पाँचथर । अखिल (छैठौं) को पाँचथर जिल्ला भेला सम्पन्न भएको छ । युनियनका केन्द्रीय उपाध्यक्ष नविन पाण्डेको प्रमुख आतिथ्यता र प्रदेश अध्यक्ष देवेन्द्र पौडेलको विशेष उपस्थितमा सोमबार भेला सम्पन्न भएको हो ।
Advertisement
भेलाले अस्मिता राईको अध्यक्षतामा १५ सदस्यीय पाँचथर जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गजेन राई, सचिव सुजिता राई, कोषाध्यक्ष अनु लिम्बु चयन हुनुभएको छ ।
सदस्यहरुमा कविता गुरुङ, सपना तामाङ, सन्ध्या तामाङ, प्रज्ञा राई, बिपिसा तामाङ, मलिना राई, बिलप तामाङ, दिना राई, समिन्सा राई, समीक्षा तामाङ र ममता गुरुङ रहनुभएको छ ।
कार्यक्रममा संगठनका उपाध्यक्ष पाण्डेले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन देवेन्द्र पौडेल र स्वागत अस्मिता राईले गर्नुभएको थियो ।