खिमराज चालिसे ##
लुधियाना । लुधियानामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रगतिशील तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
एकता समाजको लुधियाना नगर महिला विभागको आयोजनामा अगस्त ३०, २०२२ का दिन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रगतिशील तिजको महत्त्वबारे प्रकाश पार्दै शुभकामना दिने वक्ताहरूमा केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडयाल, सल्लाहकार राजकुमार शाही, केन्द्रीय परिषद् सदस्यहरू उदयसिंह चन्द, अर्जुन कार्की, महिला विभागको क्षेत्रीय समितिबाट दिपा चन्द, सिटी एरियाबाट पशुपति पोख्रेल, जनजाति नेता मानबहादुर आले, समता समाजका भगत विक, नगरका धनप्रसाद अधिकारी, देविराम थापा, धनबहादुर घर्तीमगर, राजु पोख्रेल, खण्ड पाण्डे, सन्तोष, ममकला, लोकनाथ, हरिलाज्य, वसन्ती थापालगायत हुनुहुन्थ्यो।
कार्यक्रम गोविन्द परियारको सञ्चालनमा तथा बिमला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।