खिमराज चालीसे,चंडिगढ ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको प्रगति टोल समिति गठन भएको छ । चंडिगढ नगर समितिद्धारा संचालित सीटी एरिया अन्तर्गत सेक्टर १६ मा आयोजित भेलाले ११ सदस्यीय प्रगति टोल समिति गठन गरेको हो।
Advertisement
नगर समितिका वरिष्ठ सदस्य थमन थापाले मूलप्रवाहको विधान तथा समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो । नव गठित समितिको अध्यक्षमा बिनीता नेपाली, सचिव रेशम कँुवर, कोषाध्यक्षमा बिष्णु बिष्ट चयन हुनुभएको छ ।
सदस्यहरुमा मन्जु विक, दान बहादुर जीसी, पार्वती एमसी, माया नेपाली, भरत ताम्राकार, अमृता कँुवर, कमला एमसी, अमृता शर्मा रहनु भएको छ। नवनिर्वाचित समितीलाई नगर सदस्य प्रेम गुरुङले सपथ गराउनु भएको थियो।
कार्यक्रम मन्जु विकको अध्यक्षतामा तथा बिनीता नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत दान बहादुर जीसीले गर्नु भएको थियो।

