काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) को विद्रोही समूहले काठमाडौं रेसको आयोजना गरेको छ ।
पवन कार्की नेतृत्वको समूहले संविधान दिवसको अवसरमा आज (सोमबार) ‘काठमाडौं रेस–२०७९’ को आयोजना गरेको हो ।
आठौँ संविधान दिवसको अवसरमा नेपाल एथलेटिक्स एसोसिएसन, सहिद स्मृति स्पोर्ट्स एकेडेमी, राष्ट्रिय खेलकुद परिषदको समन्वयमा सो कार्यकम आयोजना गरेको हो ।
त्रिपुरेश्वरस्थित रंगशालादेखि सुरु भएको रेस थापाथली–माइतीघर–बबरमहल–बिजुली बजार पुल हुँदै एभरेस्ट होटल अगाडिको डिभाइडर पुगेर सोही बाटो फर्केर त्रिपुरेश्वर पुगेर सकिएको छ ।
सो रेसमा पुरुषतर्फ अजितकुमार यादव प्रथम भएका छन्। पिनाकल कलेजका यादवले १७ मिनेट ४५ दशमलव ३ सेकेन्डमा दूरी पार गरे। त्यस्तै, एनपिसीका सन्तोषविक्रम विष्ट दोस्रो र एनपिएफका मोहनदेव जोशी तेस्रो भए।
महिलातर्फ एनपिएफ राजपुरा पछाई विजेता बनिन् । त्यस्तै, एनपिएफकै राममाया बुढा दोस्रो र रेखा विष्ट तेस्रो भए ।