काठमाडौं । समाचारको विषयलाई लिएर हुम्लाका पत्रकार नरजंग तामाङमाथि कुटपिट भएको छ । नयाँ पत्रिका दैनिक र नेपाल टेलिभिजन हुम्लाका समाचारदाता तामाङलाई हुम्लाको खार्पुनाथ गाँउपालिका कार्यालय नजिक रहेको प्रभु बैंकका कर्मचारी रामजंग शाही र स्थानीय जगदिश हमालले हातपात र दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
Advertisement
महासंघको कर्णाली प्रदेश समितिका अनुसार पुस ११ गते समाचार संकलन गरेर फर्कने क्रममा पत्रकार तामाङलाई शाही र हमालले हतापात र दुर्व्यवहार गरेका थिए ।
घटनामा संलग्नमाथि कडा कारबाही गर्न महासंघले माग गरेको छ । ‘स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि कार्यस्थलमा हातपात तथा दुर्व्यवहार हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’ महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।