रिष्मेली मेघराज, जापान ।
नौमती बाजा समूह ओसाका जापानले नेपालीहरूको महान् पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ ।
Advertisement
कार्यक्रम आगामी अक्टोबर ३ तारिकका दिन ओसाकामा हुनेछ ।
‘नेपाली कला संस्कृतीको संरक्षण एवम् संरक्षण, कलाकारहरूलाई हौसला र सम्मान’ भन्ने मूल उद्धेश्यका साथ जापानमा बाजा समूहले पहिलो कार्यक्रम गर्न लागेको हो ।
नौमती समूहका सचिव मेघराज रिष्मेलीका अनुसार कार्यक्रम सिन ओसाकास्थित ओसाका सि योदोगावा कु हिगासी नाकाजीमा १–१३–१३ को कोको प्लाजा हलमा २०२२ अक्टोबर ३ तारिक सोमबारका दिन गरिने छ ।


