रै रहेको बताउनु भएको थियो ।

जिल्ला सचिव दिनेश रैदासले सम्पूर्ण विद्यार्थीहरु अखिल (छैठौं) मा आवद्व भएर विद्यार्थी आन्दोलनलाई सहयोग गर्न समेत अपिल गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का जिल्ला उपाध्यक्ष सरिता पुन र स्वागत सहसचिव गौतम चौधरी गर्नु भएको थियो ।