नवराज पौडेल, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको शिवराज नगर पालिका वडा नं ६ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन गरिएको छ ।शुक्रबार सम्पन्न भेलाले ९ सदस्यीय राष्ट्रिय जनमोर्चा शिवराज नगरपालिका वडा नं ६ को समिति गठन गरेको हो ।
वडा समितिको अध्यक्षमा बेगम बुढा मगर, उपाध्यक्षमा देवा जीसी, सचिवमा बलराम सुनार, कोषाध्यक्षमा कमला पुन, सदस्यहरुमा उजील गिरी, तुलमन विक र सिता विक चयन हुनुभएको छ । त्यसैगरी सल्लाहकारमा तिलक गैरे र प्रेम नारायण आचार्यलाई चयन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केर सिंह अदैले नेपालमा विदलेशी सहायताका नाममा एमसीसी पारित गरिए नेपालका श्रोत साधन अमेरिकाको कब्जामा जाने बताउनुभयो ।
कार्यक्रमलाई राजमोका जिल्ला कोषाध्यक्ष चेत नारायण खनाल, जातीय समता समाजका जिल्ला अध्यक्ष बालाराम सुनार, राजमो शिवराज नगर समितिका अध्यक्ष केर सिंह पुन लगाएतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम बेगम बुढा मगरको सञ्चालन र तुलमन विकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

